अखिल नेपाल आदिवासी जनजाति महासंघले २६औ विश्व अदिवासी दिवस मनायो

महसंघद्वारा प्रकाशित जनजाति मुक्ती आवाज को बिमोचन गरियो

प्रकाशित मिति : २०७७ श्रावण २६

   
श्रावण २५ २०७७ काठमान्डौँ,
कोरोना कहरको बाबजुद पनि अखिल नेपाल अदिवासी जनजाति महसंघले २६औ विश्व अदिवासी दिवस हिजो साउन २५ गते ललितपुर स्थित प्रतिभा समाजको सभाहलमा बिशेष कार्यक्रमसहित जनजाति अधिकारमुखी आन्दोलनको रुपमा मनायो । अखिल नेपाल अदिवासी जनजाति महसंघका अध्यक्ष प्रा डा ओम गुरुङको अध्यक्षता, उपाध्यक्ष पवनमान श्रेष्ठको स्वागत मन्तब्य र सचिव फुर्नामगेल मोक्तानको सन्चालनमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि देश्भक्त जनगतान्त्रिक मोर्चाका अध्यक्ष सि पि गजुरेल र बिशेष अतिथिहरुमा मोर्चाका महासचिव परी थापा र जातीय बिभागका प्रमुख रामसिंह श्रीस हुनु हुन्थ्यो ।

शुभकामना मन्तब्यको क्रममा प्रमुख अतिथि र बिशेष अतिथि तिनै जनाले नेपालमा राजनीतिक ब्यवस्था फेरिएपनि राज्यसत्ता नफेरिएकोले यस्तो राज्यसत्ताबाट उत्पीडित जाति र बर्गले आफ्नो पहिचान स्थापित हुन्छ र हक अधिकार सुनिश्चित हुन्छ भनी आशा गर्नु ब्यर्थ छ । त्यसैले जनजातिहरुले आफ्नो पहिचान स्थापित गर्न र हक अधिकार सुनिश्चित गर्न आफुजस्तै उत्पिडनमा परेका अन्य बर्ग समुदायसँग मिलेर झन ठुलो संघर्ष गर्नु पर्ने दिन आएको छ भन्नु भयो ।

सोही अवशरमा प्रमुख अतिथी देजमोका अध्यक्ष सी पी गजुरेल र महासंघका अध्यक्ष प्रा डा ओम गुरुङले संयुक्त रुपमा अखिल नेपाल अदिवासी जनजाति महसंघद्वारा प्रकाशित जनजाति मुक्ती आवाज को बिमोचन गर्नु भयो । कार्यक्रमको अन्तमा अध्यक्ष डा गुरुङ्ले अहिलेको राज्यससत्ता जनजातिप्रति झनै अक्रामक र असहिश्णु भएकोले जनजातिका बिगतका आन्दोलनबाट प्राप्त हक अधिकार र सेवा सुबिधा पनि खोसिदै छन । बिकासको नाममा र शक्तिको दम्भमा अहिलेको सरकारले जनजातिका बासस्थान भत्काउने र उनीहरुलाई बिचल्लिमा पार्ने, उनिहरुको सास्कृतिक र ऐतिहासिक सम्पदा ध्वस्त पार्ने, उनीहरुको कृषि योग्य जमिन जबर्जस्ती अधिकरण गरेर उनीहरुलाई आफ्नै पुर्खौली भुमिबाट बिस्थापन गर्न खोज्ने जस्ता गैरजिम्मेवार हर्कत गरिराखेको छ । राज्यको यस्तो कार्यलाई अदिवासी जनजातिको बिल्ला लगाउने केही स्वार्थी जनजाति अगुवा भनाउदाहरुले पनि साथ दिने गरेका छन । यसबाट जनजाति आन्दोलनलाई घात भएको छ । त्यसैले जनजाति आन्दोलन राज्यका बिरुद्ध मात्र नभएर त्यस्ता दलाल र स्वार्थी जनजाति अगुवाहरुप्रति पनि लक्षित हुनु पर्दछ दुबै भन्दै कार्यक्रममा उपस्थित प्रमुख अतिथि, बिशेष अतिथिहरु लगायत सबै सहभागीहरुलाई धन्यवाद दिनु भयो र कार्यक्रमको सभा बिसर्जन गर्नु भयो ।