अखिल नेपाल क्रान्तिकारी अटो मजदुर संघको चितवन जिल्ला भेला सफतापूर्वक सम्पन्न

अखिल नेपाल क्रान्तिकारी अटो मजदुर संघको चितवन जिल्ला भेला सफतापूर्वक सम्पन्न

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पेसागत संगठन अखिल नेपाल क्रान्तिकारी अटो मजदुर संघको चितवन जिल्ला भेला सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) चितवन जिल्ला सेक्रेटरी अशोक शर्माको प्रमुख आतिथ्यमा संपन्न भेलाले लेखनाथ न्यौपानेको अध्यक्षतामा दुई स्थान रिक्त सहित १३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्ष क्रमशः बद्राराम थापा,गोविन्द प्रसाद तिवारी र गोपाल केसी रहनुभएको छ भने सदस्यहरुमा फडिन्द्र ढुङ्गाना, सुधिर देवकोटा, हिरा थापामगर, लक्ष्मण महतो, कुमार थापा,गौतमरत्न बज्राचार्य र उमेश नेपाली रहनु भएको छ । भेलाले अटो मजदुरहरुमाथि राज्यले गरेको विभेद, उनीहरुका पेशागत हक अधिकारको पक्षमा संघर्षको उठान गर्ने तथा जिल्लाव्यापी अटो मजदुरहरुको संगठन निर्माण गर्ने समेत निर्णय गरेको छ । नव गठित जिल्ला समितिलाई पार्र्टी जिल्ला सेक्रेटरी अशोक शर्मा, मजदुर नेताहरु धर्म नहर्की तथा गोविन्द पौडेल लगायतले सफल कार्यकालको शुभकामना दिएका थिए ।