माओवादी आन्दोलन र प्रचण्ड प्रवृत्ति

माओवादी आन्दोलन र प्रचण्ड प्रवृत्ति

 

तत्कालीन नेपाल कम्युनिस्ट पार्र्टी (माओवादी)द्वारा २०५२ साल फाल्गुन १ गतेदेखि शुरु गरेर दश वर्षसम्म सञ्चालन गरिएको जनयुद्ध अर्थात माओवादी आन्दोलन र प्रचण्ड प्रवृत्ति संगसंगै जोडिएर आउने गरेको छ । यस लेखमा माओवादी आन्दोलन र प्रचण्ड प्रवृत्ति नेपालको कम्युनिस्ट आन्दोलनभित्र र नेपालको राजनीतिमा पर्ने गरेको प्रभावका बारेमा लेख्ने प्रयास गरिएको छ ।
तत्कालीन नेकपा (माओवादी) मुख्य नेतृत्व (प्रचण्ड महामन्त्री)ले जनयुद्धको ऐतिहासिक पहलका सात प्रतिबद्धताहरु (यसमा तत्कालीन केन्द्रीय समिति १७ रहेको र सबैले त्यस प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको) जाहेर गरिएको थियोे ।
सात प्रतिबद्धतामाः
(१) माओद्वारा विकास गरिएको सर्वहारा वर्गको सार्वभौम र अपराज्य माक्र्सवादी सैन्य सिध्दान्तका रुपमा जनयुद्धको सिध्दान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।
(२) जनताको राजनीति सत्ता कब्जा गर्नु नै सशस्त्र संघर्षको प्रमुख उद्श्ये हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखा पर्ने अर्थवाद , सुधारवाद , अराजकतावाद लगायतका सबै प्रकारका विचलनवादी चिन्तन र विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्ष गर्न पार्र्टी आफ्नो प्रतिबद्धता जाहेर गर्दछ ।
(३) हाम्रो सशस्त्र संघर्ष सबै प्रकारका निम्न पुँजीवादी , संकीर्ण , राष्ट्रवादी , धार्मिक , साम्प्रदायिक एवं जातिवादी विभ्रमहरुबाट सम्पूर्ण रुपले मुक्त रहनेछ ।
(४)क्रान्तिकारी अन्तर्राष्ट्रियवादी आन्दोलन (रिम) (जसको हाम्रो पार्र्टी पनि सदस्य छ ) को विकासमा अझ बढी सहयोग पुर्याउने कुरालाई गम्भीरतापूर्वक लिन्छ ।
(५) पुरा ह्रदयले जनताको सेवा गर्न जनतासंग घनिष्ट संबन्ध कायम राख्ने जनदिशाको सिध्दान्तमा अविरल रहने कुरामा पार्र्टी कठिबध्द छ ।
(६) कहिल्यै र कुनै पनि हालतमा पार्र्टी देशी एवं प्रतिक्रियावादी गुटहरुको दवाव धम्की र प्रलोभनमा पर्ने छैन ।
(७)जीत र हार , उपलब्धि र क्षतिका चक्रहरु पार गरेर नै जनयुद्ध विजयी बन्नेछ । खराब कुरालाई असल कुरामा रुपान्तरण गर्ने अन्तर्विरोधको नियमलाई ठीक ढंगले पकडेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्ने छौ । जनयुद्धले विजय प्राप्त नगरेसम्म हतियार बिसाउने छैनौ ।
