कथा – ‘मालिक कोनोवालोव, छब्बिस पुरुष र एक युवती’

प्रकाशित मिति : २०७७ श्रावण २७

- म्याक्सिम गोर्की

(म्याक्सिम गोर्की (ई.१८६८–१९३६) विश्वविख्यात रुसी साहित्यकार हुन् । १८९२ मा ‘मकरचुद्रा’ कथासँगै रुसी साहित्याकासमा उदाएका यिनी छोटो समयमै विश्वभरि लोकप्रिय भए । रुसी क्रान्तिसित आफुलाई एकाकार गराउने प्रभावशाली लेखकका रुपमा चिनिने यिनी समाजवादी यथार्थवादका सिद्धान्तकार पनि थिए । यिनको कलम कथा, उपन्यास, नाटक, संस्मरण, समालोचना, जीवनी, बाल साहित्य आदि विविध विधाहरुमा साधिकार चलेको पाइन्छ । विश्वप्रसिद्ध यिनको उपन्यास ‘आमा’ लगायत विभिन्न कृतिहरु नेपालीमा पनि अनुवाद भएका छन् । औपचारिक शिक्षाबाट वञ्चित यिनले ‘मेरो बाल्यकाल’, ‘मेरो विश्वविद्यालय’ र ‘जीवनको बाटोमा’ गरी तीन खण्डमा आÇनो संस्मरण लेखेका थिए । यो कथा यिनले ई.१८९९मा लेखेका थिए । ‘मेरो विश्वविद्यालय’ नामक आत्मजीवनीमा कजानका भासिली सेम्योनोको प्रेज्जेल कारखानाको चर्चा गरेका छन् । यिनताका नै यिनले ‘मालिक कोनोवालोव, छब्बिस पुरुष र एक युवती’ कथा लेखेका थिए । लेनिनकी श्रीमती नाजेज्दा क्रुप्सकायाले आÇनो संस्मरणमा यस कथालाई लेनिनलाई मनपरेका गोर्कीका कथाहरु मध्येको एउटा कथा भनी उल्लेख गरेकी छिन् । नेपालीमा यो पहिलो अनुवाद हो । –अनुवादक)
हामी जम्माजम्मी छब्बिस जना पुरुषहरु थियौँ, छब्बिस वटा जिउँदाजाग्दा यन्त्रहरु घरको अँध्यारो गुफारुपी भूँइतलामा जडान गरिएका यन्त्र, जहाँ हामी बिहान सखारैंदेखि राति अबेलासम्म खमिर, मैदा–पिठो मुछ्थ्यौ र प्रेज्जेल र क््रयाकनेल बिस्कुट बनाउँथ्यौँ । हामीले काम गर्ने गरेको तलाका झ्याल भन्नु सानो दुलो (भांैप्वाल) मात्र थियो, त्यो पनि लेउ उम्रेर हरियो भएको थियो । त्यो दुलोलाई बाहिरपट्टिबाट भने फलामे जालीले ढाकिएको थियो । घामको किरण त्यताबाट त्यहाँ फिटिक्कै छिर्दैनथ्यो किनभने बाहिरबाट जालीमा पनि धुलो र मैदा लेसिए जस्तो भएको थियो । साहुले सबै झ्यालरुपी दुलोहरु बारिदिएको थियो ताकि भित्रबाट कसैले पनि त्यहाँ तयार भएका खाद्य सामग्री बेरोजगार र भोकले पिल्सिएका आफन्तहरुलाई दिन नसकून् । साहुले हामीलाई जतिखेर पनि चोर वा लुच्चा–फटाहा भन्थ्यो । खानामा मासु भनेर दुषित भित्र्याँस मात्र दिन्थ्यो । ध्वाँसो र माकुराको जालोले जेलिएको भुँइतलाको त्यो अन्धकूपमा जीवन असाध्यै गुम्सिएको जस्तो लाग्थ्यो । ढुसी र धुलोको बाक्लो पत्रले ढाकिएको भित्ताले गर्दा त्यहाँ काम गर्ने सद्दे मान्छे पनि बिरामी पर्ला जस्तो हुन्थ्यो । निद्रै नपुगी हामी बिहान पाँचै बजे उठ्थ्यौँर छ नबज्दै बिना जाँगर जडवत् रुपमा टेबिल वरिपरि बसेर बिस्कुट बनाउन लाग्थ्यौँ । त्यो पिठो हामी उठ्न अगावै हाम्रा साथीहरुले मुछिराखेका हुन्थे । अनि दिनभरि, बिहान सखारैदेखि राति अबेलासम्म, हामी कोही टेबिल वरिपरि बसेर सुकेर अररो हुँदै गरेको मुछिएको पिठो निद्रा नपुगी लाटिएको शरिरको लाटोपन भगाउन जिउ हल्लाउँदै माड्न थाल्थ्यौ भने अरु साथीहरु नयाँ पिठोमा पानी हाल्दै मुछ्न थाल्थे र दिनभरि झाँगा खडकुलोमा पाकिरहेको पानीको खत्खत् र पाक्दै गरेको बिस्कुटको खत्खत् वा छड्काइको ध्वनिले उदास र पट्यार लाग्दो बनेको त्यो कोठा गुञ्जायमान भइरहन्थ्यो । अनि बिस्कुट पाकिरहेको चुलोको तावामा दाबिलो ठोक्किँदाको ठ्याङ–ठ्याङ र बिस्कुटको डल्ला तातो ईँटमा खस्दाको ठङ्ठङको एकरस आवाजले छिँडी गुञ्जायमान भइरहेको हुन्थ्यो । बिहान सखारैदेखि राति अबेलासम्म चुलोमा दाउरा दन्किरहन्थ्यो, आगोको ज्वालाले भित्तापनि राताम्य भएजस्तो देखिन्थ्यो मानो छिँडीको मौनतालाई खिज्याइरहेको होस् । ठुलो चुलो भुर्इँबाटै निस्केको कुनै डरलाग्दो भयावह राक्षसको विकराल टाउको जस्तो लाग्दथ्यो, फट्टिएका बङ्गारा भर्भराउँदो ज्वालाबाट रनक्क तातेको झै भान हुन्थ्यो र यसले सास फेर्दा हाम्रो जिउमा रापले पोल्थ्यो । अनि यसको निधारमा राक्षसका दुई ठुला आँखा झैँ पुतली हुन्थ्यो जसबाट उसले हाम्रो अविराम मिहिनेतको सतत निगरानी गरिरहे झैँ लाग्दथ्यो । यी दुई खोबिल्टाहरु आँखा झैँ लाग्दथे, राक्षसका निर्दयी र भावहीन ती आँखाहरु कुनै अपशकुन झैं हामीलाई घुरिरहन्थे, मानो हामी दासबाट कुनै मानवीय अपेक्षा गर्न सकिन्न त्यसैले होला र हामीलाई ती आँखा उपेक्षापूर्ण दृष्टिले हेर्दै हेला– होचो दर्शाउँथे ।
दिनहुँ हाम्रै खुट्टामा टाँसिएर आएको धुलोमाटो बुङ्बुङ्ति उडिरहेको धुलाम्य र गर्मीले हप्प भएर गुम्सिरहने त्यो छिँडी कोठाको निस्सासिदो वातावरणमा दिन होस् कि रात खल्खल्ती पसिना चुहाँउदै हामी पिठो र खमीर मुछिरहन्थ्यौँ, प्रेज्जेल र क्रेकनेल बनाइरहन्थ्यौँ । हाम्रो शरीरको मयल र पसिना पनि तप्तपी खस्थ्यो र मुछिँदै गरेको पिठो र खमीरमा मिसिन्थ्यो । हामीलाई यस्तो काम पटक्कै मनपरेको थिएन । आनै कामलाई घृणा गथ्र्यौ हामी । आफैले बनाएका यी बिस्कुट हामी खाँदैनथ्यौँ पनि बरु यस्ता बिस्कुटभन्दा कोदाको रोटी कता–कता जाती मान्थ्यौँ । एउटा लामो टेविलको दुबैतिर ९–९ जना मुखामुख गरेर घण्टौं बस्थ्यौँ हामी, यन्त्रवत् हात चलाउँदै । आँखा र मन जतासुकै चहारिहिँडे पनि हात भने मुछ्दै–माड्दै गरेको त्यही खमिर–पिठोमा आपसे आप चलिरहेको हुन्थ्यो । यस्तो काममा हामी परस्पर यति अभ्यस्त भैसकेका थियौँ कि कसैको पनि अनुहारमा हेर्दै नहेरीकन पनि त्यहाँ के कस्ता मुजा परेका छन् वा निधार कत्तिको खुम्चेको