प्रतिबन्धित नेकपाका नेता धर्मेन्द्र बास्ताेला पक्राउ

प्रकाशित मिति : २०७७ माघ १


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका नेता धर्मेन्द्र बास्ताेला पक्राउ परेका छन् ।
ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा प्रहरीले चलाएकाे सर्च अप्रेसनमा नेता बास्ताेलालगायत तीन जना पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका नेता बास्ताेला साे पार्टीका सचिवालय सदस्य तथा तेस्राे बरियताका नेता हुन् ।
प्रहरी अपरेशनकाे क्रममा नेताहरु खड्ग विश्वकर्मा प्रकाण्ड र चिरण पुन भने प्रहरी घेरा ताेडेर भाग्न सफल भएकाे बताइएकाे छ ।
नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र विश्वाशलाई प्रहरीले गिरफ्तार गरेको बुझिएको छ।