विश्वका १०० प्रभावशाली महिलाको सूचिमा नेपालकी सपना मगर

विश्वका १०० प्रभावशाली महिलाको सूचिमा नेपालकी सपना मगर


काठमाडौं । बेवारिसे शवहरूको व्यवस्थापन कार्यमा सक्रिय रहँदै आएकी सपना रोका मगर विश्वका १०० प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा परेकी छन् ।

बीबीसीले हरेक वर्ष विश्वका १०० प्रभावशाली तथा प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्दै आएको छ । यस वर्ष म्याग्दी स्थायी ठेगाना भएकी रोका मगर प्रभावशाली तथा प्रेरणादायी १०० महिलाको सूचीमा परेकी हुन् । गत वर्ष नेपालकी बोनीता शर्मा यो सूचीमा परेकी थिइन् ।

विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा जोडिएर रोका मगरले बेवारिसेहरूको शव व्यवस्थापन गर्दै आइरहेकी छन् । लकडाउनको समयमा उनी आबद्ध संस्थाले बेवारिसेहरूलाई निःशुल्क भोजनसमेत गराएको थियो ।