शान्तिसम्झाैताकाे १४ बर्षमा पनि भेटिएनन् जनयुद्धका बेपत्ता याेद्धाहरु

प्रकाशित मिति : २०७७ मंसिर ८


काठमाडौं । विस्तृत शान्ति सम्झौतामार्फत जनयुद्धकाे अन्त्यकाे घाेषणा गरिएकाे १४ वर्ष बितेको छ। तर, जनयुद्धल कालमा राज्यपक्षबाट बेपत्ता पारिएका याेद्धाहरुको खोजबिन अझै भएको छैन। जनयुद्धपीडित पक्षको दाबीअनुसार राज्यबाट बेपत्ता पारिने नागरिकको संख्या १ हजार १५ रहेकाे छ ।
तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको अभिलेख अनुसार १ हजार ३ सय ३३ जना बेपत्ता भएको उल्लेख गरिएकाे छ। जस अनुसार बर्दियामा दुई सय ५७, बाँकेमा एक सय २०, दाङमा एक सय १७, रोल्पामा ९७, बैतडीमा ७१, सुर्खेतमा ६८, काभ्रेमा ४०, रुकुममा ४९, जाजरकोटमा ३१, अछाममा ४७, कैलालीमा ५५, कञ्चनपुरमा ८५, डडेलधुरामा ४३, स्याङ्जामा ४७, कास्कीमा ४३, गोरखामा ३०, सल्यानमा ५६, कालिकोटमा ३६ र उदयपुरमा ४१ नागरिक बेपत्ता भएको तथ्यांक छ। बेपत्ताको सत्यतथ्य सार्वजनिक, बेपत्ता पार्ने व्यक्ति र समूहलाई फौजदारी कारबाही, पीडितलाई क्षतिपूर्तिलगायत माग राखी चार वर्षदेखि बेपत्ता छानविन आयाेगमा दर्ता भएका उजुरी हालसम्म किनारा लगाइएकाे छैन । पीडितले अन्तरिम राहतसमेत पाएका छैनन्। १२ वर्षदेखि २५ वर्षसम्मका बेपत्ता व्यक्तिका परिवारले तत्काल राहत पाइसक्नुपर्नेमा परिपूरणको सिफारिस गर्न पनि ढिला भइसकेको छ।
आयोगमा ६५ जिल्लाका पीडितले उजुरी दिएका छन्।