छ भनी खरर भन्न सक्थ्यौँ । हामी प्रायशः चुपचाप नै काममा जोतिइरहन्थ्यौँ, मानौं कुराकानी गर्ने हाम्रो विषयवस्तु नै सिद्धिइसकेको होस । त्यसैले हामी त्यतिन्जेलसम्म मौन नै रहन्थ्यौँ जबसम्म कसैले कसैलाई गाली गर्दै केही नभनोस् । र, साथी–साथीको बीचमा यस्तो अवसर आइरहन्छ नै । आÇनो साथीलाई छेडछाड गर्न, रिस पोख्ना कुनै साइत वा आइतबार कुरिरहनु पर्दैन पनि । तर हामीले कहिल्यै कसैलाई त्यसो गरेनौं । जो पहिले नै अधमरो भइसकेको छ, मूर्तिवत् जड बनिसकेको छ र दुःख कष्टको भारीले उसको सम्पूर्ण चेतन बोधो भइसकेको छ, त्यस्तालाई किन पो सराप्नु, किन छेडछाड गर्नु ! भन्नुपर्ने जति सबै भनिइसकेकाहरुका लागि मौनता डरमर्दाे र पट्यार लाग्दो कुरो हो तर जसको वाणी नै फुटेको छैन शब्दहरु बोलिन बाँकी नै छन्, त्यस्तोका लागि मौनता सहज र स्वभाविक हुन जान्छ । कहिलेकाहीँ हामी गाउँथ्यौँ पनि । हाम्रो गायन यसरी थालिन्थ्यो– काम गर्दागर्दै खुई्यय गर्दै कामले थकित घोडालेझंै कसैले दुःखको लामो सुस्केरा काढ्थ्यो अनि कोमल मुलायम स्वर उराल्दै सागरको अतल गहिराइबाट निस्केको बह पोख्दै मनलाई हलुका पार्ने मर्मभेदी स्वर ओकल्थ्यो । एउटाले गाउँथ्यो र अरुहरुले सुन्दथ्यौँ । यो विरही आवाजको गुञ्ज माथि त उठ्थ्यो तर पिराहा छिँडीको भित्री छानोमा ठोक्किएर लल्याकलुलुक भएझैँ लाग्थ्यो, हिउँदको चिसिँदो रातमा घुरको निभ्दो ज्वालाझैं आकाशले धरतीमाथि शिशाको घोल खन्याइदिएर त्यसैमा विलिन भएझैं लाग्थ्यो । त्यसपछि अर्कोले त्यसको स्वरमा स्वर मिलाउँथ्यो अनि त्यो युगल ध्वनि गर्मीले गुम्सँदो खोरको भित्तामा टद्द । इच्छुक पूर्णाङ्क–६, २०७६ ठोक्किएर कावा खान्थ्यो । अनि फेरि अर्को स्वर त्यसको सङ्गी बन्दथ्यो र देख्दा–देख्दै सुन्दा–सुन्दै थुप्रै स्वरहरु त्यसमा मिसिन्थ्यो र बढ्दै गएर त्यो गीत एउटा बलियो तरङ्ग बनेर जेलरुपी छिँडीको बाक्ला भित्ताहरु छेड्लाझैं गरी थर्काउदै गुञ्जन्थ्यो । यसरी हामी छब्बिसैजना गाउँथ्यौँ, ठुलो–ठुलो स्वरमा । लाग्थ्यो लामो रियाज गरेका छौं हामीले । लाग्थ्यो गीतका ध्वनि र सुर त्यो छिँडीमा अटाइ नअटाई भएका छन्, अटेसमटेस भएर बाउँठिएका छन् र रुँदै विलाप गर्दै छिँडीको ढुङ्गे भित्तामा घुस्सा हानिरहेका छन् । अनि मनको भित्री तहमा उकुच पल्टेर बसेका दुःख पीडाका घाउहरुलाई पुनः बल्झाउँदै हृदयमा बास बसेको रिसलाई जागृत गराइरहेका छन् । गायकहरु बेला बेलामा खुई्यय लामो सुस्केरा काढ्थ्यौँ । कोही कोही यस्तैमा विराम लिन्थे र साथीले गाएको सुन्थे अलिबेरसम्म अनि फेरि त्यसैमा.सुर मिलाउँथे । ‘आ’…. भन्दै अर्काेले विषादपूर्ण स्वरमा शोकको अतल गहिराइमा डुबुल्की मार्दै, अझ आँखा चिम्लेर, गाउँथ्यो, मानौं ऊ सुदूरसम्म पस्रिएको लामो सडकमा फिँजिएको चम्किलो घामको ज्योतिमा नुहाउँदै ठूलो भलरुपी आवाजको नदी बनेर दौडिरहेको होस् । चुलोमा आगाको लप्का अझै पनि धिपीधिपी बलिरहेको थियो । भान्से दाबिलोले अझ पनि ताबा कोतरिरहेको, खुर्किरहेको थियो । खड्कुलाको पानी भकभक पाकिरहेको थियो । अनि छिँडीको भित्तामा आगोको ज्वालाको छाँया मुसुमुसु हाँस्दै नाचिरहेको थियो र हामी गाइरहेका थियौँ त्यस्तो गीत जसका शब्दहरु हाम्रा होइनन् हामीभित्रको उराठिलो पीडा, घामको उज्यालोबाट वञ्चित जिउँदा मान्छेका शरीरलाई करकर खाइरहेका पीडा अनि कमाराहरुको दुःख वेदनाजन्य वाणी हुन् । र, यसरी हामी छब्बीस पुरुषहरु ढुङ्गाको ठुलो घरको छिँडीमा जिन्दगीको निकै गरुङ्गो भारी, मानौ“ त्यो तीनतले घरको सम्पूर्ण.बोझ हाम्रै काँधले थामेको होवोस् । बोकेर वा त्यसले थिचिएर बाँचिरहेका थियौँ । हाम्रो गीत बाहेक हामीसँग मन बहलाउनका लागि त्यस घरमा अरु थोक पनि थियो जसप्रति हाम्रो प्रेम थियो, जसले हामीलाई घामको तातो दिएजस्तो लाग्थ्यो । त्यही घरको पहिलो तलामा लुगामा सुनौलो फुलबुट्टा कढाइ गर्ने कारखाना थियो । त्यहाँ काम गर्ने युवतीहरुमध्ये एउटी थिई षोडसी तान्या, त्यही घरकी घरायसी कामदार नोकर्नी । हरेक बिहानी नीला प्रमुदित नयन जडिएको गुलाफी अनुहारयुक्त एउटी रमणी हाम्रो मूलढोकाको सानो पूर्णाङ्क–६, २०७६ इच्छुक । टघ खटप्वालबाट चियाउँदै मीठो वाणीमा हाँसी हाँसी माग्दथी, “ए छिँडिले हो ! बिस्कुट देऊ त !” कोइलीको जस्तो त्यो मिठो बोली सुन्नासाथ हामी सबै प्रसन्नचित्त र पुलकित मनले त्यो षोडशीतिर हेथ्र्याै । झ्यालको पल्लोपट्टिको शिशामा उसको छायाँ टाँस्सिएर लाम्चिएको उसको नाक अनि लिपिस्टक लाएको ओठहरुको मुस्कानका बीचबाट चियाइरहेको टलक्क टल्किने सेता दन्तलहर हेरिरहुँ जस्तो लाग्थ्यो । उसका लागि ढोका खोलिदिन हामी उछिनपाछिन गर्दै त्यतातिर फाल हाल्थ्यौँ । ऊ सङ्घारमा उभिइरहेकी हुन्थी–उल्लसित चित्तले, धपक्क बलेको अनुहारमा हाँसो सजाउँदै एप्रोनको पोल्टा थापेर । काँधतिरबाट झरेको लामो खैरो चुल्ठो छातीमा झुण्डिएको हुन्थ्यो । ढोकाको सङ्घार हाम्रो भुइँभन्दा चार खुड्किला माथि थियो । त्यसैले हामीले उसलाई टाउको मास्तिर फर्काएर हेर्नुपथ्र्याे । मैदापिठोको धुलो ध्वाँसोले लतपत भएका कुरुप.फुस्रा र रुखा हामी उसलाई हे¥याहे¥यै गर्दै सदाकोझैं रटिरटाऊ अभिवादनका खास शब्द बोल्ने गथ्र्याै–‘शुभ बिहानी ।’ यसरी उसलाई अभिवादन गर्दा हाम्रो वाणी अपेक्षाकृत सुमधुर र ठट्यौलो हुन्थ्यो । त्यसबेला हामी उसका लागि जे गथ्र्यौ त्यो विशिष्ट हुन्थ्यो । भान्सेले अगेनोबाट गज्जबको ठुलो–मोटो भुक्क फुलेको बिस्कुट निकाल्थ्यो र उसको पोल्टामा हालिदिन्थ्यो ।
“होस गरेऊ, मालिकले देख्ला नि !” हामी उसलाई चेताउँथ्यौँ । ऊ छट्टु मुस्कान छर्दै फुरुङ्ग पर्दै ‘बाइ’ भन्दै चञ्चले मुसोझैं छिनैमा खुरुर्र बेपत्ता भइहाल्थी । अँ यस्तै हुन्थ्यो । अनि ऊ गएको धेरै बेरपछि हामी उसको कुरा गथ्यौँ । उही हिजो अस्तिको झैँ, त्यही बासी कुरा किनकि हामी र ऊ अनि हामी वरिपरिको चिजवस्तु सब त्यही थिए । बासी पुराना कुराहरु । कत्ति दुःखदायी र सकसपूर्ण कुरो हो यो । दिन फेरिनु तर वरिपरिको चिज नफेरिनु, अवस्था नफेरिनु ! यस्तो हुनुले मानिसको आत्मा मर्दछ, यदि मरेन भने उसका लागि आउँदा दिनहरु झन–झन कष्टकर हुँदैजान्छ । आईमाईको कुरो गर्दा सँधैजसो हामी यस्तो तल्लोस्तरको फोहोरी कुरो गथ्र्यौ कि कहिलेकाहीँ त हामी आफैलाई नै शरम लाग्थ्यो, पछुतो हुन्थ्यो । हुन त यो त्यस्तो अन्यथा पनि होवोइन किनभने हामी जजसका बारेमा कुरा गथ्र्याैं तिनीहरु त्यस्तै नै थिए । तर तान्याका बारेमा हामीले कहिल्यै पनि त्यस्तो अश्लील कुरो गरेनौँ, हामी कसैले पनि उसलाई छुनेधरि हिम्मत गरेनौं, न त उसले कहिल्यै सस्तो ठट्टा हामीबाट टद्ध । इच्छुक पूर्णाङ्क–६, २०७६ सुनी । हुन त ऊ कहिल्यै हामीसँग धेरैबेर बसेकै थिइन पनि ! आकाशबाट खसेको तारा झैँ ऊ मिलिक्क देखापर्दथी र निमेषमै हिँडिहाल्थी । वा, हुन सक्छ ऊ सानी र सुन्दरी थिई र सुन्दरताको सम्मान त जसले पनि गर्दछ नै, निम्नकोटीका मानिसले पनि । झन् त्यसमाथि चर्काे बुहार्तनले गर्दा हामी कोलको गोरुझैँ लाटो र एकहोरो भइसकेका थियौँ र पनि हामी त मान्छे नै थियौँ र अन्य मान्छे झैं हामी पनि कुनै वस्तुको पूजा आराधना नगरी कसरी बस्न सक्थ्यौँ र ! हाम्रा लागि तान्या जति राम्री कोही थिएन पनि र त्यस घरमा त्यतिका मानिसहरु हुँदाहुँदै पनि छिँडीमा बस्ने हामीबारे कसैले चासो राखेका पनि थिएनन् । त्यसैले पनि तान्यालाई हामीले आफ्नो मान्छे मानेका थियौ“ किनकि उसले हाम्रो प्रेज्जेलमा पनि मन लोभ्याएकी थिई । उसलाई तात्–तातो प्रेज्जेल दिनु हामीले हाम्रो कर्तव्य ठानेका थियौ“ र यो काम आराध्य प्रतिमालाई भाकल चढाउने भक्तको नित्य कर्म झै हाम्रा लागि पवित्र संस्कार बन्न पुगेको थियो । यसैले पनि ऊ दिन प्रतिदिन हामीसँग नजिकिंदै पनि थिई । प्रेज्जेल बाहेक हामी उसलाई राम्रा सल्लाह पनि दिन्थ्यौ“– जस्तो कि न्यानो लुगा लगाउने गर, भ¥याङमा हतार गरेर छिटछिटो नहिँड अल्झेर लडिएला, काठ दाउराको गह«ौ“ भारी नबोक आदि । हाम्रो सल्लाहसुझाव ऊ सुन्न त सुन्दथी अनि हाँसिदिन्थी तर त्यसको पालना उसले कहिल्यै गरिन र पनि हामीले कहिल्यै नजाती मानेनौं । त्यति सहानुभूति