जनघात र राष्ट्रघातका विरुद्ध पाेखरामा १४ दलले गरे विराेध प्रदर्शन

जनघात र राष्ट्रघातका विरुद्ध पाेखरामा १४ दलले गरे विराेध प्रदर्शन


पाेखरा । आइतबार २२ दलीय माेर्चा अन्तर्गत कास्की जिल्लामा क्रियाशील १४ दल तथा संगठनहरुले पोखरामा विराेध प्रदर्शन गरेका छन् ।
रास्ट्रघाती एमसीसी सम्झाैता खारेज गर्न, मिचिएको भूमि फिर्ता गर्न, भ्रष्टाचार नियन्त्रण गर्न माग गर्दै उनीहरुले विराेध प्रदर्शन गरेका हुन् ।
आइतबार  नेकपा (क्रान्तिकारी माओवादी) सहित कास्की जिल्लामा क्रियाशील १४ राजनीतिक दलकाे आयाेजनामा विरोध प्रदर्शन गरिएकाे हाे ।

कार्यक्रमलाई नेकपा क्रान्तिकारी माओवादीका केस नारायण अधिकारी, देजमाे नेपालका केस तथा प्रदेश अध्यक्ष नेत्र रानाभाट, राजमाेका प्रदेश अध्यक्ष शंकर बराल, नेकपा (माले) का केन्द्रीय सदस्य होमनाथ गिरी, नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रबिमोहन ढकालले गर्नु भएको थियो ।