
काठमाडौं । प्रतिक्रियावादी शक्तिसँग सम्बन्ध राखी पार्टी विरोधी गतिविधिमा संलग्न भएको पाइएको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशले प्रदेश सदस्य विष्णु नेम्वाङलाई पार्टी सदस्यबाट निस्कासित गरेको छ । पार्टी प्रदेश सेक्रेटरी प्रवेशले एक वक्तव्य निकाली नेम्वाङमा देखिएको वैचारिक विचलन र सांगठानिक अराजकताका कारण उनलाई पार्टी सदस्यबाट निस्कासन गरिएको जनाएका छन् ।






























