कोरोनाको असर क्रान्तिको अवसर

गोरे

प्रकाशित मिति : २०७७ श्रावण २०

संसारमा मुख्य दुई किसिमले परिवर्तन भएको देखिन्छ । पहिलो प्राकृतिक, दोस्रो मानवीय । मानवीय प्रवृत्ति नै हो परिवर्तन चाहने । एउटा सत्य के हो भने समय अनुसार सबै कुरा परिवर्तन भैरहन्छन् । भनाई नै छ, “एक युगमा एक दिन आउंछ, अनि एउटा कालखण्डमा परिवर्तनकारी लहर” । त्यतिबेला जनता आफै क्रान्तिको ज्वाला बनेर निस्कन्छन् । आंधीबेहरीसरी उर्लेको भेल न त कुनै सत्ताको शक्तिले रोक्न सक्छ न त सैनिकको गोलाबारुदले रोक्न सक्छ । कुनै पनि तागतले रोक्न नसकेको क्रान्तिको भेल जनताले चाहेको परिवर्तन नआएसम्म रोकिदैन । जनताको क्रान्तिले देशमा राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक परिवर्तन ल्याउंछ । यस्तो क्रान्ति त्यति बेला भएको इतिहांस छ, जति बेला देशको शासनसत्तामा तानाशाह, भ्रष्टाचार, वेरोजगार, असमानता, विभिन्न वेथितिका चांग लाग्न थाल्छन् । यस्तो संकटको घडिमा जनता चाहेर होस् या नचाहेर सडकमा निस्कन बाध्य हुन्छन् ।
अर्को परिवर्तन पृथ्वि आफैले निम्ताउनु पर्ने बाध्यता देखिन्छ । त्यो परिवर्तन मानवलाई समेत थाहा हुदैन । यो यस्तो भयानक हुन्छ कि नरसंहारको त कुरै छोडौं पृथ्विको स्वरुप नै परिवर्तन भइदिन सक्छ । यस्तो किन पनि भएको हुन सक्छ भने पृथ्विमा रहेका मानवलगायत विभिन्न प्राणीहरुले आफुलाई बांच्नको लागि प्रकृतिको संरचनाको कुनै ख्याल नगरिकन ठूलो क्षति पु(याइरहेका हुन्छन् । जसले पृथ्विलाई आफ्नो प्राकृतिक स्वरुपलाई बचाइ राख्नको लागि पनि विभिन्न पीडादायी विध्वंस मच्चाउनु पर्ने हुन्छ । यो यति भयानक हुन्छ कि भौगोलिक परिवर्तन त सामान्य कुरा भयो पृथ्विमा रहेका प्राणी समेत लोप भएका कति प्रमाणहरु छन् । पृथ्विमा समयानुकुल विभिन्न किसिमका प्राकृतिक प्रकोप देखा परेका छन् । जस्तैः बाढिपहिरो, आंधीबेहरी, भुकम्प, ज्वालामुखि, विभिन्न रोगव्याधी (हैजा, औलो, क्षयरोग, क्यान्सर, एड्स, कोरोना भाइरस (कोभिड १९) आदि आदि प्राकृतिक प्रकोप देखा पर्दछ र यसले ठूलो क्षति पु(याउंछ । यसले एकातिर सम्पूर्ण प्राणी जगतलाई विनास पु(याएको हुन्छ भने अर्कोतिर मानवीय संसारमा राजनीतिक, सामाजिक र आर्थिक जस्ता क्षेत्रमा समेत असर पु(याउने कार्य गर्दछ । मानव शरीरलाई स्वस्थ राख्न खानाको साथसाथ विभिन्न व्यायाम, कसरत, हावापानी अनुकुल कपडा प्रयोग गर्दछौं त्यसरी नै पृथ्विले पनि आफुलाई स्वस्थ राख्न र प्राकृतिक स्वरुपलाई बचाई राख्नको लागि बाह्य अतिक्रमणलाई रोक्नको लागि पनि यी प्राकृतिक प्रकोप घटाउनु परेको हुन सक्छ । अहिले आएको कोरोना भाइरस पनि त्यसैको एउटा रुप होला ।
पृथ्विमा आएको प्राकृतिक विपत्तिसंगै विश्वमा कुनै न कुनै क्षेत्रमा असर गर्दछ र नयां परिवर्तनको बाटो देखा पर्दछ भन्ने वैज्ञानिकहरुको विश्वास रहेको छ । यस्तो विपत्तिले ढिलोचांडो असर देखाउंछ भन्ने विश्लेषण गर्ने गरेका छन् । अहिलेको यस कोरोनाको असरले पनि कहां केमा परिवर्तन ल्याउंछ भन्ने अहिले नै अनुमान लगाउन नसकिए तापनि भविश्यमा यसले अवश्य असर देखाउनेछ भन्ने विभिन्न अड्कलवाजी लगाउन शुरु भैसकेको छ । यसैको असर स्वरुप विश्वका सबै देशहरुमा आर्थिक संकट पैदा भएको छ । विश्वका धेरैजसो क्षेत्रमा यसले ठूलो असर गरेको छ । उद्योग, पर्यटन, पेशा व्यवसाय, रोजगार, शिक्षा सम्पूर्ण क्षेत्रमा असर पु(याएको देखिन्छ । विश्वका अन्य मुलुकहरुमा यो प्राकृतिक असरबाट भएको क्षतिलाई पुर्ति गर्नको लागि विभिन्न आर्थिक प्याकेजहरु घोषणा गर्दै देशको अर्थतन्त्रलाई चलायमान बनाउन लागि परेको देखिन्छ । तर नेपालमा भने खासै त्यस्तो पहल गरेको देखिदैन । आर्थिक वर्ष २०७७÷७८ को वजेट वक्तव्यमा जनताले ठूलो आशा गरेका थिए तर त्यसले निराशा शिवाय अरु केहि आशा जगाउन सकेन । राष्ट्र वैंकको मौद्रिक नीति ल्यायो त्यो मौद्रिक नीतिले उद्योग व्यवसायीलाई मात्र समेटेको देखिन्छ । जुन मजदुर वर्ग छन् जसले दिनभरी काम गरेर खानाको जोरजाम गर्नु पर्छ, जसको रोजगार खोसिएको छ, जो आर्थिक रुपमा पिछडिएको छ, जसको गरिखाने जग्गा र घरवास छैन र सुकुम्वासीको लागि न त वजेटले समेट्न सक्यो न त आर्थिक नीतिले समेट्न सक्यो । गरिखाने वर्ग र गरीवको लागि न हिजोको सामन्त राज्यसत्ताले हे(यो न आजको लोकतान्त्रिक गणतान्त्रिक राज्यसत्ताले ।
भनिन्छ क्रान्ति चाहेर पनि सधैं हुन सक्दैन । समय, परिस्थिति र प्रगतिशिल राजनीतिक दलको सिद्धान्त, विचारसंग जनताको भावना मेल खायो भने क्रान्ति सम्भव हुने हो । नेपालमा अहिले क्रान्तिको लागि उपयुक्त वातावरण देखिन्छ । संसदीय राजनीतिक दलहरुले चाहे जस्तो लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पनि १५ वर्ष समय बितिसक्यो । ती राजनीतिक दलहरुले जनताको बीचमा सधैं भन्ने गरेका थिए देश विकासमा राजा बाधक छन् । त्यो राजसंस्था नहटेसम्म देशमा विकास हुन सक्दैन । उनिहरुको भनाई थियो प्रजातन्त्र मात्र आएर देशमा विकास हुन सकेन । त्यसैले नेपालबाट राजसंस्था नहटाई हुदैन भनेर जनतालाई भनिरहे । त्यसैको लागि नेपाली जनताले नमिठो दश वर्षे जनयुद्ध भोग्नु प(यो । त्यसमा पनि रुकुम, रोल्पा जस्ता ७० प्रतिशत ग्रामिण इलाकाका पिछडिएका जनजाति, दलित, उत्पिडित र तल्लो वर्गका वलिदानी रह्यो । तिनीहरुलाई आश्वासन दिइएको थियो हाम्रो राज्यसत्ता आएपछि देशमा विकास हुन्छ, सबै समान हुन्छन्, कोहि धनी, कोहि गरीव हुने छैन, छुवाछुतको अन्त्य हुनेछ आदि आदि । १७ हजार मरिनेमा पनि उनै विचरा उत्पिडित थिए । उनिहरुको राज्यसत्ता पनि आयो तर फरक केहि भएन । त्यसपछि सरकार बहुमत नभएको बहानाबाजी गर्दै केहि गर्न नसकेको कुरा बोलिरहे । दुई वटा कम्युनिष्ट मिलेर नेकपा बनेर झण्डै दुई तिहाइको मत पाएर मधेसी दलसंग मिलेर दुई तिहाइको सरकार पनि बन्यो । तर कुनै पनि परिवर्तन भएन । पहिलाको भन्दा पनि अझ नाजुक अवस्थाको विकास खर्च भयो । पुरानै रोग वर्षे विकास गर्ने चलन हट्न सकेन । पुरानै रोग, देशको ७० प्रतिशत खर्च प्रशानिकमै भैरहेको छ । त्यसमा पनि सांसद कोष, प्रधानमन्त्रि कृषि कार्यक्रम कोष र विभिन्न अनुदानका वजेटहरु कार्यकर्ता पोस्ने राम्रो बाटो बनेको छ । देशमा आएको संघियता र गाउंको सिंहदरवाररुपी स्थानीय सरकारले जनताको काम र विकास भन्दा सेवासुविधा बढाउन र कार्यकर्ता भर्तिकेन्द्र बन्ने गरेको छ । कुनै डिजाइन र पर्यावरणको ख्यालै नगरी जथाभावी डोजरमार्फत बाटो खन्ने गर्नाले गाउं नै पहिरोको जोखिममा परेको छ । गाउंमा विकास गर्दा सकभर जनतालाई रोजगार दिने र पर्यावरणलाई संरक्षण हुने गरी हुनु पर्नेमा त्यसको ख्याल नगरेको देखिन्छ । भ्रष्टाचार चरमचुलिमा पुगेको छ । बेथिति पहिलाको भन्दा अझ बढि मौलाएको छ । विचौलिया, दलाल, व्यापारी, ठेकेदार, गुण्डाको वोलवाला बढेर गएको छ । कर्मचारीमा जिम्मेवारीपन र जवाफदेहिता अझ घटेर गएको छ । जनताको काम समयमा नहुने रोग बढेर गएको छ । नियम, कानूनको पालना ठुलाबडाले हिजो पनि मान्नु पर्ने थिएन र आज पनि उस्तै छ । विचौलिया, दलाल, व्यापारी, ठेकेदार, गुण्डा अब सांसद, महानगर प्रमुख, नगर प्रमुख र वडा अध्यक्ष चयन हुने व्यवस्था कायम भएको छ । यी पदमा चुनाव जित्न करोडौं खर्चनु पर्ने भएको छ । नेपालको विकासको प्रमुख आधार कृषि, पर्यटन, विजुलि र यसैमा आधारित औधोगिक विकास हुनु पर्नेमा उल्टो त्यसलाई नोक्सान पु(याउने योजना बनाउने गरेको देखिन्छ । उर्जा मन्त्रिले विजुलि सस्तो गर्ने र इन्डक्सन चुल्होमा भन्सार छुट दिई खान पकाउन प्रोत्साहन गर्ने भनिएको थियो । त्यसैगरी इलेक्ट्रिक गाडी प्रयोगमा बढावा दिनको लागि भन्सार छुट दिने र ठाउंठाउंमा इलेक्ट्रिक चार्ज स्टेशन बनाउने भन्ने योजना बनाइरहेकोमा आर्थिक वर्ष २०७७÷७८ को वजेट वक्तव्यमा त्यसको ठीक उल्टो यी सबैमा भन्सार महशुल बढाएको देखियो । यस्तो नीतिले आयात घटाउने होइन, उल्टो आयात बढाउने देखिन्छ र व्यापार घाटा अझ बढ्ने देखिन्छ भने देशलाई परनिर्भतातिर लैजाने नीति देखिन्छ । नेपालको कृषि उत्पादनलाई हौसला हुने गरी वजारको उचित व्यवस्था हुनु पर्नेमा नेपालको कृषि उपज खाल्डोमा हाल्ने र भारतीय विषादीयुक्त तरकारी तथा फलफूल निर्वाध आयात गरेको देखिन्छ । यो भनेको नेपाली जनतालाई भारतसंग परनिर्भर बनाउने र भारतविना बांच्नै सकिदैन भन्ने भ्रम छर्न खोजेको देखिन्छ । यसले देशमा विकास होइन विनाश गराउनेतिर लैजान खोजेको देखिन्छ । यी सबै नेपाली जनतालाई स्वदेशमै स्वरोजगार बनाउने बलियो बाटाहरु थिए तर त्यहि नै सकाउन खोजेको देखिन्छ । नेपाली जनताले अन्तिम आशाको त्यान्द्रो स्वरुप कम्युनिष्ट नाम धारीका नेकपालाई देशमा विकास र समृद्धिको लागि भनेर दुई तिहाई मत दिए तर त्यसको बदलामा नेपाली जनताले पहिलाको भन्दा पनि तल्लोस्तरको सेवा सर्भिस दिएपछि अहिले चारैतिर निराशाबाहेक केहि छैन । गरीव, सुकुम्वासीको अवस्था त्यो भन्दा फरक छैन । चेलिबेटीको अस्मिता लुछिन अझ बढेर गएको छ । अनाथसरी बसेका असहाय चेपाङहरुको वस्ति भत्किरहेको छ, जलिरहेको छ । वेसाहरा, आर्थिक रुपले पिछडिएकाहरुले स्कूल जान नपाएको पीडा उस्तै छ । स्वास्थ्य उपचार नपाएर मर्नुपर्ने बाध्यता जिउंकातिउं छ । अब त यो कोरोना महामारीले वैदेशिक रोजगार पनि खोसिएको छ । लाखौं नेपाली भारतमा आश्रित थिए ती पनि विचल्लीमा परेका छन् । खेतिपाती, पशुपालन गरेर आम्दानी गर्नु पनि सरकारले समयमा मल, वीउ दिदैन । बल्लतल्ल उत्पादन गरेको बालीले पनि वजार नपाएर त्यसै बाटोमा पोख्नु पर्छ । यस्तोमा सरकारले एक थोपा आंशु चुहाउदैन । अब त नेपाली जनताको लागि संसदीय लोकतान्त्रिक गणतन्त्र घांटीको गलगाँड बनेर बसेको छ । न त निल्न सकिन्छ न त ओकल्न सकिन्छ । अब नेपाली जनताले मात्र होइन नागरिक समाज, विश्लेषक, बौद्धिक वर्गहरु सबैले यसको विकल्प खोज्न थालेका छन् । यसैको फाइदा स्वरुप अहिले राजावादीहरु, राप्रपा, नेपाली कांग्रेस लगायत केहि दलहरु हिन्दु राज्य स्थापनासंगै फेरी पुरानै राजसंस्था फर्काउन पहलमा लागेको देखिन्छ । त्यो भनेको नेपाली जनताको बीचमा सडेर गन्हाइसकेको, काम नलाग्ने भनि फ्यांकेको वस्तु फेरी काम लाग्छ भन्दै ल्याउन खोजिएको बराबर हो ।
अहिले समय फेरिएको छ । देशको ठूलो उर्जावान शक्ति विदेशमा तातो घाममा पसिना बगाउने नवजवानहरु गाउंघरमा फर्केका छन् । दुई तिहाइको सरकारबाट देशै पूरै निराशामा छ । उर्जावान बेरोजगार नवयुवाहरुको शरीरमा तातो रगत उम्लिरहेको छ । आततायी अवस्थाबाट मुक्ति खोजिरहेका छन् । एउटा शसक्त परिवर्तनकारी क्रान्तिकारी नेतृत्वमा लामबद्ध हुन तयार देखिन्छन् । हामीसंंग राजनीतिक, विचारधारात्मक, सैद्धान्तिक र क्रान्तिप्रति इमान्दार नेतृत्व हुनुहुन्छ । सायद नेपालको इतिहांसमा सच्चा, इमान्दार नेतृत्व रहेको राजनीतिक दल विरलै होला नेकपा (क्रान्तिकारी) जस्तो । अब ढिलो नगरी यो समग्र निराशालाई क्रान्तिमा बदल्न उर्दि जारी गरिनु पर्दछ र क्रान्तिको विगुल फुक्न ढिला गर्नु हुदैन । हाम्रा क्रान्तिकारी दस्ताहरु जनताको घरदैलोमा पुगेर देशको रक्षाको लागि र अग्रगामी परिवर्तनको लागि आव्हान गर्न ढिला गर्न हुदैन । यो वर्षात र चाडपर्वपश्चात यी कार्य गर्नको लागि आजैदेखि तयारी गर्नु पर्दछ । हामीले हाम्रा सिद्धान्त, विचार र परिवर्तनपछि फाइदा, घाटाको समेत जानकारी गराउन छोड्नु हुदैन । यसको लागि हामीले गर्नु पर्ने तयारी गर्न ढिला गर्न हुदैन । समय आउंछ पर्खदैन । हामीले यो क्रान्तिको तयारी गर्दै गर्दा विगतका गल्तिहरुलाई पनि विर्सन हुदैन । हामीले कहां गल्ति ग(यौं र हाम्रो क्रान्ति असफल भयो भन्ने विगत इतिहांसलाई विस्र्यौं भने फेरी पनि गल्ति नहोला भन्न सकिदैन । क्रान्ति अगाडी हामीले के ख्याल गर्नु पर्दछ भने कतै उत्पादनमा जोड नदिंदा र देशलाई आत्मनिर्भरतालाई ख्याल नगर्दा पो क्रान्ति जितेर पनि असफल भएको हो कि ? किन भने हामीले त्यो बढ्दो निराशालाई शक्तिमा बदलेर क्रान्ति सफल त गर्छौं तर सरकारी अवसरमा हुने सीमितताको कारण अवसर नपाएर त्यो शक्ति अहिले जस्तै निराशामा नजाला ? भन्ने गम्भिर प्रश्नमा ध्यान जानु अत्यन्त जरुरी देखिन्छ ।