कोभिड–१९ ले विश्व कम्युनिस्ट आन्दोलनमा पारेको प्रभाव

कोभिड–१९ ले विश्व कम्युनिस्ट आन्दोलनमा पारेको प्रभाव

सन २०१९ डिसेम्बरमा चीनको वुहानमा उत्पन्न भएको कोभिड–१९ आज विश्व व्यपी रुपले गंभीर प्रकारको महामारीको रुपमा फैलिएको छ । आज यो आलेख लेखिरहेको समयसम्म विश्वभर १४,१८९,२२३ जना संक्रमित भइसकेका छन भने ५९९,३४१जनाले ज्यान गुमाइसकेका छन र ८,४५५,२०६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन ।
विश्व व्यापी रुपले एउटा महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमण र जोखिमबाट नेपाल अछुतो रहन सकेन । नेपालमा पनि १७,३४४ जना संक्रमित हुन पुगेका छन भने ४० जनाले ज्यान गुमाइसकेका छन र ११, २४९ जना उपचार पछि निको भएर घर फर्किसकेका छन ।
यसरी विश्व व्यापी रुपले गंभीर प्रकारको महामारीको रुपमा फैलिएको कोभिड–१९ ले विश्व व्यापी रुपमै मानवीय क्षेत्रमा , आर्थिक क्षेत्रमा , सामाजिक क्षेत्रमा , साँस्कृतिक क्षेत्रमा लगायत विश्व मानव समाजमा ठूलो असर मात्रै पारेको छैन , यसले ज्यादै अपुरणीय क्षति समेत पुरयायी सकेको छ । साथै यस मानव संहारकारी कोभिड–१९ ले विश्व मानव सभ्यतामाथि नै गंभीर प्रकारको चुनौतीका रुपमा खडा हुन पुगेको छ ।
यस महामारीको आजसम्म वैज्ञानिकहरुले औषधि –खबअअष्लभ) पत्ता लगाउन नसकेको अवस्था भएकोले सुदूर भविष्यसम्म असर गर्ने र क्षति पुरयाउने कुरालाई नकार्न सकिने अवस्था छैन ।
यस मानव संहारकारी कोभिड–१९ ले विश्व मानव समाजको मानवीय , आर्थिक , राजनीति , सामाजिक , साँस्कृतिक क्षेत्रका साथै विश्व कम्युनिस्ट आन्दोलनमा समेत ठूलो असर र प्रभाव पार्नु स्वाभाविकै हुन्छ ।
यसले सबैभन्दा ठूलो असर र प्रभाव कम्युनिस्ट आन्दोलनमा पारेको छ । किनभने विश्व कम्युनिस्ट आन्दोलन भनेको न्यायप्रेमी तथा मुक्तिकामी जनता र विश्व साम्राज्यवाद , प्रभुत्ववाद तथा विस्तारवादद्वारा उत्पीडित राष्ट्रहरुको मुक्ति आन्दोलनको निर्देशन , दिशाबोध र गाइडलाइन प्रदान गर्ने महत्वपूर्ण अन्तर्राष्ट्रिय संगठित शक्ति हो । यद्यपि आज क्रान्तिकारी कम्युनिस्ट अन्तर्राष्ट्रियको अर्थात च्भखयगितष्यलबचथ क्ष्लतभचलबतष्यलब िःयखझभलत ९ च्क्ष्ः ० क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) को विघटन पछि क्रान्तिकारी कम्युनिस्टहरु र कम्युनिस्ट पार्र्टीहरुको अन्तर्राष्ट्रिय केन्द्र नबनिरहेको अवस्था भए पनि निर्माण गर्ने सवालमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) पार्र्टीको पहलमा कामको थालनी भइसकेको छ । यसलाई छिटो कार्यान्वयनमा ल्याउन जरुरी छ ।
यसका साथै सोभियत रुस र चीनमा प्रतिक्रान्तिकारी गध्दार गुटहरुद्वारा प्रतिक्रान्ति गरेर पुँजीवादको पुनःस्थापना गरिए पनि विश्व कम्युनिस्ट आन्दोलन प्रतिरक्षात्मक अवस्थामा पुगेको छ । विश्व सर्वहारा क्रान्तिका लागि वस्तुगत अवस्था परिपक्व हुदाहुदै पनि आत्मगत शक्ति ज्यादै कम्जोर अवस्थामा रहेको छ ।
