आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल Indigenous Peoples’ National Movement, Nepal

आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल Indigenous Peoples’ National Movement, Nepal

 

मिति   २०७७ पौष ६, काठमान्डौ 
प्रेस वक्तब्य
सत्ता र सुविधा लुछाचुँडीका निम्ति चुलिएर गएको सत्ताधारी नेकपा भित्रको अन्तरकलहका कारण अन्ततः प्रधान मन्त्रि केपी ओलीले हिजो पुष ५ गते संसद बिघटन गर्न पुगे । यो उनको अलोकतान्त्रिक, असंबैधानिक र प्रतिगामी कदम हो । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल प्रधान मन्त्रि केपी ओलीको यस्ता अलोकतान्त्रिक, असंबैधानिक र प्रतिगामी कदमको घोर भत्सर्ना र बिरोध गर्दछ । सत्ताधारी नेकपा भित्रकोे अन्तरकलह र कचिङ्गलका कारण पतिबर्तनका बिरोधि प्रतिक्रियाबवादी र प्रतिगामी शक्तिहरुले “हिन्दु राज्य फर्काउ, राजा आउ देश बचाऊ“ भन्ने नारा लगाउदै काठमाडौँ र नेपालका विभिन्न शहरहरुमा बाक्लो चाक्लो गरी सडक कब्जा गर्न थालेका बेला प्रधान मन्त्रि केपी ओलीकोे संसद बिघटन जस्ता अलोकतान्त्रिक र असंबैधानिक कदमले हिन्दु राज्य फर्काउने तथा राजा ल्याई देश बचाउने जस्ता प्रतिगामी उदेश्य बोकेर सडक आन्दोलनमा हिडेका प्रतिगमनकारीहरुलाई थप उर्जा मिलेको छ । केपी ओलीको संसद बिघटन प्रतिगमनकारीहरुका अहिलेका राजनीतिक गतिबिधिहरु निश्चयनै देश र जनताका हक हित अनुकुल छैनन् । दुइ तिहाइ बहुमतको सरकार प्रमुखको असंबैधानिक कदम र प्रतिगामी शक्तिहरुकोे पछिल्ला राजनीतिक गतिविधिहरुबाट नेपाली जनताको बल र बलिदानीपुर्ण योगदानबाट प्राप्त संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समाबेसी समानुपातिक प्रतिनिधित्व गुम्ने तथा नेपालको रास्ट्रियता र रास्ट्रिय स्वाधीनतानै धरापमा पर्ने खतरा बढेकोछ । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल यस्ता प्रतिक्रियावादी तथा पुनारोत्थानवादी शक्तिहरुका प्रतिगामी प्रतिगामी कदमहरुका बिरुद्ध परिवर्तनकामी आम नेपाली जनताहरुको ध्यानाकर्षण गराउदै प्रधान मन्त्रि केपी ओलीको प्रतिगामी कदमको बिरुद्द सबैलाई गोलबन्द हुन हार्दिक अपिल गर्दछ ।

डा. ओम गुरुङ – प्रबक्ता