सदासयता देखाउँदा हामीलाई सन्तोष नै मिल्दथ्यो.। प्रायशः ऊ हामीबाट थरिथरिका काम गराई माग्थी । जस्तो कि दाउरा चिराइमाग्ने वा छिँडी कोठाको कडा वा साह«ो झ्याल खोलाई माग्ने आदि र हामी खुसी खुसी ती र उसले भनेको अन्य काम पनि गरिदिन्थ्यौ“ तर ऊ भने हाम्रो काम गर्न मान्दिनथी ऊ । एकदिन हाम्रो एउटा साथीले उसको एउटैमात्र कमिजको चुँडिएको टाँक हालिदेऊ न भन्दा उसले नाक बङ्ग्याउदै तिरस्कार पूर्ण स्वरमा भनी “ओहो… हेरन भनेको..! त्यै काम छ मेरो अब !” उसको जवाफ सुनेर हामी मज्जाले हाँस्यौ“ र त्यसपछि उसलाई कहिल्यै यसो उसो गरिदेऊ भनी भनेनौं । हामी उसलाई माया गथ्यौर्“ । र भनिन्छ नि, मानिसले कसैउपर आÇनो एकहोरो माया लुकिचोरी भएपनि पोख्दछ, भलै उसले तिरस्कारै गरोस्, तर पनि कस्तै विपद सहेर पनि ऊ त्यसलाई माया गरिरहन्छ । तान्याउपर हाम्रो मायाप्रेम पूर्णाङ्क–६, २०७६ इच्छुक । टछ त्यस्तै नै थियो, किनभने माया गर्नका लागि हामीसँग ऊबाहेक अरु त्यस्तो सत्पात्र थिएनन् पनि । बेलाबेलामा हामीमध्ये कोही भन्थ्यो पनि, “यो केटी उपर यस्तो चासो किन ? उसमा आखिर त्यस्तो के छ ेष्ठ ठान्दथे र अलगथलग रहन्थे । तिनीहरु आÇनो कामलाई हाम्रोभन्दा उपल्लो स्तरको र सुग्घर काम ठान्दथे । तिनीहरु हाम्रो कारखानामा कहिल्यै छिर्दैनथे पनि । बाहिर अाँगनतिर देख्दाओर्दा पनि हामीलाई हेप्ने, खिसीटिउरी गर्ने गर्दथे । हामी पनि तिनका कारखानामा छिर्दैनथ्यौँ । साहुले हामीलाई त्यहाँ जान मनाही नै गरेका थिए । त्यहाँको बन चोर्छौँ कि भनी ठान्दथे उनी । हामी पनि बन बनाउनेहरुलाई हेला गर्दथ्यौँ । तिनको आहारिस गथ्र्यौँ । तिनीहरुको तलब हाम्रोभन्दा राम्रो थियो र काम पनि हाम्रोभन्दा सजिलो थियो । तिनीहरुलाई खानाखुराक पनि राम्रो थियो । कारखाना पनि फराकिलो, हावादार र स्वस्थकर थियो अनि तिनीहरु सुकिलामुकिला र स्वस्थ देखिन्थे, त्यसैले पनि ती हाम्रालागि निन्द्य थिए । तर हामीभने पहे“ला–फुस्रा–कमलपित्ते जस्ता थियौँ । तिनजनालाई सिफलिसले, केहीलाई लुतोले र एकजनालाई बाथले माया गरेर लङ्गडो पारिदिएको थियो । आईतबार र अन्य बिदाका दिनमा तिनीहरु सुट–टाई र चँुईकिने बुट–जुत्तामा सिँगारिएर, अझ दुईजनाले त एकोर्डीएन (वाद्यवादन) पनि भिर्ने गर्दथे; उद्यानतिर टहल्न निस्कन्थे तर हामी भने झुत्रा–झुम्रा लुगा र झुत्रे चट्टी–चप्पल लाएका हुन्थ्यौ“ । टट । इच्छुक पूर्णाङ्क–६, २०७६ पुलिसले त पार्कमा हामीलाई ढिम्किन पनि दिदैनथ्यो । अनि त तिनीहरुलाई हामी किन मन पराँउथ्र्यौ ? एकदिन हामीले सुन्यँौ कि तीमध्येको मुख्य भान्से टिल्ल पिएर मातेकोले मालिकले उसलाई कामवाट निकालिदिएछ र त्यसको ठाँउमा अर्को मिस्त्री