यी सात प्रतिबद्धताका साथै नयाँ जनवादी , राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं ! भन्ने मुख्य नारा र चार तयारी (१) वैचारिक तयारी (२) संठनात्समक तयारी (३) संघर्ष सम्बन्धि काम (४) प्राविधिक काम पुरा गर्ने प्रतिबद्धताका साथ सशस्त्र जनयुद्धको थालनी गरिएको थियोे ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा २०५२ साल गतेदेखि पहल गरिएको महान जनयुद्ध नेपाली नयाँ जनवादी क्रान्ति तथा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एक महान परिघटना हो ।
यसको समीक्षा वैज्ञानिक तथा माक्र्सवादी द्वन्द्ववादका आधारमा निश्पक्ष रुपले गरिनु पर्दछ । नेतृत्वले सात राजनीतिक प्रतिबद्धता र चार तयारी पुरा गर्ने गरी नेपालमा सर्वहारा वर्गको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध नयाँ जनवादी गणतन्त्र स्थापना गर्दै वैज्ञानिक समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका लागि महान जनयुद्धको पहल गरिएको थियोे ।
यो जनयुद्ध रणनीतिक रक्षाबाट सन्तुलनको स्थितिमा विकसित हुदै ग्रामीण इलाकाहरुमा आधार इलाकाहरु बन्दै गए ।
देशका तमाम जिल्लाहरुमा नयाँ जनसत्ताहरु , जनअदालतहरु , जनकम्युनहरु , जनसरकारहरु निर्माण गरेर सञ्चालन हुन पुगे ।
सैन्य क्षेत्रमा छापामार दस्ता , जनमिलिसिया हुदै सातौं डिभिजनसम्मको जनमुक्ति सेना निर्माण गरियो ।
यस प्रकारको विकासले नेपाली सर्वहारा वर्ग , मुक्तिकामी नेपाली जनता र विश्व भाइचाराहरुमा ठूलो आशावादी बनायो । र , त्यतिबेला भनीयो कि नेपालमा मुलुकको ८० प्रतिशत भूभाग माओवादीको कब्जामा आइसक्यो ।
तर २०६२ सालको असोजतिर पुगेर माओवादी जनयुद्धको मुख्य नेतृत्व गरिरहेका प्रचण्ड र बावुरामभित्र मौलाउँदै गएको चरम अवसरवाद र व्यक्तिवाद बाहिर पनि प्रकट हुन थाल्यो ।
त्यस प्रक्रियामा प्रचण्ड र बावुराममा वैचारिक , सैद्धान्तिक विचलन खुला रुपमा देखा पर्र्यो र २०६२ असोज–कार्तिकमा सम्पन्न चर्चित चुनवाङ बैंठकमा उजागर भयो ।
माओवादी पार्र्टीको उक्त चुनवाङ बैंककले नयाँ जनवादी क्रान्तिको सशस्त्र जनयुद्धको कार्यदिशालाई स्थगित गरेर लाोकतान्त्रिक गणतन्त्रको पुँजीवादी संसदीय नारा पारित गर्र्याे र तत्कालीन नेपाली काँग्रेस , एमाले , राप्रपा लगायत सात संसदीय राजनीति दलहरुसित सहकार्य गर्ने नीति पारित गर्र्याे ।
यसलाई कार्यान्वयनमा लिनको निम्ति २०६२ साल मंसिर ७ गते भारतको राजधानी नयाँल्ल्लीमा सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)का विचमा १२ बुँदे सहमति पत्रमा हस्ताक्षर भयो । यस प्रक्रियासंगै सशस्त्र जनयुद्ध सञ्चालन गरिरहेको नेकपा (माओवादी)ले सशस्त्र जनयुद्धको कार्यदिशा परित्याग गरेर शान्तिपूर्ण संसदीय कार्यदिशा प्रवेश गर्ने बाटो तय गर्न पुग्यो । यो नै नेकपा (माओवादी) पार्र्टीको मुख्य नेतृत्व ( प्रचणड, बावुराम) मा पैदा भएको वैचारिक , सैद्धान्तिक विचलनको टाट पल्टाइको प्राकाष्ठा थियोे । किनभने त्यतिबेला प्रचण्ड, बावुरामले जे भन्थे , जे गर्दथिए , ती कुराहरु कार्यकर्ताहरुले आँखा चिम्लेर समर्थन गर्ने र एकोहोरो ताली पिट्ने वातावरण थियोे । भयो पनि त्यही ।
यसै प्रक्रियामा जनयुद्धको जग र १२ बुँदे सहमतिका आधारमा २०६२÷२०६३ को ऐतिहासिक १९ दिने जनआन्दोलन सफल भयो र निरंकुश राजतन्त्रले घुडा टेक्यो र विघटित संसद पुनःस्थापना गरियो । तत्कालै काँग्रेस र एमाले मिलेर संयुक्त सरकार बनाए ।
विद्रोही माओवादी पार्र्टीले पनि भूमिगत अवस्थाबाट पार्र्टी खुला गर्ने नीति लियो र कास्की जिल्लाको शिखलेसबाट प्रचण्ड–बावुराम सहितको टोली सरकारी हेलिकप्टर चढेर काठमाडौंमा आएर पार्र्टी खुला भएको घोषणा गरियो ।
२०६३ साल असार २ गते तत्कालीन सरकार र नेकपा (माओवादी) का बिचमा दश वर्षे जनयुद्धका प्रक्रियामा निर्माण गरिएका नयाँ , जनसत्ता , जनअदालत, जनकम्युन , जनसरकार लगायतका सबै संरचनाहरु खारेज गर्ने प्रस्ताव पत्रमा सहमति भयो र हस्ताक्षर गरियो र कार्यान्वयनमा ल्याइयो ।
२०६३ साल मंसिर ५ गते दश वर्षदेखि सञ्चालन गरिदै आएको माओवादी सशस्त्र जनयुद्धको अन्त्य गरिएको घोषणा सहित तत्कालीन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा (माओवादी) अध्यक्ष प्रचण्डका बिच बृहत शान्ति संझौता पत्रमा हस्ताक्षर गरियो । त्यस दिनदेखि नेकपा (माओवादी) दश वर्षदेखि सञ्चालन गर्दै आएको सशस्त्र जनयुद्ध स्वयं पार्र्टी अध्यक्ष प्रचण्ड कै हातबाट समाप्त गरियो ।
२०६३ माघ १ गते सरकारले अन्तरिम संविधान जारी गर्र्यो । नेकपा (माओवादी) ८३ सिट सांसदहरू सहित संसद (सिहंदरवार) मा प्रवेश गर्र्याे । २०६३ चैत १८ गते नेकपा ( माओवादी) पनि तत्कालीन संयुक्त सरकारमा सामेल भयो । घटना प्रक्रिया यिनै थिए ।
यसै प्रक्रिया अन्तर्गत २०६४ साल चैत २८ गते संविधानसभाको पहिलो ऐतिहासिक निर्वाचन सम्पन्न भयो । संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा (माओवादी) प्रचण्डको नेतृत्वमा सरकार गठन गरेर नौ महिनासम्म सरकार पनि चलायो ।
यसै प्रक्रिया अन्तर्गत २०६५ साल पुस ११ गते माओ दिवसको अवसरमा नेकपा ( माओवाद) र नेकपा (एकता केन्द्र) बिच पार्र्टी एकता भयो र पार्र्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी) (एमाओवादी) मा रुपान्तरण भयो ।
त्यस अन्तर्गत एकातिर प्रचण्ड–बावुराम भित्र रहेको वैचारिक विचलन पनि चुलिदै गयो भने अर्र्काेतिर २०६५ साल मंसिरमा सम्पन्न एमाओवादीको राष्ट्रिय कार्यकर्ता भेला र २०६६ साल मंसिरमा सम्पन्न पालुङटार प्लेनम हुदै एमाओवादी पार्र्टी भित्रको वैचारिक ,सैद्धान्तिक विवाद चुलिदै गयो र त्यसैै बेला बावुराम प्रधानमन्त्री रहेकै बखत २०६८ चैत २८ गते जनमुक्ति सेनालाई प्रतिक्रियावादी (तत्कालीन शाही सेना) सेना सामु आत्मसमर्पण गर्न लगाएर विघटन गराइयो र हतियार पनि प्रतिक्रियावादी सत्तालाई बुझाइयो ।
प्रचण्ड–बावुरामभित्र पैदा भएको वैचारिक विचलनको प्राकाष्ठाका रुपमा प्रकट हुने सिलसिलावर प्रक्रिया अन्तर्गत २०६९ साल जेठ १४ गते मध्य रातमा पहिलो संविधानसभा विघटन गराइयो र दोस्रो संविधानसभाको निर्वाचनको घोषणा गरियो । यी सबै कार्यहरु साम्राज्यवाद र विस्तारवादको ग्राण्डडिजाइन र निर्देशन तथा योजनामा सम्पन्न गरिएको थियोे ।
यसै सिलसिलामा तत्कालीन नेकपा (माओवादी) वरिष्ठ उपाध्यक्ष कमरेड मोहन वैद्य किरणको नेतृत्वमा उक्त एमाओवादीको नवसंशोधनवादी हिस्सासित वैचारिक , सैद्धान्तिक र सांगीठनिक रुपमा विद्रोह गरी २०६९ साल असार २–५ मा सम्पन्न वौध्द भेलाबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को गठन हुन पुग्यो ।
यसरी नेपाल कम्युनिस्ट पार्र्टी (माओवादी)को गठनसंगै माओवादी आन्दोलन विधिवत रुपमा विभाजित हुन पुग्यो । र , कमरेड मोहन वैद्य किरणले नेतृत्व गरेको माओवादी आन्दोलनको क्रान्तिकारी धारा आज नेकपा (माओवादी) हुदै नेकपा (क्रान्तिकारी माओवादी )मा रुपान्तरित हुदै महान नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद हुदै साम्यवादमा पुग्ने लक्ष्यका सात नेपाली क्रान्ति सशस्त्र जनविद्रोहको सैन्य कार्यदिशा अंगिकार गर्दै महान नेपाली नयाँ जनवादी क्रान्तिका कार्यभार पुरा गर्ने ऐतिहासिक कार्यभारका सात देशभर छरिएर रहेका क्रान्तिकारी कम्युनिस्ट पार्र्टीहरुलाई एकीकृत गर्दै महान लक्ष्यमा पुग्ने प्रतिद्धधाता सात अगाडि बढिरहेको छ ।
अर्र्काेतिर नवसंशोधनवादको बाटो अख्तियार गरेको प्रचण्डको नेतृत्वमा सञ्चालन हुदै आएको तत्कालीन एमाओवादी पार्र्टी नेकपा (माओवादी केन्द्र , माके ) हुदै सैद्धान्तिक , वैचारिक रुपमा पूर्णरूपमा टाट पल्टिसकेपछि पहिले आफैंले प्रतिक्रियावादी घोषणा गरिएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा २०७५ साल जेठ ३ गते विलय हुन पुग्यो र अहिले प्रतिक्रान्तिकारी तथा प्रतिक्रियावादी केपी ओलीले नेतृत्व गरेको सामाजिक फासीवादी सरकारमा सामेल भएर एकातिर क्रान्तिकारी कम्युनिस्टहरूलाई भीषण दमन गरेर नेपाली क्रान्तिलाई समाप्त गर्ने र अर्र्काेतिर चरम भ्रष्टाचार गरेर देशलाई कंगाल बनाई छाड्ने भूपू एमालेको केपी गुटले गरेका चरम भ्रष्टाचार काण्डहरु र हत्या बलत्कारका जघन्य अपराधहरुलाई अनुमोदन गर्ने र संरक्षण गर्ने तथा चोख्याउने खेलमा तल्लीन भइरहेको छ ।
अब यहाँ थोरै प्रचण्ड प्रवृत्तिका बारेमा चर्चा गर्न जरुरी यो छ कि सिंगो माओवादी आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनभित्र प्रचण्ड प्रवृत्ति अत्यन्तै खतरनाक प्रवृत्तिका रुपमा रहेको छ र यसले मूलतः आज क्रान्तिकारी माओवादी धारा र सिंगो नेपाली कम्युनिस्ट आन्दोलन भित्र ठुलो प्रभाव पारिरहेकोले यसको चिरफार गर्न जरुरी छ ।
प्रचण्ड प्रवृत्ति भनेको मुख्यतः चरम व्यक्तिवाद , अवसरवाद , आर्थिक विचलनवाद , अस्थिरतावाद , संकीर्णवाद , वितण्डावाद , नातावाद , कृपावाद , फरियावाद , षड्यन्त्रवाद , छलछामवाद , मुखियावाद , कायरतावाद , पुच्छरवाद , भ्रमवाद , अहंकारवाद र ढाँट , सिल्लीपना जस्ता कुप्रवृतिहरु मुख्य रुपमा नेपाली कम्युनिस्ट आन्दोलनभित्र एउटा खतरनाक प्रवृत्तिका रुपमा घर जमाएर बसेको छ ।
यस प्रवृत्तिले बेलाबखत क्रान्तिकारी माओवादी धारा भित्रका नेता , कार्यकर्ताहरुमा समेत नकारात्मक प्रभाव पारेर आन्दोलनलाई क्षति पुर्याउदै आएको तथ्यलाई पनि नकार्न सकिदैन ।
लामो समय पहिलेदेखि सत्ताधारी नेकपाभित्र खास गरी केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड बिचको पदको लुछाचुडी चल्दै आएको छ । यतिबेला त्यस पदस्वार्थको केपी ओली र प्रचण्ड बिचको लुछाचुडी चरम अवस्थामा पुगेको छ ।
प्रचण्डले पार्र्टीको पहिलो अध्यक्ष केपी ओलीसित रहेको प्रधानमन्त्री पद खोस्नका लागि पार्र्टीका वरिष्ठ नेता द्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा प्रधानमन्त्री पदका लागि र्याल काड्दै हिड्ने गरेका वामदेव गौतमलाई विविध प्रकारका प्रलोभन , आश्वासन दिएर प्रचण्डले बलियो गुट बनाएर केपी ओलीलाई एक्ल्याउदै आएका थिए । तर केपी ओली प्रधानमन्त्री पद छोड्न कुनै पनि हालतमा तयार नभए पछि , टसकोमस नभए पछि अहिले पार्र्टीको कार्यकारी पद समेत धरापमा पर्न पुगे पछि त्यसलाई बचाउनकै लागि माधवकुमार नेपालहरुलाई छोडेर प्रचण्ड केपी ओलीको गुटमा टाँसिन पुगेका छन । यहाँनिर प्रचण्डको चरम अवसरवाद र व्यक्तिवाद नराम्ररी उदांगिएको छ ।
अहिले व्यक्तिगत स्वार्थ र पदस्वार्थपुर्तिका लागि महान दश वर्षे जनयुद्धका सम्पूर्ण उपलब्धि र विरासतहरु र नेपाली क्रान्तिका लक्ष्यहरु मुठो पारेर खोलामा फ्याक्दै आफैले प्रतिक्रियावादी घोषणा गरिएको एमाले भित्र छिर्दै आज केपी ओलीको काखमा पुग्दासम्म पनि प्रधानमन्त्री पद हत्याउन असफल भए पछि वितण्डा फैलाउन माहिर गनिएका प्रचण्डले पहिलो हप्ता पत्रकार नाक भूषणले लिएको एक अन्तर्वार्तामा प्रचण्डर्ले मैले मोहन वैद्य किरण, नेत्र विक्रम चन्द विप्लव ,डाक्टर बावुराम भट्टराईलाई साथमा लिन नसक्नुमा ठूलो कम्जोरी भएको छ , मैले