सुर्खेतमा २२ राजनीतिक संगठनकाे विराेध कार्यक्रम सम्पन्न

प्रकाशित मिति : २०७७ मंसिर ८

- जितेन्द्र थापा


सुर्खेत । केपी ओली सरकारले गरेका जनघात र राष्ट्रघातका विरुद्ध २२ राजनीतिक संगठनले सुर्खेतकाे मंगलगढी चाेकमा विराेध प्रदर्शन गरेका छन् । विराेध प्रदर्शनकाे क्रममा आयाेजित सभालाई प्रमुख वक्ताकाे रुपमा नेकपा क्रान्तिकारी माओवादीका के स तथा देजमो नेपालको कर्णाली प्रदेस संयोजक दिपक वहादुर शाहीले सम्बाेधन गर्नुभयाे । कार्यक्रमलाई राजमोका केस तथा कर्णाली प्रदेश अध्यक्ष भरत शाही, नेकपा क्रन्तिकारी माअोवादी सुर्खेत पार्टी सचिव श्याम कार्की, नेकपा मसालका सुर्खेत जिकस विष्णु पौडेललगायतका नेताहरुले सम्बाेधन गर्नु भएकाे थियाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नेताहरुले एमसीसी सम्झाैता खारेज गर्न, अतिक्रमित भुमि फिर्ता गर्न, जनताकाे निशुल्क पिसिआर परीक्षण गर्न माग गरेका थिए ।