पोखरा । नेकपा (क्रान्तिकारी माओवादी)को देशैभर संघर्ष चर्काउने पुर्व निर्धारित कार्यक्रम अनुसार पोखरामा भव्य रुपमा बिरोध सभा सम्पन्न भएको छ । पार्टीको हालै सम्पन्न पोलिटब्यूरोको बैठकले संघीय जनगणतन्त्रका लागि देशब्यापी रूपमा बिरोधका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णयको कार्यान्वयन गर्दै पार्टी, देजमो र विभिन्न जनवर्गीय संगठनहरुको संयुक्त आयोजनामा विरोधसभाको आयोजना गरिएको हो ।


बिरोध सभालाई पार्टी पीवीएम तथा ४ नं. प्रदेशका इन्चार्ज चन्द्रहरि सुबेदीले सम्बोधन गर्दै डबल नेकपा देशी बिदेशी प्रतिक्रियावादीहरुको दलाल भएको र उनीहरुले आफ्ना कार्यकर्ताहरुलाई राजावादीहरुको कार्यक्रममा नारा लगायन पठाएको आरोप लगाउनु भयो । अबको एकमात्र विकल्प जनगणतन्त्र भएको बताउँदै उहाँले त्यसका निम्ति सच्चा देशभक्त र क्रान्तिकारीहरु एकताबद्ध भएर लड्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।


बिरोध कार्यक्रममा बोल्दै देजमो नेपाल चार नम्बर प्रदेशकाका अध्यक्ष नेत्र रानाभाटले राष्ट्रियता, जनजीविका र जनस्वास्थ्यको सबालमा वर्तमान सरकार पुर्णरूपमा असफल भएको भन्दै बिहारी शैलीको गणतन्त्र धोका भएकोले अब संघीय जनगणतन्त्रको लागि एक ढिक्का भएर लड्नुपर्ने विचार व्यक्त गर्नुभयो । यथास्थितिवादी अर्थात् दलाल पुँजीवादमा आधारित वर्तमान डबल नेकपाको संसदीय व्यवस्था पूर्णतः असफल हुँदै जाँदा पुनरुत्थानवादीहरुले टाउको उठाउने गरेको भन्दै सडकमा राजावादीहरु चल्मलाउनुमा बयलगाडे प्रधानमन्त्री केपी ओलीको हात रहेको दाबी गर्नुभयो ।


पार्टी केन्द्रीय सदस्य नारायण अधिकारी निश्चलले सञ्चालन गरेको बिरोध सभामा पार्टीका नेताहरु रामजी थापा, निलबहादुर पुनले समेत मन्तव्य राख्नु भएको थियो । विरोधसभा भिम श्रीसको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर