क्रान्तिकारी माओवादी काठमाडौंले एक महिने संगठन शुद्धीकरण, सदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने

प्रकाशित मिति : २०७७ श्रावण १४


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंले एक महिने संगठन शुद्धीकरण, सदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने भएको छ । सायन १३ गते सम्पन्न पार्टीको जिल्ला कमिटिको पूर्ण बैठकले यस्तो निर्णय गरेको जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्यालले बताए ।


जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्यालको अध्यक्षता तथा संचालनमा सम्पन्न भएको बैठकमा प्रमुख अतिथि पोलिटब्युरो सदस्य तथा ३ नं प्रदेश ईन्चार्ज दिनेश शर्मा‘सागर’, बिशेष अतिथि तथा अतिथि पोलिटब्युरो सदस्य सुरेश श्रेष्ठ र केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज शारदा महतले समसामयिक राजनीतिक तथा वैचारिक विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो ।


बैठकले साउन २० देखि भदौ २० सम्म “एकमहिने संगठन शुद्धीकरण,सुदृढीकरण तथा विस्तार अभियान” संचालन गर्ने निर्णय गरेको छ ।


जिल्ला सेक्रेटरी छन्त्यालका अनुसार उक्त एक महिने अभियानमा जिल्लाको सबै नगर कमिटि, महानगर कमिटि र बिशेष कमिटिहरुको बैठक आयोजना गर्ने, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्ने, विभिन्न किसिमका भेटघाट र छलफलहरु गर्ने साथै जवस, मोर्चा र संयुक्त मोर्चाको स्थानीय नगरभेला तथा जिल्ला भेला र सम्मेलनहरु सम्पन्न गरिनेछन् । त्यस पश्चात पुनः जिल्ला पार्टीको पूर्ण बैठक आयोजना गरेर एक महिने अभियानको समिक्षा गरिनेछ ।