उदयपुरमा २२दलीय मोर्चाको बिरोध सभा सम्पन्न

उदयपुरमा २२दलीय मोर्चाको बिरोध सभा सम्पन्न


गाईघाट । उदयपुरको सदरमुकाम गाईघाटमा आइतबार २२दलिय मोर्चाको बिरोध सभा सम्पन्न भएको छ । उक्त विरोध सभामा सम्पूर्ण दलहरुको तर्फबाट नेकपा मार्क्सवादीका राष्ट्रिय अध्यक्ष रामहरी पोख्रेलले सम्बोधन गर्नु भएको थियो। उक्त बिरोध सभालाई सम्बोधन गर्दै उहाँले अमेरिकी साम्राज्यवादले आतंकको रुपमा ल्याएको एमसीसी सम्झाैता खारेज हुनु पर्ने, गुमेको भुमी फिर्ता हुनु पर्ने, ओली सरकारले गरेको भ्रष्टाचार र ज्यादतीको सबैले भणडाफोर गर्नु पर्ने बताउनु भयो ।
उक्त सभामा नेकपा क्रान्तिकारी माओवादी,देशभक्त  जगणतान्त्रिक मोर्चा नेपाल ,नेकपा मसाल , माओवादी मजदुर पार्टी, राष्ट्रिय जनमोर्चा , नेकपा माले र नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको संचालन देजमोका संयोजक लिल ब.बि.क.ले गर्नु भएको थियो ।