गोरखा । नेपाली कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनका एक सुपरिचित नेता तथा नेकपा (क्रान्तिकारी माओवादी)का तत्कालीन पीवीएम कमरेड श्रीनाथ अधिकारी(क.श्याम) को राजनीतिक व्यक्तित्वको बारेमा आयोजित गोष्ठी भव्य रुपमा सम्पन्न भएको छ । विश्व सर्वहारावर्गका नेता कमरेड माओको १२८ औं जन्म दिवसको अवसर पारेर आयोजना गरिएको गोष्ठीमा वक्ताहरुले कमरेड श्रीनाथ अधिकारीले नेपालको कम्युनिस्ट आन्दोलन तथा दशवर्षे माओवादी जनयुद्ध र जीवनको अन्तिम घडीसम्म खेल्नुभएको भूमिका र गर्नुभएको योगदानको विषयमा चर्चा गर्नुभएको थियो ।

नेकपा (क्रान्तिकारी माओवादी) गोरखाको आयोजनामा गोरखा जिल्लाको अजिरकोट गा.पा. १ को हंसपुरमा सम्पन्न गोष्ठीलाई पार्टीका पोलिटब्यूरो सदस्य एवं ४ न. प्रदेशका इन्चार्ज चन्द्रहरी सुवेदी र पार्टी पीवीएम तथा सेक्रेटरी केश बहादुर परियारले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले कमरेड माओ र कमरेड श्यामको बारेमा मन्तव्य राख्नु भएको थियो ।

गोष्ठीको अध्यक्षता कमरेड श्यामका जेष्ठ सुपुत्र समेत रहनुभएका पार्टीका केन्द्रीय सदस्य नारायण अधिकारीले गर्नुभएको थियो भने सञ्चालन पार्टीका गोरखा सेक्रेटरी कृष्ण कट्टेलले गर्नुभएको थियो । कमपरेड श्यामको बारेमा स्थानीय शिक्षक, बुद्धिजीवी, छिमेकी, बाल्यकालका साथीसंगी, परिवारजन, इष्टमित्र, अन्य पार्टी प्रतिनिधि, संघ, संस्थाका प्रतिनिधि, समाजसेवी एवं सामाजिक अभियन्ताहरुले समेत मन्तव्य राख्नुभएको सेक्रेटरी कट्टेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर