बासमती धान लगायत अन्य महत्वपूर्ण जैबिक बनस्पतिहरुको प्याटेण्ट अधिकार सम्बन्धमा चार किसान संगठनको संयुक्त बक्तब्य

बासमती धान लगायत अन्य महत्वपूर्ण जैबिक बनस्पतिहरुको प्याटेण्ट अधिकार सम्बन्धमा चार किसान संगठनको संयुक्त बक्तब्य

संयुक्त बक्तब्य
२०७७ पौष २५
नब औपनिबेशिक बाह्य दबाब र दोहनका कारणले हाम्रा मूख्य रैथाने धानबाली बासमती लगायका बालीनालीहरु र हाम्रो प्रचुर जैबिक बनस्पति समेत खतरामा पर्ने र अरु नै देशले हाम्रा अमूल्य र महत्वपूर्ण श्रोत साधनहरुको प्याटेण्ट गर्ने स्थिति बिद्यमान रहेको र यसले हाम्रो बर्तमान र भाबी पुस्तालाई समेत गम्भीर असर पार्ने हुँदा हामी चार किसान संगठन – अखिल नेपाल किसान महासंघ(अप्फा), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिले नेपाल प्रगतिशील किसान संघ – सरकारसँग प्याटेण्ट सम्वन्धि स्थिति कस्तो अबस्थाबाट गुज्रिरहेको छ त्यो खुलस्तरुपमा सार्बजनिक गर्न नेपाली उत्पत्तिका सबै बालीनाली र अमूल्य जैबिक बनस्पतिमाथि नेपालको स्वामित्व नगुम्ने स्थिति सिर्जना गर्न जोडदार माग गर्दछौंं । खाशगरी यतिबेला नेपाल उत्पत्तिको रैथाने बासमती धानको प्याटेण्ट अधिकारको रक्षा गर्न र त्यसमाथि नेपालको स्वामित्व कायम गर्न नेपाल सरकारले के गरिरहेको छ प्रष्ट पारोस र ठोस कदम चालोस भन्ने हामी चार किसान संगठनको बिशेष जोड रहेको कुरा स्पष्ट पार्न चाहन्छौ ।
कृषि तथा बनस्पति नेपाली बिज्ञहरुबाट ज्ञात भए अनुसार नेपालका तीन हजार जति रैथाले धानबालीका जातहरु फिलिपिन्सस्थित अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र(आईआरआरआई –इरी)मा पठाएको र बिश्वभरीकै यस्ता बालीनाली र अमूल्य जैबिक बिबिधताका बनस्पतिबहरुका जीनहरु सुरक्षित राख्ने नर्बेमा ठूलो जीन बंंैक रहेको बुझिएकोले ती महत्वपूर्ण बिश्व संस्थाहरुमा नेपाल सरकारले आफ्ना बालीनाली र जैबिक बनस्पतिहरुको सुरक्षा र बिकास गर्ने तर्फ थप ठोस र प्रभावकारी कदम चाल्न तदारुखता देखाओस भन्ने पनि हामी चार किासन संगठन जोडदार माग गर्दछौं ।
यो प्याटेण्टको समस्या नेपालको पहिचान,स्वाधीनता, आत्मनिर्भरता र जन अधिकारकार त्यसमा पनि बिशेषतः किसान बर्गको अधिकारसँग समेत अभिन्नरुपमा जोडिएको हुनाले नब औपनिवेशिक दोहनका बिरुद्ध नेपाली रैथाने बिबिध बालीनालीहरु र बनस्पति लगायतका श्रोत साधनरुको सुरक्षा र सम्वद्धर्न गर्न बिशेष ध्यान दिनुपर्ने कुरामा हामी अधिकतम जोड दिन चाहन्छौ ।
भैरबराज रेग्मी सीताराम तामाङ्ग
अध्यक्ष अध्यक्ष
अखिल नेपाल किसान महासंघ(अप्फा) अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)

लोकनारायण सुबेदी कृष्ण राना
अध्यक्ष इञ्चार्ज
अखिल नेपाल किसान यूनियन अखिल नेपाल प्रगतिशील किसान संघ
२०७७ पौष २५