कार्तिक १९ काठमाडौँ,
महरा पत्नी सीताको बुधबार बिहान उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । उनी विगत १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन । दसैँमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।


निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौँ ल्याइ नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । गत १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ ।
सीता महराको जन्म २०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा भएको थियो । कृष्णबहादुर महरासँग उनको विवाह २०३५ सालमा भएको थियो । उनका दुई छोरा र दुई छोरी रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर