संघिय जनगणतन्त्र निर्माणको दिशामा मोर्चा कसौं

प्रकाशित मिति : २०७७ पुस २३

- घननाथ सापकोटा

संसदिय व्यवस्थाका शासकहरुले यिनिहरुलेनै वनाएको संविधान मान्नुपनि पर्दैन यिनिहरुलाइ कूनै प्रकारको कानुन पनि लाग्दैन । यिनिहरु आफुलाइ संविधान र कानुन भन्दा माथि ठान्छन् फगत संविधान र नियम कानुन जनतालाइ तर्साउन गलाउने डण्डा हो । यो विषय वर्तमान्सम्म आइपुग्दा प्रस्टहुन आएको छ । जसका कारण यो व्यवस्था संसार भरनै सङ्कटग्रस्त अवस्थामा गुज्रीरहेको छ । नेपालमा भने प्राय असफल नै सावितभयो । वाहिर रुपमा वोल्ने स्वतन्त्रता विरोधगर्ने पार्टी संगठन खोल्न पाउने सभासम्मेलन गर्न पाउने स्वतन्त्रता भनिएपनि आखिरी शासकहरुको आफ्नो स्वार्थमा थोरै पनि ठेसलाग्न गयोभने विक्रिगर्ने मतपत्र च्यात्ने मतपेटिका साट्ने फर्जीमत खसाल्ने धाँधलि गर्ने भ्रस्टाचार गर्ने देशका प्राक्तिक संपदा वनजङ्गल नदि खाला रास्ट्रिय ढुकुटि राँइदाँइ गर्ने भ्रस्ट्राचार गर्ने देशका प्राक्तिक संपदा वनजङ्गल नदिखोला रास्ट्रिय उद्योगधन्दा साथै सत्ताको लागि रास्ट्रघाति सन्धि संझौतागर्ने । अपवाद वाहेक जङ्ग वहादुरको पालादेखी हालका केपीशर्मा ओलीको कार्यकालसम्म यो प्रक्रिया निरन्तर चलिरहेको छ । देशलाइ विदेशीको गुलाम वनाइरहेछन् । नेपाल आमालाइ लुछीरहेकाछन् । पुर्खाले पानिको भरमालडेर वचाएको यो हाम्रो देश अश अशं गरेर यताका शासकले वुझाउदै छन् । उता भारतले खुनी नङ्गा फैलाउँदै छ । वर्तमानमा डवल नेकपाको वहुमतको सरकार थियो । यदी यो संसदिय व्यवस्था ठिक थियो, जनताको हितमा हुँदाहो भने यो पार्टीको सरकारलाइ देश र जनाताको उन्नतिमा कामगर्न के विषयले छेकेको थियो र ? संसदिय ब्यवस्था मुट्ठीभर हुनेखाने दलालहरुको हितमा र ९०% जनतामाथि शासनगर्ने ब्यवस्था हो जसको कारण वर्तमान ओलि सरकारमा ठुलो सङ्कट आइपर्यो । उनैले बनाएको, उनैले मान्छौँ भनेको संविधान च्यातचुत पारेर संसद बिघटन गर्नुपर्यो । त्यो पार्टी नै दुइ भागमा विभाजन भएको छ । यो विभाजन कुनै विचार सिध्दान्त देश र जनताको हितमा नभएर फगत पद र कुर्सीका लागि हो । उसले बडि खायो उसका मान्छेले बडी खायो मैले पाइन मेरा मान्छेले पाएनन् उसको पल्लाभारी भयो । मेरो भएन भन्नेमात्र छ । एक अर्का पुरै रसातलमा गिरेर एकले अर्कालाइ गालिगलौज अपशब्द प्रयोग गरिरहेका छन् । हिजो यिनिहरुनैहुन् चाटाचाट गर्ने आज यिनै हुन् काटाकाट गरिरहेका छन् । तत्कालको तत्काल के बदलाव आयो । यो सबै सत्ताको फोहोरी खेलहो । एकथरी शक्ति सत्ताको आडमा आफ्नो हैकम जमाउन खोजेको छ । अर्कोथरी सडकको वलमा ध्वास देखाउन खोजिरहेको छ । हिजो यीनिहरुनै भन्दथे संसारकै उत्क्ष्ट संविधान राजनैतिक क्रान्तिपुराभयो अझथप जनवाद नै आयो भन्दथे । संसारकै उत्क्ष्ट संंविधान राजनैतिक क्रान्तिपुरा भएको र जनवाद आइसकेको संविधानलाइ एक ब्यक्ति ओलिले धोति लगाइदिए । यस्वाट प्रस्टभयो यो संविधान कतिन जनताको पक्षमा रहेछ भन्नेकुरा । हाम्रो गौरवशालि पार्टी नेकपा (क्रान्तिकारी माओवादी) ले यो संविधान निमार्ण गर्ने संविधान सभाको चुनावको छेकछन्द देखेर यसले जनताको संविधान बनाउदैन । जनसंघर्षवाट जनगणतन्त्र प्राप्तगर्ने दिशातिर अगाडि बढ्नु पर्दछ भनेर उक्त चुनावलाइ बहिष्कार गरेको थियो । वर्तमान् संविधानलाइ कालो संविधान भनेर जलाएको थियो । हिजो हामिले योकुरा भन्दा धेरैले पत्याएनन् प्रशासनले हामिलाइ दमनगर्यो । हाल आएर वर्तमान् घटनाले छर्लङ्गहुनआएको छ । यहाँ किसानका समस्या बग्रेल्तिछन् । उखु किसानले मिलवाट भुक्तानि नपाएर अकालमा ज्यान गइरहेको छ । विद्यार्थीह्रुको अवस्था त्यस्तै छ । बेरोजगार समस्या बिकराल बनेको छ । महिला बालबालिका बलत्कारपछि हत्या गरिन्छ । न्याय र सुरक्षाको सुनिश्चितता छैन । बिदेशि हस्तक्षेप दिन दुइगुणा रात चौगुणा बडेर गएको छ । महङ्गीले आकाश छोएको छ । नेपाली भुमि कालापानि, लिपुलेक, लिम्पीयाधुरालगायत हजारौं हेक्टर जमिन भारतको आफ्नो पोल्टामा पारिरहेको छ । एमसीसी हरियो घाँस देखाएर अमेरिकी सेना नेपाल प्रवेश गर्न खोञ्जदै छ । नेपालि लेण्डुप अमेरिकी सेना प्रवेश गराउने दाउमा छ । यि विषयमा ठुला भनिएका सत्ताका हकदार पार्टीहरु एकशब्द बोल्दैनन् । हाम्रो गुमेको भुमि फिर्तागर्ने कुनै छेकछन्दै छैन । यि विषयमा यावत देशका प्रमुख विषयलाई ओझेलमा पार्न जानिबुझीकन संसद विघटन गरेरै चुनावको राग अलापेर विषायान्तर गरेको छ । आफ्नो पद र कुर्चीकोलागी हामी यहाँछौं भन्ने ल्पेकार्ड लिएर सडकमा धर्नाहाल्ने नाराजुलुस गर्ने गरिरहेकाछन् । यिनले बनाएको संविधानमा कहाँ छ राष्ट्रिय ढुकुटी भ्रस्टाचार गर्ने पुर्व प्रधानमन्त्रि डा.बावुराम भट्टराइले वुडीगण्डकी परियोजना वाट शेर वहादुर, प्रचण्ड र केपिओलिले तिन अरवको दरले भ्रस्टचार गरेकाछन् भनेर खुलासागर्दा उनीहरु तैचुपमैचुपछन् । प्रिण्टीङ्ग प्रेश वाइडवडि तेत्तिसकीलो सुन, आयलनिगम, टुडीखेल, ललितानिवास गोकर्ण जग्गा काण्ड, पुर्व पाँचथरको सार्वजनिक जग्गा, कोरनाको औषधि खरिद, ओम्नीकाण्ड, यि सब भ्रस्टाचार काण्डवाट मुतिm पाउनको लागि आयलनिगम र वाइडवडी भ्रस्टाभारमा मुछिएका प्रेम कुमार राइलाइ अख्तियार प्रमुख वनाइएको छ । संविधानको कुनधारामा मतपत्र च्यातेर आफ्ना छोराछोरीलाइ जिताउने भन्ने छ । हारेको मान्छे वाक्सा साटेर जितेको घोषणा गर्ने उनकै चुनावमा हारेका मान्छेलाइ ५ वर्ष वित्न नपाउदै चोर दुलोवाट उपल्लो सलनमा लगेर मन्त्रिवनाउने हुदाँ हुदाँ चुनावको नाटक गरेर जित्नपनि परेन आफ्नो इच्छ्याएको मान्छेलाई ओलिले खुरुखुरु मन्त्रि वनाउन थाले । यसरी हेर्दा यिनिहरुले संविधान माने त ? नियम कानुनको पालना गरे त ? सवै धोती लगाए । यि याँवत समस्याको समाधान के हो त भन्दा कसैले ओलिको सट्टा प्रचण्ड, माधव नेपाल, झलनाथ, शेर वहादुर, डा. बावुराम भट्टराइ भनेकाछन् भने कसैले राजासहितको व्यवस्था त कसैले यहि व्यवस्था भित्रवाट समाधान खोज्नुपर्दछ भनेकाछन् । जनकलाकार खुसीराम पाख्रीनले एउटागित गाउनु भएको थियो फाटेको जालले छेकेको छेकेपनि छलङ्कै देखेको त्यस्तै छ यो व्यवस्था । यसकारण यसको विकल्प पछाडि फर्केर या यथास्थितिमा रहेर निकास निस्कन सक्दैन सक्दैन यदी यसो गरियो भने सङ्कटमाथि झन सङ्कट चुलिदै जान्छ । यस कारण जनताको सर्घष त्यागवलिदानवाट अगाडि वडेर संघिय जनगणतन्त्रात्मक व्यवस्था र जसअन्र्तगतको जनगणतन्त्रवादीहरुको सरकार निमार्णवाट देशले निकास पाउने कुरा पक्का पक्की छ । जनताले मुतmीको सासफेर्न पाउनेछन् । यो विषय नेकपा (क्रान्तिकारी माओवादी)ले हिजोदेखि उठाउदै आएको हो । आज झनझन टडकारो वस्तुवादी भएर आएको छ । अन्तमा सवै क्रान्तिकारी परिर्वतनकारी जनगणतन्त्रवादी शतmीहरुको उच्च साहारा वैचारीक क्षमताको साझा प्रयासवाट संघिय जनगणतन्त्र प्राप्तीको अगाडी वडौं वाटो कठीन भएपनि यो जिम्मेवारी पुरानगरी अर्को विकल्प हाम्रो सामुछैन यसरी मात्र सच्चा नेपाल र नेपालीको भविष्य सुनिस्चित हुनेछ ।
२०७७÷९÷२१ चितवन १४ भरतपुर