पौष १२ कालीकोट । कालीकोट जिल्लाको पचाल झरना गाउँ पालिका वार्ड नं. ३ खुर्दमा डव्वल नेकपा र विप्लव नेकपाबाट विद्रोहगरी आएका नव प्रवेशीहरुलाई नेकपा(क्रान्तिकारी माओवादी)मा पार्टी प्रवेश गराउने काम सम्पन्न गरियो । नव प्रवेशीहरुमा डव्वल नेकपाबाट सदन कठायत, मनोज कुमार कठायत, धनरुप वस्नेतआदि छन् भने नेकपा विप्लव बाट कवि वस्नेत, कल ऐडी, लाल कठायत आदि छन् । उल्लेखित कमरेडहरु सबै माओवादी जनयुद्धकाृ विभिन्न मोर्चामा रहेर काम गरेका थिए ।
उक्त कार्यक्रम नेकपा(क्रान्तिकारी माओवादी)कालीकोट जिल्ला सेक्रेटरी क.कणबहादुर वि.सी र क्रान्तिकारी युवा लिगका महासचिव क. भुकम्पको प्रमुख उपस्थितिमा सम्पन्न गरिएको थियो । कायक्रममा उहाँहरुले नव प्रवेशीहरुको स्वागत गर्दै नेपाली जनवादी क्रान्तिलाई पूर्णतातर्फ अगाडि बढाउन जे जस्तो त्याग र बलिदानका लागि नेकपा(क्रान्तिकारी माओवादी) तयार भएको जानकारी गराउनु भएको थियो । कालिकोट जिल्लाका क्रान्तिकारीहरु भ्रमवस जो अन्य पार्टीमा काम गरीरहेका छन, उनीहरु अब क्रमसः क्रान्तिकारी धारमा समावेश हुने कालीकोट जिल्लमा धुवीकरणको लहर आउनेमा विश्वस्त रहेको पनि जानकारी दिइयो ।

प्रतिक्रिया

सम्बन्धित खवर