काठमाडौं । इच्छुक साँस्कृतिक प्रतिष्ठानकाे आयाेजना र हर्कबहादुर शाही स्मृति प्रतिष्ठानकाे सहआयाेजनामा ‘नेपाली लाेकगीतमा प्रगतिशीलता’ विषयक अन्तरक्रिया भव्य रुपमा सम्पन्न भएकाे छ । शुक्रबार सुर्खेतको विरेन्द्रनगरमा भएकाे अन्तरक्रिया कार्यक्रममा साहित्यकारद्वय प्रा.डा. ताराकान्त पाण्डेय र डा. मधुसुधन गिरीले कार्यपत्र पेश गर्नुभएकाे थियाे । कार्यपत्रमाथि प्रा.डा. जगदीशचन्द्र भण्डारी, महेन्द्र गिरी, माेदनाथ मरहठ्ठा, टीका पाेखरेल लगायतले टिप्पणी गर्नु भएकाे थियाे। कार्यपत्र प्रस्ताेता र टिप्पणीकारहरुले कर्णालीकाे लाेकभाकालाई संरक्षण गर्दै प्रगतिशीलतातर्फ जाेड्नु पर्ने र परिवर्तनमुखी आन्दाेलनसँगै हिडाउनुपर्ने कुरामा जाेड दिनु भएकाे थियाे ।
कार्यक्रममा कविहरु मीनप्रसाद पाण्डे, सीतायरी गजल, माेदनाथ मरहठ्ठा, अनिल श्रेष्ठ, शिला याेगी, मित्रलाल पंज्ञानी, कृष्ण गुरुङ, दीपक शाही लगायतले कविता वाचन गर्नुभएकाे थियाे ।
सो अवसरमा चक्रपाणि शर्माले परिवारको पहलमा इच्छुक साँस्कृतिक प्रतिष्ठानकी सदस्य दिवंगत चन्द्रा थानीको स्मृतिमा चन्द्रा थानी स्मृति प्रतिष्ठान बनाएको जानकारी गराउनु भएको थियो । अन्तरक्रिया कार्यक्रमकाे अध्यक्षता इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीले गर्नुभएकाे थियाे भने सञ्चालन हर्कबहादुर शाही स्मृति प्रतिष्ठानका अध्यक्ष दीपक शाहीले गर्नुभएकाे थियाे ।
कार्यक्रममा स्वागत मन्तव्य इच्छुक साँस्कृतिक प्रतिष्ठानका सदस्य सचिव मित्रलाल पंज्ञानीले राख्नुभएकाे थियाे ।