उहाँहरुलाई साथैमा लिएर जानै पर्छ ू भनेर अन्तर्वार्ता दिए पछि प्रचण्डको त्यो सिल्ली आवाजलाई सकारात्मक ढंगले बुझ्नेहरुका लागि केही तरंगित पारेको पाइएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) भित्रका केही जिम्मेवार (सिसिएम) तहका व्यक्तिहरु समेत प्रचण्ड प्रति आशावादी रहेको आसय सहितका लेख ,रचनाहरु पार्र्टी नजिकका सञ्चार माध्यमहरुमा प्रकाशित भएका छन । केन्द्रीय नेताहरुमा अहिलेसम्म प्रचण्ड प्रति आशावादी बनिरहनु र प्रचण्ड आए हुने थियोे भन्ने चिन्तन बाहिरिनु भएको उनीहरूमा रहेको अध्ययनको कमि हो । मालेमावादका आधारभूत सिध्दान्तप्रतिको बुझाइको कम्जोरी हो ।
यस प्रकारको सद्धधान्तिक कम्जोरी देखा पर्नु र पार्र्टीको केन्द्रीय तहमै आजसम्म प्रचण्डलाई चिन्न नसक्नुको प्रमुख कारण पार्र्टी भित्र स्कुलिङको अभाव भैरहनु नै हो । लामो समयदेखि पार्र्टी भित्र जुन स्कुलिङको अभाव छ , यो त्यसकै परिणाम हो । यसलाई पार्र्टीले सञ्चालन गर्न नियमित पार्र्टी स्कुलिङले मात्र निराकरण गर्न मद्दत गर्न सक्छ ।
केपी ओलीसित पद प्राप्तिको लडाइँमा पराजित भए पछि प्रचण्डले एकातिर केपी ओली गुट सहित भूपू एमालेका भ्रष्टहरुलाई अब प्रचण्डहरु युध्दतिरै फर्कि हाल्ने हुनकि भनेर तर्साएर पदका लाभहरु प्राप्त गर्ने खेलको रुपमा र मूलतः भूपू एमालेहरु र आफ्ना देशीविदेशी महाप्रभुहरुलाई प्रचण्डहरु फेरी युध्दमा फर्किने हुन कि भनेर तर्साउनका लागि प्रचण्डले जति बेला आफूलाई अप्ठ्यारो परेको हुन्छ र स्वार्थपूर्ति भैराखेको हुदैन , त्यतिबेला प्रचण्डले यस प्रकारका षड्यन्त्रका जालहरु फ्याक्ने गर्दछन ।
अर्र्काेतिर क्रान्तिकारी माओवादी , विप्लव नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्र्टीहरु भित्र रहेका सैध्दान्तिक, वैचारिक स्तर कम्जोर भएका , मालेमावादका आधारभूत सिध्दान्तले लैस नभइसकेका , पार्र्टी स्कुलिङको अभावले रुमल्लिरहेका र चरम अवसरवादी , व्यक्तिवादी चरित्र भएका नेता कार्यकर्ताहरु जो द्न्द्ववादी ढंगले कुनै पनि घटना , परिघटनाहरुको बारेमा सही विश्लेषण गरेर वैज्ञानिक निश्कर्षमा पुग्न सक्तैनन , त्यस्ता नेता कार्यकर्ताहरुका बिचमा भ्रम छर्नका लागि प्रचण्डले यस प्रकारका खेलहरु खेलेर क्रान्तिकारी माओवादी आन्दोलनभित्रका नेता कार्यकर्ताहरु चोर्दै र तान्दै आएका छन । बिगतदेखि यस्तो हतियार प्रचण्डले प्रयोग गर्न खोजेको स्पष्टैै छ । यस्ता ताना बुन्न र माओवादी आन्दोलनभित्र रहेका नेता , कार्यकर्ताहरुको मानसिकता र आचरण पनि प्रचण्डले नबुझेको भएन ।
