आस्विन २, काठमान्डौ,
नेपालका चार किसान संगठनहरुको हालै सम्पनन बैठद्धारा र उनीहरुले नेपालका संबिधानविद, कानुन तथा सम्झौताबिद्हरुसंग गरेको अन्तर–सम्बाद र उनीहरुले दिएका सुझावरुले एमसीसी सम्झौता नेपालको हितमा छैन भन्ने स्पष्ट छ भन्दै एमसीसी सम्झौता खारेजीको पक्षमा एक बक्तब्यद्धारा आफ्ना भनाइहरु सार्वजनिक गरेका छन् । बक्तब्यको पूर्ण पाठ तल दिइएकोछ ः
चार किसान संगठनको बक्तब्य
नेपालको संसदमा बिचारधीन रहेको अमेरिकी कम्पनीसँग गरिएको एमसीसी सम्झौता नेपालको हितमा छैन भन्ने कुरा यस सम्झौताको रणनीतिक उदेश्य र यस सम्झौतामा राखिएका अपमानजनक प्राबधान दुबै कारणले प्रमाणित हुन्छ र यसमा कुनै परिमार्जन गर्ने गुञ्जायश नभएको हामी चार किसान संगठनसँग संबिधान, कानुन तथा सम्झौताबिद्हरुले गरेको अन्तर–सम्बाद र दिएका सुझावरुले थप प्रष्ट पारेको छ ।
अतः यो सम्झौताले नेपालको सांर्बभौमिकता, संबिधान, सर्र्बोच्च अदालत र कानुनलाई मात्र लत्याउँदैन, संयुक्त राष्ट्र संघको घोषणापत्र, असंलग्न आन्दोनलको मर्म, भावना तथा अन्तर्राष्ट्रिय सन्धि र सम्झौताका मूल्य मान्यतालाई पनि लत्याउँने र नेपालको अस्तित्वलाई यूस–इण्डो धूरीको मातहतमा राख्ने, नेपाललाई शक्ति राष्ट्रहरुको अखडा बनाउने तथा नेपालको कुनै किसिमले पनि हित नहुने भएकोले हामी चार किसान संगठन यसको परिमार्जन या संसोधन जस्ता भ्रमपूर्ण कुरामा जनता र राष्ट्र अल्मल्याउने र यसलाई पारित गरेर नेपालमाथि अपूर्ब खतरा निम्त्याउने कुराको जोडदार बिरोध गर्दछौ, यसका बिरुद्ध संघर्ष गरिरहेका सबै साम्राज्यबाद बिरोधी शक्ति, समूह र संगठनहरुप्रति ऐक्यबद्धता दोहोर्याउँदछौ । यस्तो राष्ट्रघाती र खतरनाक सम्झौताको परिमाजर्न र संशोधनतिर नलागि यो सम्झौतालाई अस्वीकार र खारेजी गर्न पुनः जोडदार माग गर्दछौ ।

भैरबराज रेगमी सीताराम तामाङ्ग
अध्यक्ष अध्यक्ष
अखिल नेपाल किसान महासंघ अप्फा अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)
लोकनारायण सुबेदी कृष्ण राना
अध्यक्ष ईञ्चार्ज
अखिल नेपाल किसान यूनियन अखिल नेपाल प्रगतिशील किसान संघ

प्रतिक्रिया

सम्बन्धित खवर