
बुटवल । सरकारले गरेको राष्ट्रघात र जनघातका विरुद्व नेकपा (क्रान्तिकारी माओवादी) सहित २२ वटा राजनीतिक संगठनहरुले संयुक्त रुपमा लुम्बिनी प्रदेश, बुटवलको ट्राफिक चोकमा विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका बिषयमा केन्द्रीत रहि विरोध सभा सम्पन्न भएको हाे ।
उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका प्रदेश सचिव तेजबिक्रम शाहीको अध्यक्षता र राजमोका प्रदेश समिति कोषाध्यक्ष गणेश गौतमले कार्यक्रम संचालन गरेका थिए ।
यस कार्यक्रमलाई नेकपा( क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य समीर, राष्ट्रिय जागरण परिषद , नेपालका केन्द्रीय सदस्य चित्र बहादुर थापा, नेकपा(संयुक्त) का पिबिएम कृष्ण बहादुर गुरुङ ,राजमो केन्द्रीय उपाध्यक्ष बद्रे आलम, नेकपा(माले) का लुम्बिनी प्रदेश सचिव चन्द्रकान्त आचार्य, नेकपा( मसाल) का रूपन्देही जिल्ला प्रवक्ता नारायण जिसीलगायत नेताहरुले सम्बोधन गरेका थिए ।





























