क्रान्तिकारी पत्रकार महासंघद्वारा भावपूर्ण श्रद्धाञ्जली व्यक्त

क्रान्तिकारी पत्रकार महासंघद्वारा भावपूर्ण श्रद्धाञ्जली व्यक्त


काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले संगठनका केन्द्रीय सदस्य केशव अधिकारी अविरलका बुबाको निधनमा श्रद्धाञ्जली वक्तव्य जारी गरेको छ । संगठनका अध्यक्ष इन्द्र राउतले जारी गरेको श्रद्धाञ्जली वक्तव्यमा गुल्मी जिल्लाको रुरु गाउँपालिका–४ बले टक्सार, भगवती टोल निबासी संगठनका केस अविरलका बुबा कृष्णप्रसाद अधिकारीको ७४ बर्षको उमेरमा असामयिक निधन भएको खबरले संगठनलाई स्तब्ध तुल्याएको भन्दै केन्द्रीय सदस्य अविरल लगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत बुबा कृष्णप्रसाद अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।


वक्तव्यमा भनिएको छ, “ गुल्मी जिल्लाको रुरु गाउँपालिका–४ बले टक्सार, भगवती टोल निबासी हाम्रो गौरवशाली संगठन क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य केशव अधिकारी ‘अविरल’को बुबा कृष्णप्रसाद अधिकारीको ७४ बर्षको उमेरमा निधन भएको खबरले हाम्रो संगठनलाई स्तब्ध तुल्याएको छ । उहाँका एक श्रीमती, दुई छोरा र तीन छोरी हुनुहुन्छ ।
यो शोकको पीडादायी घडीमा हाम्रो संगठन केन्द्रीय सदस्य अविरल लगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत बुबा कृष्णप्रसाद अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।”

यसैबीच, पौष १५ मा निधन हुनु भएका कृष्णप्रसाद अधिकारीको शोकमा वक्तव्य निकाल्दै नेकपा (क्रान्तिकारी माओवादी) गुल्मीका इन्चार्ज टिका रानाले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । केशव अधिकारी नेकपा (क्रान्तिकारी माओवादी) गुल्मीको पार्टी सचिव समेत हुनुहुन्छ ।