धनगढीमा २२ राजनीतिक संगठनकाे भव्य विराेध प्रदर्शन (फाेटाे फिचर)

प्रकाशित मिति : २०७७ मंसिर ८

- धनञ्जय अवस्थी


धनगढी । राष्ट्रिय स्वाधीनता, जनतन्तत्र र जनजीविकाका मुद्दामा कार्यगत एकता गरेका २२ राजनीतिक पार्टी तथम संगठनहरुले कैलालीकाे धनगढीमा भव्य विराेध प्रदर्शन गरेका छन् । विराेध प्रदर्शनलाई नेकपा क्रान्तिकारी माओवादी केस राम बहादुर केसी, राष्ट्रिय जनमोर्चा  केस  मनोज भट्ट , समाजवादी राष्ट्रिय मञ्च  केन्द्रीय अध्यक्ष  देबिदत्त पाण्डेय, नेकपा माले प्रदेश सेक्रेटरी  परेक रावललगायतका नेताहरुले सम्बाेधन गरेका थिए । कार्यक्रमकाे सञ्चालन देजमो प्रदेश अध्यक्ष  बिष्णु नेपाली  सञ्चालन गरेका थिए ।
कार्यक्रममा प्रदर्शनकारीहरूले भारतद्वारा अतिक्रमित भूमि फिर्ता गर !, अमेरिकी साम्राज्यवाद मुर्दावाद !, भारतीय साम्राज्यवाद मुर्दावाद !, नेपालको सम्पूर्ण अतिक्रमित भूमि फिर्ता गर !, शिक्षा र स्वास्थ्य पूर्ण रूपमा राष्ट्रियकरण गरी निःशुल्क र सर्वसुलभ गर !, कोभिड–१९ का बिरामीहरूको परीक्षण र उपचार निःशुल्क गर !, बेरोजगारलाई रोजगारको व्यवस्था गर !, बेरोजगारलाई रोजगार दे, नभए बेरोजगार भत्ता दे !, उखुकिसानको बक्यौता रकम तुरन्त उपलब्ध गराऊ !, राष्ट्रघाती एमसिसी परियोजना खारेज गर !, लिम्पियाधुरा–लिपलेक–कालापानी हाम्रै हो !, २२ दलीय मोर्चा जिन्दावाद !, सन् १९५० लगायतका सम्पूर्ण असमान सन्धिसम्झौता खारेज गर !, गरिब तथा विपन्नवर्गलाई खानालगायत न्यूनतम सुविधाको ग्यारेन्टी गर, राजनीतिक दलमाथिको प्रतिबन्ध खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँजस्ता नारा लगाइएका थिए ।