प्रचण्ड को हुन ? प्रचण्ड प्रवृत्ति के हो ? नेपाली क्रान्तिको बाटोमा प्रचण्डले के कति सकारात्मक र नकारात्मक कार्य गर्दै आएका छन ? भन्ने बारेमा माओवादी आन्दोलनभित्र मात्र होइन , सबै देशीविदेशी अर्थात देश दुनियाँले नजानेको , नबुझेको विषय भएन ।
प्रचण्ड एण्ड बावुराम कम्पनीले नेपाली क्रान्तिप्रति , नेपाली जनता प्रति के कस्तो गध्दारी गरे भन्ने बारेमा सबैलाई जानकारी नभएको विषय पनि भएन ।
प्रचण्ड–बावुरामहरुले आफ्नो निहित व्यक्तिगत स्वार्थ पुरा गर्नका निम्ति , आफ्नो परिवारजनहरुको,नाता,गोता र स्टमित्रहरुको स्वार्थ पुरा गरिदिनका निम्ति , आफ्ना भाई –भतिजाहरुको स्वार्थ पुरा गरिदिनका निम्ति उनीहरूले जनतालाई हेरेनन ।
बरु उनीहरूले देशी विदेशी प्रतिक्रियावादीहरुको इच्छा पुरा गरिदिने उद्श्येले महान दश वर्षे जनयुद्धको प्रक्रियामा निर्माण हुन पुगेका क्रान्तिका आधार इलाकाहरु , नयाँ जनसत्ताहरु , जनअदालतहरु , जनकम्युनहरु , जनसरकारहरु विघटन गरे । जनमुक्ति सेनालाई प्रतिक्रियावादी सेना भित्र विलय गराई दिए । हतियारहरु प्रतिक्रियावादी सत्तालाई बुझाए । पहिलो जननिर्वाचित संविधानसभाको विघटन गरेर दोस्रो संविधानसभा मार्फत प्रतिक्रियावादी तथा पश्चगामी संविधान बनाउन महत्त्वपूर्ण भूमिका खल््न समेत पछाडि परेनन ।
त्यति मात्र होइन प्रचण्डले महान दश वर्षे जनयुद्धका उपलब्धिहरु र विरासतहरु , सम्पूर्ण नेपाली क्रान्तिका योजना र सपनाहरूलाई एउठै मुठो पारेर खोलामा फ्याकेर आफ्ना देशीविदेशी मालिकहरुलाई खुसी तुल्याउँदै एमालेमा छिरेका व्यक्तिलाई फेरी क्रान्तिकारी बन्लान भनेर आशावादी हुनु भनेको गोरु ब्याउला र बेगुतो खाउला भने जस्तै हो ।
प्रचण्ड प्रवृति भनेको आफ्नो वरिपरी आशेपासेहरु , धुपाउरेहरु , चाकडीबाजहरु , भ्रष्ट र कमिशनखोरहरु , वैचारिक विचलनमा परेर सिध्दान्तविहिन भुसतिघ्रेहरु , चरम अवसरवादीहरुलाई वरिपरि राखेर आफ्नो स्वार्थपूर्ति गर्ने र पार्र्टी भित्रका क्रान्तिकारीहरुलाई , आफ्नो विरोध गर्नेहलाई समाप्त पार्नु होू ।
अहिले पनि नारायण काजी श्रेष्ठ( प्रकाश) लगायत राल््पा , रुकुम , जाजरकोट , कालीकोट , कैलाली, कास्की , अर्घाखाँची , धादिङ , चितवन , गोर्खा , मधेसतिर र देशका विभिन्न भागमा रहेका सिध्दान्तहिन , एमाले कार्यकर्ता भन्दा पनि तल्लो दर्जाका अघोर अवसरवादीहरुलाई वरिपरि झुण्डाएर आफ्नो स्वार्थपूर्ति गरिरहेका छन । समग्रमा यही नै हो प्रचण्ड प्रवृत्ति ।
महान नेपाली क्रान्तिको हितका खातिर कुनै पनि क्रान्तिकारीले आफूलाई बचाउनु पर्छ । यो आलेखको मुख्य आसय पनि यही नै हो ।
१३ भदौ २०७७
काठमान्डौं
(लेखकः नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय पार्र्टी स्कुलिङ विभागका सचिव हुन) ।