काठमाडौं, २५ असोज । १९ औं पटक अनशनरत डा. गोविन्द केसीले २८औँ दिनमा अनशन तोडेका छन् । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनशनरत डा. केसी र सरकारबीच शबिनार मध्यरातमा ८ बुँदे सहमति भएसँगै आइतबार अनशन तोडेका हुन् ।


डा. केसीलाई कोरोना संक्रमण भएर निको भएका त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीले जुस खुवाएर अनसन तोडाएका थिए ।
सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली र डा. केसीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।


डा. केसी ६ बुँदे माग राखेर २९ भदौमा जुम्लाको एक धर्मशालाबाट अनशन सुरु गरेका केसीलाई काठमाडौंमा ल्याएपछि शिक्षण अस्पतालमा अनशन बस्दै आएका थिए ।
सरकार र डा. केसीसँग सहमतिमा सरकारी मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना सम्बन्धमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार एवं जनशक्तिको प्रबन्ध गरी आउँदो शैक्षिक सत्रदेखि एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, कैलालीको गेटामा सरकारी मेडिकल कलेज स्थापना र पूर्वाधार निर्माण ८० प्रतिशत पूरा भइसकेको अवस्थामा कलेज सञ्चालनका लागि कानुनी व्यवस्थाका लागि मन्त्रिपरिषद्समक्ष रहेको एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी विधेयकलाई हिउँदे अधिवेशनमा संघीय संसद पेस गरिने लगायतका ८ बुँदा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर