कुसुम खोलामा जे देखीयो त्यही लेखियो

घननाथ सापकोटा

प्रकाशित मिति : २०७७ श्रावण २४

२०७७ साल श्रावण ३ गते ३ बजेको समयमा माडी नगरपालिका वडा नं.९ कुसुमखोला अन्तर्गत धुपखोलामा रहेको सुकुमबासी बस्तीमा निकुञ्ज प्रशासनले आगो लगाउने काम गर्यो । सात वटा हात्ती र २५ जना सेनाहरु गएर दिपबहादुर चेपाङ्ग र काजीमान चेपाङ्गको घरमा आगो लगाइयो र थप पाँच सात वटा घरमा हात्ती लगाएर भत्काउने काम गरियो । किसानले खान लगाएको मकैवाली नष्ट गराइयो । यतिसम्म की पिडितको भनाइअनुसार हात्तीहरु मकै खाएर अघाइसकेपछि थप नोक्सान गर्न मानेनन भन्ने कुरा जानकारीमा आयो । काजीमान चेपाङ्गको घरमा छोरा विदेश पठाउन ज्याला मजदुरी गरेर राखेको रु.१०,०००।– रुपैँया र नागरिकता पनि जलेको कुरा पिडितकी श्रीमती लालीमाया चेपाङ्ग र बुहारी कविता चेपाङ्गले हामीलाई जानकारी गराए । ठाँउ भरतपुरबाट लगभग ५५ कि. मि. दक्षिणमा पर्दछ । यस ठाँउमा उनीहरु २०५२ सालदेखी वसोवास गर्दै आएका हन् । ।यो कुरा पनि सत्य हो यो ठाँउ वनक्षेत्र अन्तर्गत पर्दछ । यस ठाँउमा लगभग १६५ घरधुरीको वसोवास रहेको थियो । १५५ घरधुरी २०७६ सालमा माडी नगरपालिकाले त्यहाँबाट बाहिर निकाली सकेको थियो । हाल त्यस ठाँउमा जम्मा १० घर परिवार रहेका थिए । तिनिहरुलाई पनि बाहिर निकाल्न खोज्दा लकडाउनका कारणले रोकिएको विषयपनि सत्य हो । लकडाउन खल््ने बित्तिकै ति दश घर परिवारलाई बाहिर निकाल्ने योजना रहेको थियो । सुकुमबासी वस्तीमा आगो लगाउने र वाली नष्ट गर्ने काम श्रावण ३ गते गरियो । श्रावण ४ गते नेकपा(क्रान्तिकारी माओवादी) बाग्मती प्रदेश सेक्रेटरी क.शुरेसले घटनाको विषयलाई लिएर विज्ञप्ती निकाल्ने काम भयो । चितवन जिल्ला पार्र्टीले ५ गते बिज्ञप्ती प्रकाशित गरेर उक्त जनतामारा घटनाको पर्दाफास गर्र्यो । श्रावण ६ गते अखिल नेपाल कान्तिकारी सुकुमवासी संघ चितवन र नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनको संयुक्त आयोजनामा भरतपुरको चौबिसकोठीमा विशाल विरोध सभा सम्पन्न गरियो । अखिल नेपाल कान्तिकारी सुकुमवासी संघको तर्फबाट केन्द्रिय अध्यक्ष नरबहादुर गौतम र नेकपा(क्रान्तिकारी माओवादी) को तर्फबाट जिल्ला सेक्रेटरी क.अशोक नेपाल वसोवास वस्ती संरक्षण समाजको तर्फबाट मनिराम तमाङ्ग र छविलाल देवकोटाले घटनाबारे निन्दा भ्रत्सर्ना र आफ्ना विचारहरु राख्ने काम भयो । यसपछि लगत्तै हाम्रो ध्यान माडीतिर आकर्षित भयो । हाम्रो जिल्ला पार्र्टीले घटनाको विषयलाई लिएर माडीमा एक विरोध कार्यक्रम गर्ने र घटनास्थलसम्म पुगेर पिडितहरुलाई भेटघाट गरेर यथार्थ रिपोर्ट लिएर घटनाको सत्यतथ्य बाहिर ल्याउने हाम्रो उद्देश्य रहेको थियो । श्रावण ९ गते हामीले पिडितहरुको उपस्थीतिमा माडी वसन्तपुरमा एक विरोध कार्यक्रम सम्पन्न गर्यौ उक्त कार्यक्रम चन्द्रप्रसाद सुवेदीले सञ्चालन गर्नुभयो भने विकास र अशोक शर्माले घटनाको निन्दा र भत्सर्ना गर्दै मन्तव्य राख्ने काम भयो । त्यसपछि हामी बर्षातको समय खोलानाला तर्दै पानीले भिज्दै क.प्रेम आचार्य,अशोक र यो लेखको लेखक घटनास्थल पिडितसमक्ष गएर घटनाको सत्यतथ्य बुझ्ने काम गर्यौ । पिडितहरुको मन घरमा आगो लगाएको र मुखमा आएको वालीनाली नष्ट हुँदाको पिडासहन नसकेर बलीन्धारा आँशु खसालेर रोए । उनीहरु त्रासदीपूर्ण अबस्थामा देखिन्थे । यो अवस्थामा देख्दा हाम्रो मन पनि अमिलो भएर आयो । हामीभन्दा अगाडी केहि पत्रकार पुगेको कुरा जानकारीमा आयो । अरु राजनैतिक पार्र्टी र संघ सङ्गठनहरुले गाडी पुग्ने ठाँउ बगइ बसपार्कमा उनीहरुलाई बोलाएर राहत प्रदान गरेको पनि देखियो । श्रावण ९ गते बागमती प्रदेशका मुख्यमन्त्रीका राजनैतिक सल्लाहकारहरुले पनि सबै सुकुमवासीहरुलाई बगईमा बोलाएर एक वर्ष भित्रमा सुकुमवासीहरुलाई व्यवस्थापन गरिसक्ने सस्तो आश्वाशन बाँडेको पनि देखियो ।
(क) चेपाङ्ग आदीवासीमाथी सरकारी दमन
सरकार दमनमा उत्रेर यस्तो जघन्य अपराधपूर्ण काम गरेकोछ, खास गरेर चितवनको मैदानी भागको भूमिपुत्र थारु आदिवासी हो । पहाडको चेपाङ्ग आदिवासी हो । यिनै आदिवासीहरुले निर्माण गरेको चितवनमा झण्डै ७६– ७७ जिल्लाका जनसमुदायहरु ओत लागेका छौँ । चितवनको उत्पादनले सत्तामा बस्नेहरु पालिएका छन । तर आज त्यहि चेपाङ्ग आदीवासीमाथी राज्य अनुदार बन्दै चेपाङ्ग जातीलाई मार्ने र उनीहरुलाई उठीवास गराइरहेको छ । माडिमा चेपाङ्ग वस्तीमा आगो लगाएको घाउमा खाटो बस्न नपाउँदै चितवनको राप्ती नगरपालिका वाड नं. २ का राजकुमार चेपाङ्गलाई चितवन राष्ट्रिय निकुञ्जको सेनाले श्रावण ८ गते कुटी कुटी मारेको समाचार बाहिर आयो । यो घटनाले अलिकति पनि मानविय भावना भएको व्यक्तिहरुको मन छियाछिया भएको छ । आज एक चेलीको सिन्दुर पुञ्छने र बच्चाहरुलाई टुहुरा बनाउने काम यो सरकारले गर्यो ।
(ख) वनमन्त्रीको अभिव्यक्ती
आँफुलाई डवलकम्युनिष्ट पार्टीले दुइतिहाईको सरकारको गुड्डी हाँकीरहेको छ तर गरिब सुकुम्वासी आदिवासी चेपाङ्गको घरमा आगो लगाउँदै हिड्छ । वनमन्त्री शक्तिबहादुर बस्नेतलाई यो स्तम्भकारले चितवनका पहाडी भूभागमा जन युद्धकालमा चेपाङ्गहरुका घरमा सेल्टर खोजेर राखेको अहिल्यै जस्तो लाग्छ । तनहुँ, स्याङजा, पाल्पामा मगरहरुका घरले उनलाई बचाएको हो । आज उनी वनमन्त्री भए, राजधानीमा घर बन्यो होला ? विभिन्न जिल्लाका सदरमुकाममा घर बने होलान ? चेपाङ्गका बालबच्चा ओत लाग्ने ठाँउलाई बाँदर कुर्ने कटेरो देखे उनले । ए कृत्घङ्गन वनमन्त्री तिम्रा लागी ति कटरै हुन सक्छन तर गरिबका लागी ति महल हुन । आफ्नो घर तिमिलाई कति प्यारो हुन्छ ? चेपाङ्गका लागी ति कटेरा त्यतिकै प्यारो हुन्छ । यसकारण बर्षमास चराले पनि आफ्नो गुँड बनाउँछ भन्ने वेलामा गरिबका घरमा आगो लगाउँदै हिड्ने, तिमिलाई अलिकति पनि लाज छ ? तिमिमा थोरै पनि नैतिकता छ भने नैतिकताको आधारमा राजिनामा दिएर जनतासमक्ष माफी माग तर तिमिले यो काम गर्दैनौ मलाई थाहा छ । जनयुद्धकालमा पनि तिमि चुकेकै हौ । यो राज्यसत्तामा तिमि जस्ता मान्छे नै फिट खान्छौँ ।
(ग) कुशुमखोलामा सुकुम्वासीको अवस्था र समाधान
ताप्केको माछो फुत्केर भुङ्गरोमा भनेजस्तो माडी नगरपालिकाको सुकुम्वासीहरुलाई कुशुमखोलाको जङगलबाट निकालेर कृष्णनगरको राईडाँडा र देवेन्द्रपुरको परुइखोलामा राख्ने काम भएको छ । ती दुवै क्षेत्र वनअन्तर्गत नै पर्दछन्। त्यहाँ पनि फेरि जनतालाई आवश्यक पर्ने भौतिक संरचना निर्माण गर्दा वनले आफ्नो क्षेत्राधिकार प्रयोग गर्दछ । जग्गाघनि पुर्जा प्राप्त गर्न गाह्रो पर्दछ । यता सुकुम्बासीको हित खोज्दा वनको अहित देखिने, वनको हित खोज्दा सुकुमवासीको अहित देखिने । दुवै सरकारको दायित्वभित्र पर्ने निकाय हुन्।सरकारले जनताको गास वासको ग्यारेन्टी गर्नु पर्र्यो । वन पनि हामी सबै मिलेर जोगाउन पर्र्यो । स्थानान्तरण गरिएका चेपाङ्ग, सुकुम्बासीलाई जसोतसो नगरपालिकाले घर त बनाइदेला, खानेकुरा के हो ? हालसम्म त विभिन्न संघ सङगठनहरुले सहयोग दिएर खाएका छन , सधैभरि त यसरी चल्दैन । सधै मागेर र दिएर जनता पालिन पर्दा राज्यको लागी लाजमर्र्दो कुरा पनि हो । त्यही पनि परुइखोलाको वस्ती लगभग ४० घर अति असुरक्षित छन ,खोलाको डिलमै छन । हामी लालपुर्जा भएको सुरक्षित ठाँउमा वस्ने चेपाङ्गहरुलाई विना लालपुर्जा वनक्षेत्र,खोलाको डिलमा राख्नु कतिको न्यायसङ्गत हुन्छ ? यसकारण माडीको सुकुम्वासीको गाँस वाँसको दायित्व संघिय सरकारले लिनु जरुरी हुन्छ र स्थानिय निकायले पनि केन्द्रिय सरकारलाई घच्घच्चाउनु पर्दछ । किनभने स्थानिय निकायले त्यति धेरै सङख्याको सुकुम्वासीलाई गाँस, वाँस, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा मिलाउन सक्दैन, गर्छु भनेर हिरो बन्न खोजेर मात्र हुँदैन । अस्थायी रुपमा नगरपालिकाले केही जग्गा खरीद गरेर घडेरी मिलाइदिएको भए हुन्थ्यो । होइन चेपाङ्गहरु ऐलनी प्रति खोलाखस्तीमा नै बस्नु पर्दछ भन्ने हो भने पनि नगरपालिका भरीको प्रति ऐलनी खोजेर तुलनात्मक रुपमा सुरक्षीत ठाउँ खोजेर राख्नु पर्दछ । टाठा बाठाहरुले आँफु शक्तिमा भएको बेलामा खोला खस्ती प्रति दर्तागर्ने अर्काको छेउमा राखेर स्थानिय जनता र सुकुम्वासीको बिचमा अन्तर्विरोध पैदा गराउन भएन यसकारण भूमिव्यवस्था आयोग सरकारले आफ्ना मान्छे भर्ति गरेर राज्यको ढुकुटी सक्ने काम नगरियोस । राष्ट्रपति, प्रधानमन्त्री देखी माडी कुशुमखोलाम उठिवास गराईएका सुकुम्वासी र चितवन राप्ती न.पा. वडा नं. २ का सेनाद्वारा कुटीकुटी गरी मारिएका राजकुमार चेपाङ्ग सम्मको सम्पत्ती छानविन गरियोस । त्यसपछी सुकुम्वासी समस्या हल गर्न गाह्रो पर्दैन । अन्तमा माडी लगायत देशभरका सुकुम्वासी समस्या तुरुन्त हल गरीयोस र चितवन राप्ती न.पा. वडा नं. २ का सेनाको कुटाईबाट मारीएका राजकुमार चेपाङ्गको हत्यारालाई कडा कार्वाही गरियोस र मृतकको परिवारलाई क्षतिपुर्र्तीको व्यवस्था गरीयोस । साथै चेपाङ्गहरुमाथि राज्यको तर्फबाट राज्य आतङ्क दमन र हत्या गर्ने काम बन्द गरियोस ।
२०७७÷०४÷१६