नेपाली कम्युनिष्ट आन्दोलनमा हराउँदै गएको ‘बोल्सेबिक स्प्रिरिट’

प्रकाशित मिति : २०७७ श्रावण १८

- हुकुमबहादुर सिंह

नेपाली कम्युनिष्ट आन्दोलनमा कम्युनिष्ट बिचारधारा र सिद्धान्तका निम्ति आफ्नो जीवन लगाएका, त्याग गरेका प्रशस्त नेता तथा कार्यकर्ता छन र आफूलाइ बिभिन्न पेशा, ब्याबसायमा कायम राख्दै पनि कम्युनिष्ट समर्थक र सहयोगि भएर नेपालका विभिन्न समूहहरुमा विभाजित कम्युनिष्ट पार्टीहरु र समूहहरुका लागि आफूसक्दो सहयोग र समर्थन गर्दै आएका लाखौ कम्युनिष्ट समर्थक र सहयोगि छन तर पनि तिनिहरुमा बेलाबेलामा कम्युनिष्ट बिचारधारा, सिद्धान्त र आफूले स्वयम सहयोग र समर्थन गर्ने राजनीतिक पार्टी र नेतृत्व प्रति बितृष्णा भएर नैराष्यता बढेका र एउटा कम्युनिष्ट सदस्य, समर्थक मात्रै नभै एकजमानाका जुझारू तथा त्यागी नेता तथा कार्यकर्ता क्रमशः प्रतिकृयाबादीमा पतन भएका प्रशस्त उदाहरणहरु पनि हामीसंग छन । नेपालको करीब साढे ६ दशकको लामो कम्युनिष्ट आन्दोलनमा घेरै उतारचढाव आएका छन । यस दौरानमा ब्यापकरुपमा दक्षिणपन्थी भड्कावहरुको जन्म, बिकास र तिनीहरुको अवसान पनि भएका छन । यसको कारण नेपालको कम्युनिष्ट आन्दोलन र स्वयम पार्टीमा धेरै क्षति नभएको पनि होइन तर पनि यसको सकारात्मक पक्ष पनि छ । त्यो भनेको हामीले सिद्धान्त र ब्यबहारका क्षेत्रमा कैयौ महत्वपूर्ण पाठहरु सिकेका छौ र तिनैको आधारमा ती सकारात्मक तथा नकारात्मक पक्षहरुको संश्लेषण पनि गरेका छौ । ती संश्लेषण गरिएका पाठहरु मध्य प्रथम महत्वपूर्ण पाठ के हो भने नेपाल जस्तो अर्धऔपनिवेशिक र अर्ध(नव)सामन्ती समाज भएको देशमा कम्युनिष्ट आन्दोलनमा आउनसक्ने नकारात्मक असरहरुको आधारहरु सम्राज्यबाद र सामन्तबादका नकारात्मक असरहरुका प्रतिविम्वहरु जो कम्युनिष्टको नाममा आउने गरिरहेका छन् र जसलाई दक्षिणपन्थी संशोधनबाद र बामपन्थी अराजकताबाद भन्ने गरिन्छ, तिनीहरुका बिरुद्ध जीवन मरणको लडाइ चलाउन पनि उत्तिकै अनिबार्य हुदो रहेछ । यस्तो संघर्षको आवस्यकता र त्यसले ल्याउने परिणाम (पार्टीमा चल्ने बिबाद, अन्तरसंघर्ष, आउने फुट र बिभाजन) लाई कैयौले वेलैमा बुझन नसक्ने, बुझन नचाहने र आफूलाइ पार्टीबाट पलायन हुने वा अन्य संशोधनबादी पार्टीहरु जहाँबाट उनीहरुलाई सत्ता प्राप्ती हुन्छ, ब्यक्तिगत पद, प्रतिष्ठा र पारीबारीक सुखसुबिधा प्राप्त हुनसक्ने सम्भावना देख्छन त्यसमा स्थानान्तरण गर्ने गरेका उदाहरणको कमि पनि छैन् । हाम्रो देशमा त्यसप्रकारको सिद्धान्तको प्रतिनिधित्वगर्ने कम्युनिष्टहरु र पार्टीहरुको कहिले पनि कमी भएन जसले ब्यक्तिगत पद, प्रतिष्ठा र लाभको निम्ति काम गरे र गर्दैछन् । यहाँ ब्यक्तिगत पद, प्रतिष्ठा र लाभको निम्ति काम भन्नाले स्वयम पार्टीको नेतृत्वका पदहरूमा टासीरहने र त्यसैलाई ब्यक्तिगत लाभको निम्ति उपयोग गर्ने पनि हो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा आएका र आउन सक्ने सवैखाले अवसरबादलाई वेलैमा चिन्न, त्यसको बिश्लेषणगरी जनताको बिचमा लैजान र कार्यकर्तालाइ बेलैमा प्रशिक्षण गरी उनीहरुलाइ राजनैतिक रुपमा सचेत गराउन ढिलोका कारण पनि नेपालका कैयौ इमान्दार कम्युनिष्टहरुले गलत वाटो समातेका छन् । यो नेपालको कम्युनिष्ट आन्दोलनमा मात्रै होइन बिश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा पनि सत्य हो जसमा माक्र्स, लेनिन र माओले आफनो जीवनभर ती सबैखाले भड्कावका बिरुद्ध सम्झौताहीन संघर्ष गरेको इतिहास छ । यसको निम्ति एकपटकको संघर्ष मात्रै काफी छैन, एउटा पार्टी र त्यसका नेता तथा कार्यकर्ताहरुको लागि जीवन भर गरिरहनुपर्ने संघर्ष हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा शक्ति सन्तुलनमा आउने फेरवदलहरुले पनि कम्युनिष्ट पार्टीहरुमा असर नपारीरहदैन । त्यसैगरी देशभित्रको परिवर्तनले पनि काफीहदसम्म असर पारेको इतिहास छ । यदी वेलैमा पार्टी नेतृत्वले आफ्ना सदस्य, समर्थक तथा सहयोगीहरुलाइ त्यसबारे सचेत गराउन सकिएन भने पार्टीमा त्यसले एउटा सरुवा रोगको रुपमा काम गर्छ र एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टी एउटा दक्षिणपन्थी संसोधनवादी पार्टीमा बदलिन जान्छ र बिगतमा र बर्तमानमा पनि त्यसो भएको छ ।

बिश्व समाजबादी क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गरी संसारमै पहिलो समाजबादी देशका रुपमा स्थापना र बिकास गर्ने महान जिम्मेवारी पुरा गर्ने सोभियत संघको कम्युनिष्ट पार्टी (बोल्सेबिक) र त्यसका नेता क. लेनिन र क. स्तालिन हुनुहुन्थ्यो । त्यस बिजयको पछाडी सही सिद्धान्तलगायत अनगिन्ति अन्य बस्तुगत र आत्मगत कारणहरु छन तर पनि क. लेनिनलगायत समग्र पार्टी नेतृत्व र पार्टी सदस्यहरुमा भएको देश, जनता, पार्टी र क्रान्तिप्रतिको इमान्दारीपूर्ण त्याग र तिनीहरु बिचको सिद्धान्तनिष्ट एकतानै थियो, जसलाइ ‘बोल्सेबिक स्प्रिरिट‘ भन्ने गरिन्छ । पार्टीको सदस्य बन्ने, नियमित लेबी तिर्ने र पार्टीको कुनै न कुनै समितिमा आबद्ध भएर आफूलाई पार्टीको अनुशासनमा राख्ने स्प्रिरिटनै वास्तबमा बिश्व कम्युनिष्ट आन्दोलनमा ‘बोल्सेबिक स्प्रिरिट‘ भन्ने गरिन्छ । यही ‘बोल्सेबिक स्प्रिरिट‘ नै रुसि क्रान्तिको लागि बलियो जहाज भयो जसमा बसेर सोभियत संघका कम्युनिष्ट पार्टी (बोल्सेबिक), त्यसका नेता तथा कार्यकर्ताहरुले आफूलाइ त्याग, वलिदान र समर्पण गरेका थिए र क्रान्तिलाइ सफलतामा पुराएका थिए । ‘बोल्सेबिक स्प्रिरिट‘ भनेको नत उग्रबामपन्थी बाटो हो न दक्षिणपन्थी प्रतिको झुकाव र समर्पण, यो त एउटा कम्युनिष्ट पार्टीमा आउन सक्ने सबै खाले भड्कावहरुको बिरुद्धको सम्झौताहीन संघर्ष हो । ठोस परिस्थितिको ठोस बिश्लेषणनै माक्र्सबाद लेनिनबाद र माओवाद होे र यसैको आधारमा बन्ने संगठन र नेतृत्वको बिकासनै वास्तवमा ‘बोल्सेबिक स्प्रिरिट‘ हो । अहिले पनि क्रान्तिकारी कम्युनिष्टहरु बिश्वका कुनै पनि देश र स्थानमा रहेर बिश्व कम्युनिष्ट आन्दोलनलाइ अगाडी बढाउने चुनौतीपूर्ण बाटोमा आफूहरुलाइ अगाडी बढाएका छन । तिनीहरुले आफू क्रान्तिकारी हो की होइन फरक छुट्टयाउन भन्ने गर्छन “हामीमा वोल्सेविक स्प्रिरिट छ की छैन ? र हामी त्यो अनुसार अघि बढेका छौ की छैनौ ?” आदि ।

नेपालको सन्दर्भमा नेपाली कम्युनिष्ट आन्दोलनमा ‘बोल्सेबिक स्प्रिरिट‘ लाइ समातेर त्यसको आधारमा पार्टी संचालन गर्ने कुरा एक प्रकारले हराएजस्तै भएको छ । यद्येपी केही पार्टी तथा समूहहरुद्धारा यसलाई कार्यान्वयनमा ल्याउने प्रयास नभएको होइन । नेपाल कम्युनिष्ट आन्दोलनमा नेकपा माओवादीले संचालन गरेको दशवर्षे जनयुद्धको दौरानमा देखाएको जुझारुपन, लगनशीलता, त्याग र बलिदान‘ आदिले नेपालको कम्युनिष्ट आन्दोलनमा वोल्सेविक स्प्रिरिटलाई नयां उचाइमा उभ्याउन सफल भएको पाइन्छ । जसको परिणाम देशको स्थानिय र राष्ट्रिय राजनीतिमा मात्रै नभै बिश्व कम्युनिष्ट आन्दोलनमा समेत यसले साच्चै हलचल र तहल्का ल्याउन सफल भएको थियो । त्यससमयमा यसले यो प्रमाणित गर्न सफल भएको थियो कि नेपालको सन्दर्भमा ‘बोल्सेबिक स्प्रिरिट‘ नै ‘माओवादी स्प्रिरिट‘को रुपमा नेपाली जनतामा तथा बिरोधी शक्तिहरुमा स्थापित हुन सकेको थियो । जसरी रुसमा लेनिनको नेतृत्वमा स्थापित र बिकसित बोल्सेबिक पार्टीको बिचार, समर्पण, निष्ठा, जुझारुपन आदिलाइ ‘बोल्सेबिक स्प्रिरिट‘ भन्ने गरिन्थयो, त्यसैलाइ नेपालको सन्दर्भमा माओवादी जनयुद्धले स्थापित, बिकसित र प्रदर्शन गर्न खोजेको स्प्रिरिट नै ‘बोल्सेबिक स्प्रिरिट‘ थियो । तर त्यही माओवादी आन्दोलनका कमाण्डर भन्नेहरु(प्रचण्ड र बाबुराम) बाटै ै ‘बोल्सेबिक स्प्रिरिट’लाई ध्वम्स पानैृ काम भयो र प्रचण्डले त अहिले डवल नेकपाकाभित्रका जनताको बहुदलीय जनवादजस्तो ख्रुश्चेभी संशोधनवादीहरुसंग काँधमा काँध मिलाएर नेपालमा बचेखुँचेको ै ‘बोल्सेबिक स्प्रिरिट’लाई ध्वम्स पार्ने अभियानमा लागेका छन् ।
अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा रुसि जनताले त्यहाँको वोल्सेविक स्प्रिरिटलाई एउटा पवित्र आदर्शको रुपमा मात्रै मानेन, त्यसलाई रुसबाट जारशाहीको उन्मुलन गर्न र त्यसको आधारमा समाजबादको बिकास र निर्माणको दौरानमा समेत कायम राखे । रुसमा ‘वोल्सेविक स्प्रिरिट‘ त्यत्तिकै स्थापित भएको थिएन । त्यसको लागि रुसमा क. लेनिनले र पछि उनका उत्तराधिकारी क. स्तालिनहरुले पार्टी भित्रका ‘वोल्सेविक स्प्रिरिट‘का बिरोधी मेन्सेविकहरु, टटस्कीबादीहरु आदिका बिरुद्ध सम्झौताहीन संघर्ष गरेर मात्रै त्यो स्प्रिरिट स्थापित र बिकसित भएको थियो । कसैले भनेको र राजनीतिक प्रशिक्षण दिएको भरमा यो ‘स्प्रिरिट‘ स्थापित हुने होइन, त्यसको लागि त्यही खालको सिद्धान्त, राजनिति, प्रबृति, त्याग र आचरणको आधारमा आधारीत भएर सबैखाले अवसरबादलाइ ढिलो नगरी बेलैमा पहिचान गर्ने, त्यसका बिरुद्ध सैद्धान्तिक, राजनीतिक बिचार र कार्यक्रमको आधारमा संघर्षका बिभिन्न रुपहरुलाइ समायोजन गरी अगाडी बढाउने उपयुक्त रणनीति र कार्यनीतिको बिकासमानै यस्तो स्प्रिरिट कायम राख्न र क्रमशः उचाइतर्फ लैजान सकिन्छ । देश, जनता, पार्टी र क्रान्ति प्रतिको स्वयंसेवी भावना, त्याग, वलिदान, र समर्पणनै यो स्प्रिरिटको केन्द्र बिन्दु हो र यो सबैमा कायम गर्न सकिन्छ भन्न सकिदैन तर पनि क्रान्तिकारी कम्युनिष्टको निम्ति यो उनीहरुको जीवनसंगनै सीधै गासिएको हुन्छ भने अवसरबादीहरुको लागि यो एकछिनको, क्षणिकरुपमा आउने र हराउने हुन्छ ।
पार्टी भित्र ब्यक्तिगत स्वतन्त्रताको नाममा आफूलाइ रुचि नलागेको कुनै पार्टी नीति छ, निर्णयहरु भएका छन भने त्यसको उलंघन गर्ने, पार्टी भित्र पार्टीकै बिरुद्ध अन्य पार्टीको निम्ति फाइदा हुने काम गर्ने, संगठनका मूल्य, मान्यताहरु र प्रक्रियाहरु भंग गर्ने , पार्टीमा अराजकता फैलाउने खालका कामहरुलाइ केन्द्रबिन्दुमा राखेर काम गर्ने कहिल्यै र कदापी पनि ‘वोल्सेविक स्प्रिरिट‘ हुन सक्दैन । अहिले पनि नेपालको कम्युनिष्ट आन्दोलनमा केहि कमरेडहरु सुद्ध र चोखो पार्टी बनाउने नाममा पार्टीलाई सांघुरो बाटोबाट पार्टी हिडाउने र पार्टीलाइ सांघुरो गल्लिबाट बाहीर ल्याउन कहिल्यै नचाहने र पार्टी कार्यकर्ताहरु, समर्थकहरुलाइ निस्कृय बनाउने, पार्टी र राजनीति बाट पलायन गराउदा सन्तोष मान्ने तर आफूचाही सधै पार्टीको नेता वनिरहने र पार्टी संचालनको नाममा देश र जनताको चासोका बिषयमा संघर्षका एउटै पनि कार्यक्रम दिन नसक्ने र नचाहने मार्गतीर लागेका पनि देपखएका छन । भने अर्कोतीर संसदीय व्यवस्थालाई बलियो बनाउने गरी कम्युनिष्ट आन्दोलनमा बहुलवादको पक्षपोणण गर्ने । लोकतन्त्रको नाममा पार्टी भित्र पार्टीकै बिरुद्ध अन्य पार्टीको निम्ति फाइदा हुने काम गर्ने, संगठनका मूल्य, मान्यताहरु र प्रक्रियाहरु भंग गर्ने , पार्टीमा अराजकता फैलाउने खालका कामहरुलाइ केन्द्रबिन्दुमा राखेर काम गर्ने तर आफूलाई माक्र्सवादी लेनिनवादी भन्न नछाड्ने । कम्युनिष्ट आन्दोलनमा बहुलवादको पक्षपोणण गर्नेहरु माक्र्सवादी होयनन भने तीनिहरुबाट ‘वोल्सेविक स्प्रिरिट‘ लाई मद्दत गर्ने काम कुरा हुने कुरै भएन । माक्र्स, लेनिन र माओले बारम्बार जोड दिएको तत्थ्य के हो भने एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टी र त्यसका सदस्यहरु, समर्थकहरुले सधैभरि कायम राख्नुपर्ने चरीत्र भनेको उनीहरुको जुझारुपन नै हो । बिधमान ब्यबस्थाका बिरुद्धको संघर्ष र त्यसप्रतिको घृणानै महत्वपूर्ण तत्व हो ) हामीलाइ थाहा छ बिधमान ब्यबस्थाको शक्ति हाम्रो भन्दा कैयौ गुणा बढी हुन्छ । आफूभन्दा कैयौ गुणा ठूला शक्तिका बिरुद्ध संघर्ष तव सम्भव हुन्छ जव हामीमा जुझारुपन हुन्छ, नैतिक आंट र भित्रै देखि साहस हुन्छ । कम्युनिष्ट पार्टीकोे जन्मदेखिनै माक्र्स, लेनिन र माओले आफूभन्दा कैयौगुणा ठूला र शक्तिशालि शक्तिहरुका बिरुद्ध लडेका थिए । यसैलाइ जोड दिदै माओले “ज्वारभाटाका बिरुद्धको संघर्षनै माक्र्सवादी लेनिनवादीको बिशेषता हो” भनेका छन । जुझारुताको अर्थ सधै लडनै पर्छ भन्ने होइन । सफलताको सम्भावना भएमा मात्र संघर्ष गर्ने सोच पनि जुझारुता होइन ।

प्रथम अन्तराष्ट्रियको उद्घाटन भाषणमा माक्र्सले भनेका थिए “मजदुर बर्गको मुक्ति स्वयम मजदुर बर्गलेनै जित्नु पर्छ ।” क्रान्तिबारे सर्बहारा बर्गको यो आधारभूत सिद्धान्तको बिरुद्ध जानु ‘वोल्सेविक स्प्रिरिट‘ होइन । मेहनतकश जनताको मुक्ति स्वयम मेहनतकश जनताको क्रान्तिकारी भूमिकाद्धारा सम्भव छ भन्ने मान्यतानै ‘वोल्सेविक स्प्रिरिट‘ हो । क्रान्ति वा जनआन्दोलनको लागि जनताको भूमिकालाई निर्णात्मक मन्नुनै ‘वोल्सेविक स्प्रिरिट‘ हो । त्यहीनै माक्र्सबादी लेनिनबादी स्प्रिरिट हो ।
यस लेखमा ‘वोल्सेविक स्प्रिरिट र नेपालको कम्युनिष्ट आन्दोलनमा हराउँदै गएको यो स्प्रिरिटलाई पुनः स्थापित गर्नका लागि यसवारे बहस र छलफलको आवश्यकता देखिएकोछ । अव बर्तमान सन्दर्भमा कम्तिमा पनि बिगतमा बोल्सेबिक स्प्रिरिटमा प्रशिक्षित विभिन्न धारका कमरेड नेताहरु र सदस्य कमरेडहरुले जसले आफूलाइ नेपालमा जनवाद, समाजवाद हुँदै साम्यवादको महान तथा गौरवशाली मार्गतर्फ लागिपरेका छन ती सवैले एकपटक आ–आफनो निधार खुम्चाएर, तर ढिलो नगरी फैसला गर्ने बेला भएको छ । बर्तमानमा नेपालको कम्युनिष्ट आन्दोलन भित्र किन बेल्सेबिक स्प्रिरिट कमजोडमात्रै नभई हराउँदैै गएको छ त्यसको कारणहरु पहिचान गरी त्यसलाइ हटाउन के गर्नु पर्ला आदिवारे सामूहिक तथा एक्लाएक्लै पार्टीभित्र छलफलको बिषय बनाएर लैजाने साहस गरेरमात्रै नेपालको कम्युनिष्ट आन्दोलनमा हराएको ‘बोल्सेबिक स्प्रिरिट’लाई पुनः स्थापित गर्न सकिने छ ।