पौष २०जाजरकोट ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को प्रथम जिल्ला भेला सम्पन्न भएको छ । उक्त जिल्ला भेलालाई पार्टीका केन्द्रीय सदस्य तथा रुकुम, सल्यान, जाजरकोटका इन्चार्ज क. प्रकाशउर्जाले सम्बोधन गरेका थिए । उक्त भेलाले क. राजनको नेतृत्वमा १५ सदस्यीय जिल्ला संगठन समिति निर्माण गरेको छ । उक्त जिल्ला भेलाको उदघाटन प्रमुख अतिथिले क्याण्डेल बालेर गरेका थिए ।
जिल्ला भेलाको लगत्तै जिल्ला भेलालाई जाजरकोटको ठाँठिबजारमा विरोध सभामा परिणत गरिएको थियो । उक्त विरोधसभामा बोल्दै अवको विकल्लप नयाँ जनगणतन्त्र, सीमा सुरक्षा बलको निर्माण, राष्ट्रिय सेना निर्माण, सीमामा तारवार गर्नपर्ने कुरा जाजरकोटका नव नीर्वाचित सेक्रेटरी क. राजनले बताएका थिए । कम्युनिस्ट आन्दोलनलाई निरंतरता दिने र पुजीवादी संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी व्यवस्थाको सुत्रपात गर्ने कुराको अभिव्यक्ति प्रमुख अतिथिले प्रकाशउर्जाले भेलालई सम्वोधन गर्ने क्रममा भनेका थिए ।