सांस्कृतिक क्रान्ति—१

प्रकाशित मिति : २०७७ श्रावण २०

- रामबहादुर बुढा‘राजन’

हामी मानव जाति सामाजिक प्राणी हौं । हामीलाइ जीउनका निम्ति समाज चाहिन्छ । त्यो समाज हुनका लागि संस्कृति चाहिन्छ । संस्कृति हुनका लागि भाषा, भेषभुषा र चालचलन चाहिन्छ । संस्कृतीका कारणले हामी कविले (पारिवारिक) बन्दै आएका छौं । हाम्रो समाजमा विभिन्न संस्कृतिहरू रहेका छन् । यी संस्कृतिलाई राष्ट्रियता पनि भनिन्छ । यिनै भिन्न–भिन्न संस्कृतिका कारणले गर्दा हाम्रो समाज पनि विभिन्न कविलाहरूबाट विकास हुँदै आएको छ । यसै कारण समाज निर्माणको पहिलो कुरा संस्कृति नै हो यसर्थः संस्कृतिमा राष्ट्रको हित वा अहित हुने कुरा निश्चित हुन्छ । समाज निर्माणको प्रक्रियामा विभिन्न गलत सास्कृतिक अभ्यासहरू पनि नभएका होइनन् । प्रकृति पुँजा, मुर्ति पुजा, व्यक्ति पुजा, शरिरका अंगहरूको पुजा, मानव बलि, छुवाछुत, देउकि, झुमा, आनि, सति, कम्लहरी, बालशोषण अनि रखेल जस्ता प्रथाहरू नै गलत सास्कृतिक अभ्यासका प्रतिनिधि उदाहरणहरू हुन् । आज सम्म पनि अंगपुजा चलिरहेकै छ महादेवको शिस्न(लिङ्ग) को धुमधामसँग पुजा गर्ने चलन नै एउटा प्रतिनिधि उदाहरणको रुपमा लिन सकिन्छ । पार्वतीको योनी पुजा गर्ने चलन पनि त्यतिकै ब्यापक छन् । त्यसैगरी गालिगलोज, खुला यौनक्रिडा जस्ता छाडापन भगवान र भाग्यवादी सोच पनि गलत सास्कृतिक अभ्यासका ज्वलन्त उदारणहरू हुन् । मान्छेहरूले समाजलाई न्यायोचित बनाउँदै लैजाने क्रममा केहि त्यसभित्रका नराम्रा कुराहरूलाई रुपान्तरण गर्दै आएको इतिहास पाइन्छ । मानवबलि, छुवाछूत, देउकि, झुमा, आनि, सति, कम्लहरी अनि छाडापनको अन्त्य गर्दै हाम्रो समाज अगाडि बढिरहेको छ । यस्ता कुसंस्कृतिहरूको अन्त्य गर्नका निम्ति विभिन्न वैज्ञानिक सिद्धान्त र शुत्रहरूको प्रयोग हुँदै आइरहेको छ ।
समाजलाई मनोरञ्जन दिने खालका लोकसंस्कृतिहरू लोककल्याणकारी भएका कारण यीनीहरूलाई समरक्षण, सम्बर्द्धन गर्दै आएको पाइन्छ । पुरानो देवनाच, तान्डब, ख्याली, पैसेरि, देउडा, खाडो, ठाडेभाका, दोहोरी, टप्पा, दरि, ख्याली, गाइने भाका आदि जस्ता लोक संस्कृतिहरूद्वारा हाम्रो समाजले विभिन्न अवशरमा मनोरञ्जन लिने गरेको पाइन्छ । कुलपुजाका दिन आफ्ना कुलका देवताका रूपमा प्रितिहरूको सम्झनामा देवनाच गर्ने, विहेको दिन दरि खेलेर आशिष दिने दोहोरी गीत गाउने नाच्ने, छोरा जन्मेको घरमा छैट तथा पुत्याग्रो कार्यक्रम राखि पुत्रलाई अग्रजहरूले भरपुर आर्शिवाद दिदै गोल घेरामा नाच्दै हात, हातमा लिएर नचाउने संस्कृति जाजरकोटको बारेकोट अन्तर्गतको मगर बस्तीमा चलि आएको छ, जसमा ‘‘पाती जन भरिया दुबो जन जेलिया, तुमकन जयजय होई”आदि जस्ता आशिषमय सांगितिक धुन र टुक्काहरूबाट मादल, खैजडी, नेउर, भ्mयाली, कुटकुटी आदि वाजागाजाको सांगितिक धुनसँगै आशिष दिने चलन रहीआएको छ । विभिन्न समयमा सचेत व्यक्तिको जन्म हुने र उनीहरूले केही पौराणिक रितिरिवाजलाई परिमार्जित गरि अझ राम्रो बनाउदै आधुनिक्तामा ढाल्ने गरेको पाईन्छ भने केही अन्धविश्वास र रूडीवादलाई छोड्दै अगाडी बढेको तथ्यहरू पाइन्छन् तर कुनै पुराना अन्धविश्वास वा अपराधबाट उद्देलित संस्कृतिहरूको अन्त्य गर्नुपर्दा बादविवाद र झैझगडा हुने गरेको क्रान्ति हुने गरेको कुरा सर्वविदित छ । त्यसैलाई सांस्कृतिक क्रान्ति भनिन्छ । यसरी पौराणिक र आधुनिक लोक कलाको माध्यमबाट नेपाली समाजमा मनोरञ्जन लिने गरेको पाइन्छ ।
सामान्यतया मानिस न्यायप्रेमी हुन्छ, तर गलत संस्कृतिको कारण मानिस स्वार्थी, ब्यभिचारी, पाखण्डी, अत्याचारी र बरबर आदिमा परिणत हुने गर्दछ । तर सचेत मानिस त्यसो गर्दैन जस्तै हामी गौतम बुद्धलाई लिन सक्छौं । त्यतिबेलाको समयमा दरवारीया ऐसआराम र सुखसयल छोडेर उहाँ आम जनताको दुःख निरोधका निम्ति तपस्या गर्नुभयो र आखिर उहाँ संसारमा चिनिनु भयो । सांस्कृतिक क्रान्ति गर्नुभयो विश्व बदल्नु भयो । उहाँ भौतिकवादी दार्शनीक हुनुहुन्छ । उहाँले ईश्वरवाद तथा प्रेतवादको विरोध गर्नुभएको छ । उहाँ सांस्कृतिक क्रान्तिका अग्रज प्रणेता पनि हुनुहुन्छ । गीतामा भनिएको छ, ‘‘यदा यदाही धर्मस्य ग्लानीर्भवति भारत ! अभ्यूत्थानम् धर्मस्या तदात्मानं सृजाम्यहम् ! गीतमा गौतमबुद्धलाई पनि भगवत्वकरण गरि ११ औं अवतारको रूपमा अनुमान गरिएको छ । यो खासमा प्रतिक्रान्ति गरिएको हो बुद्धको नीतिलाई कमजोर बनाउने काम गरिएको छ । बुद्ध संसारकै पहिलो द्धन्दात्मक भौतिकवादी दार्शनीक भएको कुरा तथ्यले प्रमाणित गर्दछ तर बुद्धको मृत्युपछि ढोङ्गी अन्धविश्वासीहरूले उहाँलाई भगवत्वकरण गरि भगवानको अवतार भन्दै मागिखाने भाँडोमा परिणत गरेको यथार्त जगजाहेर छ । आज पनि बौद्ध गुम्बाहरूमा हिन्दु धर्ममा जस्तै झुमा र आनी लिएर मोजमस्ती गर्ने कार्य पादरीहरूले गरेकै छन् । ईश्वरवाद र प्रेतवादको काल्पनीक ढ्वाङ फुकेर दिवा सपना र काल्पनीक भय देखाउनेहरूले पहिलो भौतिकवादी दार्शनीक तथा समाजीक क्रान्तिका प्रणेता गौतम बुद्धलाई भगवत्वकरण गरि मुर्ति पुजा गर्दै जन–जनको खुसी लुट्ने साधन बनाइ साँचो इतिहासको खिल्ली उडाएका छन् । नजिर र प्रमाणका आधारमा नचली कल्पना र अनुमानका आधारमा चल्ने अधिभुतवादीहरू नै समाज रूपान्तरणका मुख्य वाधक हुन् । यनीहरू नै अन्धविश्वास, रुडीवाद उत्पादन गर्ने फ्याक्ट्री हुन ।
आदरनीय सज्जन बृन्दहरू ! आज कोरोनाको कहरमा संसार डुविरहेको बेला मन्दिर, मस्जीद, गुम्बा, गिरीजाघर आदि स्थानहरूमा अवचलनमा बसेको खरबौ खरब मुद्रा सुक्को पनि लोक कल्याणका लागि वाहिर निस्किएको छैन् । झुटो ईश्वरको ख्वाप देखाउँदै र प्रेतको भय देखाउँदै प्राणी जगतको हितको नारा लगाउने धर्मगुरुहरू आज अझ पनि अन्धविश्वास फैलाएर लुट्न छोडेका छैनन् । यसरी छलकपट र अन्धविश्वासबाट सोझा साझा जनतालाई झुक्क्याउँदै जम्मा भएको अरबौं अरब मुद्रा बजारमा नआउँदा एकादिर विनिमय दरमा घाटा भइरहेको छ भने अर्कोतिर धर्मीक स्थलहरूले प्राणी जगतको हीतमा भनि जम्मा गरेको रकम लोककल्याणकारी कार्यमा पनि लागेको छैन यस अर्थमा यो सरासर जघन्य अपराध हो । कारवाहीको दाहेरामा ल्याईयोस् । उसरी भन्दा नेपालको पहिलो कोरोनाको सिकार हुन पुगेकी सावित्री चालिसे राज्यले गरेको लकडाउन उलङु्घन गरि काठ्माण्डौंको टोखामा बस्ने एकजना ज्योतिषकोमा भाग्य हेर्न गएको र त्यहीबाट कोरोना संव्रmमित भई मृत्यु हुन पुगेको हो । त्यसैगरि नेपालगन्जका मुस्लिमहरूको अन्धविश्वासका कारण त्यस क्षेत्रमा कोरोणा संक्रमण समुदायमा फैलिन पुग्यो भने उता जुम्लाका हेमराज नाम गरेका पास्टरले प्रमेश्वरको शक्तिले कोरोना अन्त्य हुन्छ भन्दै लकडाउन तोडेर बहुलाह जस्तै गरि विभिन्न समुदायमा साखरालाबासामा वान्धवाधाराला हाराखसाला जस्ता अनर्थ आवाज निकाल्दै वाईबलीय ढ्वाङ् फुक्दा नेपाल प्रहरीले नियन्त्रणमा लिने क्रममा २ पटक जेल जानु प¥यो । यसरी अन्धविश्वास र रुडीवादको दलदलमा फसेको समाजबाट कुनै पनि देशको राष्ट्रियता र राष्ट्रि बचाउन नसकिने कुरा निश्चित गर्न चहान्छु । यो समाजलाई अधिभुतवादको कुईरोबाट निकाल्नका लागि केही सोच्नुपर्ने बेला आएको छ यो अपिल गर्न चहान्छु ।
समाजलाई दिक्षित बनाउनका लागि लोकसाहित्यको संरक्षण, सम्बर्दधन र विकास गर्दै आएको पाइन्छ। गध्य, पध्य कविता, गजल, लेख, नाटक आदि द्वारा बाल्यकाल देखि नै व्यक्तिको विकास मनोरञ्जनात्मक विधिबाट गर्ने गराएको छ। विगत देखिनै जिविकोपार्जनका लागि विभिन्न सिपमुलक कार्यहरू गर्दै आएको पाइन्छ। घर, गोठ, झ्याल, ढोका, पलङ, ओछ्यान, डोको, नाम्लो, कुटो, कोदालो, हलो, जुवा, भाडा वर्तन, लत्ताकपडा, घडि, रेडियो, मोवाइल, कम्प्युटर आदिको निर्माण र मर्मतका लागि सिकर्मी, डकर्मी, नकर्मी, किसान, मिस्त्री, मेकानिक, मास्टर, शिक्षक, डाक्टर , इन्जिनियर, पाइलट आदि बनेर सिपमुलक कार्य गरिरहेका छन्। सिप सिकाउन इन्स्टिच्यूट, स्कुल, क्याम्पस आदि छन्। मर्मत तथा उपचारका लागि मर्मत केन्द्र, रिपेयरिङ्ग हाउस, अस्पताल आदि बनेका छन्। यि सबै कुराहरू सस्कृति अनुसार हुने गरेको हुनाले सास्कृतिलाइ लोक कल्याणकारी बनाउन सामाजिक न्यायको वैज्ञानिक सिद्धान्त र शुत्रभिबाट विकास गर्ने सङ्कल्प सहितको रणनीतिक कार्ययोजना नै सास्कृतिक क्रान्ति हो । क्रमशः