
काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनका अथक कम्युनिस्ट क्रान्तिकारी योद्धा तथा नेकपा (क्रान्तिकारी माओवादी)का तत्कालीन पोलिटब्यूरो सदस्य कमरेड हर्कबहादुर शाही दिनेशको सम्झानामा प्रकाशित गरिएको स्मृतिग्रन्थ विमोचन गरिने भएको छ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव कमरेड मोहन वैद्य किरणको प्रमुख आतिथ्यतामा स्मृतिग्रन्थको विमोचन गरिने हर्कबहादुर शाही स्मृति फाउन्डेसनका अध्यक्ष तथा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समेत रहेका क. हर्कबहादुर शाहीका सुपुत्र दीपकबहादुर शाहीले जानकारी दिनुभयो ।
शाहीका अनुसार पौष १८ गते शनिबार ११ बजे विहान नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा स्मृतिग्रन्थको विमोचन गरिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा क.हर्कबहादुर शाहीले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पु¥याउनु भएको योगदान र उहाँको राजनीतिक व्यक्तित्वको बारेमा विमर्श गरिने समेत बताइएको छ ।





























