डबल नेकपा परित्याग गरी क्रान्तिकारी माओवादीमा प्रवेश 

प्रकाशित मिति : २०७७ माघ १

- मधुकर थापा


बिराटनगर । नेकपा (क्रान्तिकारी माओवादी) १ नम्बर प्रदेश समितिको बैठक चलिरहेकै बेला डबल नेकपा परित्याग गरी प्रदेश र जिल्ला स्तरका नेता कार्यकर्ताहरु क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् । पार्टी महासचिव मोहन बैद्य “किरण ” को विशेष उपस्थितिमा भएको उक्त बैठकमा डबल नकपा परित्याग गरी नेता टंकनाथ बराल र प्रेम खनाल क्रान्तिकारी माओवादीमा प्रबेश गरेका छ्न् । त्यसैगरी जिफण्ट्का जिल्ला स्तरीय नेता नबराज बिस्ट र खगेन्द्र चौहान पनि क्रान्तिकारी माओवादीमा प्रबेश गरेका छ्न् । पार्टी प्रबेश गर्नेहरुलाई महासचिव किरणले टीका लगायर स्वागत गर्नु भएको थियो ।
आज सम्पन्न हुने बैठकमा पार्टी  स्थायी समिती सदस्य तथा प्रबक्ता हरिभक्त कंडेल “प्रतीक ” र प्रदेश इन्चार्ज मिनकुमार राउतको उपस्थिति रहेको छ । बैठकले संगठन सुदृढीकरण र बिस्तार लगायत  केन्द्रीय समितिले यस अघि निर्णय गरेका योजनाहरु कार्यान्वयन गर्ने बिषयमा छलफल भएकाे प्रदेश इन्चार्ज मीन कुमार राउतले जानकारी दिनुभयाे ।