राखेछ । नयाँ मिस्त्री पूर्व सैनिक हो रे । साटनको इस्टकोट अनि नाडीमा सुनौलौ चेन भएको घडि लगाएको उसलाई हेर्न हामी खुलदुल भयाँै र उसलाई देखिन्छ कि भनेर हामी पालैपालो फुत्तफुत्त बाहिर निस्कने गर्न लाग्यौ“, तर एकदिन ऊ आफँै हाम्रो छिडीँमा आयो । लात्तीले हानेर ढोका खोल्दै सङ्घारमा यसो भन्दै देखियो, “ए…केटा हो, के छ हालखवर ? किन हत्ते हालेका होलान् ? पूर्णाङ्क–६, २०७६ इच्छुक । टढ मैले आँखा सन्काउनु मात्र पर्छ, हाम्फाल्दै आइपुग्छन् । काम तमाम् !” उसले आफ्नो रौंदार सेता हात माथि उठायो र तिघ्रामा प्याट्ट बजा¥यो । अनि प्रसन्न चित्तले दङ्ग परेर हामीतिर हेरिरह्यो मानौं आइमाईहरु ऊसँग रत्तिएकोमा हाम्रो भावना बुझ्न हाम्रो मन पढिरहेको होस् । उसका पोटिला राता गाला खुशीले तन्केका थिए र ऊ जिब्रोले घरिघरि आफ्नो ओठ चाटिरहेको थियो । हाम्रो नाइकेले रिसले दाबिलो चुल्होमा ठोकायो अनि छेड हान्दै भन्यो, “झिनामसिना गोब्रेसल्ला लुटपुट्याउनु के को पुरुषार्थ, ठुलो सल्लालाई पट्याउन सक तब न !” “ए.. केरे ? मलाई भन्या तिम्ले ? छैन, कोही छैन त्यस्तो ! तिमी चाहिँ मलाई त्यसो भन्ने ! मेराविरुद्ध तिनलाई उराल्ने ।” ऊ त साँच्चिकै झगडा गर्न तम्स्यो । साँच्चै भन्ने हो उसको लागि गौरवको कुरो भनेकै आइमाईहरुलाई पट्याउनु नै थियो । यो बाहेक उसमा गर्व गर्न लायक मानवीय गुण विशेषता केही थिएन पनि । कतिपय मानिसहरुमा तल्लो किसिमको सोच हुन्छ र त्यही सोचलाई तिनले आफ्नो जीवनको आदर्श ठानेका हुन्छन् र त्यसैलाई आलम्ब बनाएर ती बाँचेका हुन्छन् । उनीहरु आफ्ना वरिपरिका मान्छेहरुबाट पनि त्यस्तै कुरो अपेक्षा गर्दछन् । उनीहरुको जीवनको ध्येय– ध्याउन्न त्यतिमात्र हुन्छ । तीबाट त्यस्तो तत्व झिकिदिने हो भने, त्यस्तो बिमारीको औषधी गरिदिने हो भने तिनको अवस्था दयनीय बन्न जान्छ, जीवनको सार नै गुमाए जस्तो ठान्न थाल्दछन् ती र गुदी नभएको खोक्रो फकटामा रुपान्तरित भए जस्तो ठान्दछन्, सारनै रित्तिएको शून्यशून्य जस्तो लाग्न थाल्दछ जीवन । कहिलेकाँही त मानिसको जीवन यति दयनीय र निरास बन्न जान्छ कि त्यो निरासा हटाउन ऊ दुष्कर्मतिर प्रेरित भइदिन्छ । सैनिकले उत्तेजित हुँदै भन्यो “तिमीले भन्नै पर्छ–को हो त्यो ? त्यल्लाई त चुटकी बजाको भरमा..।” “हेरौंला हामी पनि !” “तिमर्ले हेर्ने ! हा … हा.. ।” “त्यसले तिमीलाई लोप्पा ख्वाइदिन्छे ।” “महिना दिन नि लाग्दैन त्यसलाई त ।” “तिमी खुब अभिमानी छौ, सिपाही । हेरौंला !” “दुई सातामा हेर न ! कल्लाई भन्यौ रे ? तान्या ? शुवा”
अनुवादकः इश्माली
साभारः वर्ष ः ६, पूर्णाङ्क ः ६, संयुक्ताङ्क (२०७५ माघ – २०७६ माघ)
इच्छुक सांस्कृतिक प्रतिष्ठान