ललितपुर । रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच पुल्चोकमा झडप भएको छ । निषेधाज्ञा उल्लंघन गर्दै युवाहरु बिहानैदेखि प्रदर्शनमा उत्रिएपछि प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको छ । ११ बजेपछि स्थानीय युवाहरुले जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पु¥याएका थिए । उनीहरुले संस्कृति मास्न नपाइने नारावाजी लेखिएका प्लेकार्ड बोकेका थिए ।


दिउँसो १ बजेपछि भने अवस्था तनावपूर्ण बन्दै गएको थियो । प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आक्रमक देखिएका थिए । प्रहरीले वाटर क्यानन लिएर पुगेपछि प्रहरीमाथि ढुंगामुडा प्रहार भएको थियो। त्यसपछि प्रहरीले पानीको फोहराले हान्न थालेको छ। प्रदर्शनकारीले प्रहरीलाई खेदेका छन् ।
प्रहरीलाई खेदेपछि पुल्चोकमा सशस्त्र प्रहरी पनि परिचालित भएको छ । पुल्चोकको मुल सडक यतिखेर ढुंगामुढाका कारण आन्दोलनस्थलका रुपमा परिणत भएको छ ।

निशेधाज्ञा तोडेर रातो मच्छिन्द्रनाथको रथ तान्न पुल्चोकमा सयौंको संख्यामा भेला भएका स्थानीयलाई हटाउन प्रहरीले पानीको फोहोरा हानेका छन् । आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन्। केही प्रहरी घाइते भएका छन्। निशेधाज्ञामा सुनसान रहने पुल्चोकको बीच सडक यति बेला तनावपूर्ण छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर