रञ्जन प्रकरण’काे विराेधमा क्रान्तिकारी महिलाहरुकाे अदालतमा धर्ना र नाराजुलुससहित काेणासभा 

प्रकाशित मिति : २०७७ श्रावण १६

- भिम बहादुर भुजेल

चितवन । विहीबार चितवन जिल्लाको जिल्ला अदालत अगाडि क्रान्तिकारी महिलाहरुले धर्ना दिए र नारा जुलससहित विराेध सभा सम्पन्न गरे। श्रीमती हत्या प्रकरणमा सर्वस्वसहित जन्मकैदकाे फैसला सुनाइएका सशस्त्र प्रहरीका तत्कालीन डिअाइजी रञ्जन काेइरालालाई कैद सजाय छुट गर्ने फैसलाकाे विराेधमा क्रान्तिकारी महिलाहरुले विराेध कार्यक्रम गरेका हुन् । उनीहरुले सर्वाेच्च अदालतकाे यस्ताे फैसलाकाे कडा शब्दमा निन्दा गर्दै घाेर भत्र्सना गरे ।

विराेध कार्यक्रमलाई अनेमसंघ (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष अम्बिका मुडभरी, नेपाल प्रगतिशील महिला संघकी केन्द्रीय उपाध्यक्ष भगवती घिमिरे लगायतका महिला नेतृहरुले सम्बाेधन गरेका थिए ।

अनेमसंघ (क्रान्तिकारी) की चितवन जिल्ला अध्यक्ष शान्ति विककाे सञ्चालनमा सम्पन्न विराेध कार्यक्रम नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेमसंघ (क्रान्तिकारी), नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील महिला संघ र नेकपा (मसाल) निकट अखिल नेपाल महिला संघकाे संयुक्त आयाेजनामा गरिएकाे थियाे ।