दाङ । दाङमा १२८ औं माओ दिवस भव्य रुपमा मनाइएको छ । नेकपा (क्रान्तिकारी माओवादी) दाङको आयोजनामा तुलसीपुर नपाको वडा नं. १९ मा गरिएको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज समीरले सम्बोधन गर्नुभयो । उहाँले नेपालमा नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्न आवश्यक परे दीर्घकालीन जनयुद्ध वा आम सशस्त्र विद्रोह जे गर्न पनि क्रान्तिकारी माओवादी तयार रहेको बताउँदै संसदीय व्यवस्थाको सही विकल्प संघीय जनगणतन्त्र भएको कुरामा जोड दिनुभयो ।


त्यसैगरी कार्यक्रमलाई पार्टीका केन्द्रीय सल्लाहकार सागर, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सदस्य यमबहादुर शाहले माओका योगदानहरुबाट महत्वपूर्ण शिक्षा लिंदै नेपाली क्रान्तिमा त्यसलाई प््रयोग गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
पार्टी दाङ सचिव सरलको अध्यक्षता तथा देजमो दाङका सचिव इश्वरीप्रसाद गैरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा देजमो नेपालका जिल्ला अध्यक्ष नरेन्द्र बञ्जाडेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर