
पेट्भरी हलाहल बिष र
जिब्रोमा अमृत बोकेर
कूटनीति तबरले भित्रिन खोजिरहेको छ
ब्वाँसो रुपि अमेरिकी साम्राज्यवाद
एमसीसीको नाम बोकेर
देशका अन्धभक्त विज्ञ र भ्रष्ट बहिराहरुले
नेपाली माटो रणभुमिको मसानघाट र
जनतालाई मुर्दा बनाएर
यता बोलाइरहेको छ
बिदेशी दुश्मनी मलामी
एमसीसीको प्लेकार्ड
छातिमा टास्न लगाएर,
ए ! डलरमा बिकेका
डलरका पुजारी हरु हो !
खबरदार पास गरिएला
देश र जनताको घातक ःएमसीसी प्रकरण !!
यदि
प्राकृतिक सम्पदाले शृङ्गारिएर
सुन्दर बनि उभिएको
स्वतन्त्र सार्वभौम शान्त देशलाई
डलरमा धरौटी राखी
बिदेशी शक्तिको हस्तक्षेपलाई
स्थान दिने हो भने
नेपालको सैन्यशक्तिलाई
कम्जोर बनाउदै
कर्मठ नेपालीहरुको
श्रम र सिप माथि आगो
लागाउँनु हो,
त्यति मात्र कहाँ होर हजुर !
एमसीसी लागु गर्नु भनेको
आफ्नै ढुकुटी भित्र
मुसो रुपि कालो गोमन सापलाई
दुध पिलाएर पाल्नु हो ,
अनि एमसीसी भनेको यो पनि होकि !
बिरालो रुपको बाघको डम्बरु
चुलोमा ल्याएर नचाउँनु हो ,
खबरदार देशलाई पिण्ड बनाउँनेहरु हो !
बिस्तारबाद र साम्राज्यवादले
नेपाली छाती चिथोरेर
अंग अंग लुछेको
अब हेर्ने छैनन जनताले मुखदर्शक बनेर
अनिर बस्ने छैनन
परचक्री साशकहरुको गुलाम बनेर,
होसियार कुलङ्गारहरु हो ,
कालापानी र लिम्पियाधुरा जस्ता
सिमा जोगाउन
गोलि निलेर रगत छाद्न
अहोरात तत्पर छन ,
आगोको फिलुङ्गो खेल्ने जवानहरु ,
यता एमसीसीको जंगली भुत बाट
देश बचाउन
जीवनको कुनै प्रवाह नगरी
एउटै चिहानमा एकै साथ
मर्न पनि तयार छन नेपाली जनताहरु ,
ए ! सुनत एता
देश नङ्ग्याउने अनि
मेची र महाकालीका धार बङ्ग्याउनेहरु हो !
एमसीसी पास गरि लागु गर्नु भनेको
नेपाली सम्पदाको साँचो बोक्ने
बिदेशी शक्तिको सिंह जन्माउनु हो ,
यद्यपि , खबरदार
जनताको आव्हान ।
२०७७ श्रावण ३ गते
भोजपुर अरुण –५






























