नेकपा(क्रान्तिकारी माओवादी) कर्णाली प्रदेश समितिको आयोजनामा सूर्खेतको विरेन्द्रनगरमा जनगणतन्त्रको पक्षमा कोणसभा सम्पन्न

नेकपा(क्रान्तिकारी माओवादी) कर्णाली प्रदेश समितिको आयोजनामा सूर्खेतको विरेन्द्रनगरमा जनगणतन्त्रको पक्षमा कोणसभा सम्पन्न


पौष ७ गते सूर्खेत । नेकपा(क्रान्तिकारी माओवादी) कर्णाली प्रदेश समितिको आयोजनामा सूर्खेतको विरेन्द्रनगरमा जनगणतन्त्रको पक्षमा कोणसभा सम्पन्न गरिएको छ । पार्टी कार्यालयबाट सुरु गरिएको जुलुस विभिन्न नारासहीत विरेन्द्रनगरको मंगलगढीचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।


उक्त कोणसभालाई नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य कृष्ण गुरुंग, कालीकोट जिल्ला सेक्रेटरी कणबहादुर वि.सी, दैलेख जिल्ला सेक्रेटरी विरेन्द्र बहादुर सिंह, प्रदेश सदस्य मदन शाहीले सम्वोधन गरेका थिए । सम्वोधनका क्रममा सबै वक्ताको जोड अव केपी ओली, जसले आफ्नो व्यक्तिगत स्वार्थपूतीका लागि आफ्नै पार्टीको बहुमत भएको संसदलाई विचैमा विघटन गराएर नयाँ नीर्वाचनको नौटंकी गर्न खोजी रहेको छ, त्यसको भण्डाफोर गर्दै नेपाल र नेपाली जनताको सुनौलो भविश्यका लागि देशको ढकुटीबा अरवौ रुपीयाँ खर्चगरी यस्तो दलाल संसदीय व्यवस्थाको नीर्वाचन होइन नेपाली जनताले एक पटक फेरी नेपालमा जनगणतन्त्रको स्थापनाको लागि संघर्षको आँधीबेहरीमा होमिनु पर्नेमा जोड दिएका थिए । जाजरकोट जिल्ला पार्टी संयोजक रामबहादुर बुढाद्धारा उक्त कार्यक्रमको संचालन गरिएको थियो ।