एमसीसी सम्झौता खारेजीको माग गर्दै देजमो भक्तपुरको विरोध प्रदर्शन

एमसीसी सम्झौता खारेजीको माग गर्दै देजमो भक्तपुरको विरोध प्रदर्शन


भक्तपुर । देशभक्त जनगणतान्तृक मोर्चा, नेपाल भक्तपुर जिल्ला संगठन समितिले शुक्रबार भक्तपुरमा एमसिसी, कोरोनाको नाममा भइरहेको ब्रह्मलुटविरुद्ध कोण सभा गरेको छ ।

सभामा देजमोका नेता स्वमानले देजमोले नै राष्ट्रियता र जनजिविकाको पक्षमा अतुत संघर्ष गरिरहेको बताउनु भयो । देजमोका केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज श्रीकृष्ण सुलुले एमसिसी अमेरिकी साम्राज्यवादको हतियार भएको प्रस्ट पार्दै कोभिड १९ को निःशुल्क परीक्षण र उपचार गर्न पर्ने बताउनु भयो । उहाँले नयाँ क्षेत्रफल सहितको नेपालको नक्सा छाप्न रोकेवाट ओलिको देशभक्ती नक्कली प्रमाणित भएको स्पस्ट पार्दै स्वायत्त क्षेत्रहरुको घोषणा गर्न सरकारसँग माग गर्नु भयो । उहाँले गाँस,बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार को जिम्म्मा सरकारले लिनु पर्ने मा पनि जोड दिनु भयो ।