महान लेनिनले गरेको पुँजीवादको विश्लेषण र संश्लेषण अनुसार आज पनि साम्राज्यवाद र सर्वहारा क्रान्तिको बिचको भीषण वर्गसंघर्षको युगको महत्व र सान्दर्भिकता समाप्त भैसकेको छैन । लेनिनवादको आवश्यकता र सान्दर्भिकता अरु बढेर गएको छ । किनभने आजको युग साम्राज्यवाद र विश्व सर्वहारा वर्ग बिचको भीषण वर्गसंघर्षको युग हो ।
आज नेपाल , भारत , फिलिपिन्स , टर्र्की , अफगानिस्तान , भेनेजुयला , पेरु , बंगलादेश , पाकिस्तान समेतका देशका माक्र्सवाद–लेनिनवाद–माओवादलाई पथप्रदर्शक सिध्दान्त अंगिकार गर्दै आएका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्र्टीहरुले आ–आफ्नो देशको विशिष्टतामा आधारित भएर क्रान्तिका कामलाई अगाडि बढाइरहेका छन । आ–आफ्नो विशिष्टतामा आधारित रहेर जनयुद्धका कार्यक्रमहरु अगाडि बढाइरहेका छन ।
नेपालमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) पार्र्टीले महान दश वर्षे जनयुद्धको जगमा टेकेर सशस्त्र जनविद्रोह मार्फत जनताको जनवादी व्यवस्था स्थापना गर्दै वैज्ञानिक समाजवाद हुदै नेपाली समाजलाई वैज्ञानिक साम्यवादमा पुग्ने लक्ष्य लिएर क्रान्तिका कामलाई घनिभूत बनाइरहेको छ । यो एउटा विशिष्ट परिस्थितिको कुरा हो ।
आज ८ महिना पहिलेदेखि फैलिएको कोभिड–१९ को संक्रमण र जोखिमले सबैभन्दा ठूलो खसर र प्रभाव काम गरिखाने , रगत र पसिना बगाएर जीवन गुजारा गर्ने वर्गलाई गरेको छ । सबै देशमा गरिएको बन्दाबन्दीका कारण काम गरिखाने , श्रमिक , मजदुर वर्ग र किसान जनसमुदायलाई ठूलो असर गरेको छ ।
किनभने ८÷८ महिनासम्मको कडा लकडाउनका कारण उद्योग , कलकारखाना , बजार , यातायात , शिक्षण संस्थाहरु बन्द भइरहदा विश्वव्यापी रुपमा असर परेको छ । मजदुरहरुले काम गर्ने रोजगारीहरु गुमाएका छन । कम्जोर र पिछडिएका देशका मजदुरहरु अन्य मुलुकहरुमा पुगेर रोोजगारी गर्दै आएका थिए । आज ती देशहरू पनि कोभिड–१९ को कारण कहिल्यै नउठनेगरी थिलो थिलो बनिसकेका छन । मुख्य गरी श्रमिक वर्ग र काम गरिखाने , जीवन गुजारा गर्ने वर्गले अवसरहरु गुमाई सकेका छन । यसले एकातिर संसारका हरेक देशहरूमा जनताद्वारा विद्रोह हुने संभावना बढेर जानेछ भने संसार भरकै कम्युनिस्ट पार्र्टीहरुमा विविध प्रकारका संकटहरु पैदा हुने कुरालाई पनि नकार्न सकिदैन ।
एकातिर पार्र्टी सञ्चालन गर्नका लागि आर्थिक समस्या जटिल बन्दै जान सक्छ भने अर्र्काेतिर कार्यकर्ताहरु पलायन हुने सम्भावनाहरु पनि बढ्दै जाने यो द्वन्द्ववादलाई पनि नकार्न सकिदैन । यस प्रकारको प्रतिकूल परिस्थितिमा पार्र्टीलाई वैज्ञानिक र व्यवहारिक ढंगले सञ्चालन गर्न जरुरी हुनेछ ।
यसको अर्र्काे पाटो के हो भने दोस्रो विश्युध्द पछि विश्व मानव समुदायमा एउटा नयाँ परिस्थिति पैदा गर्दै छ । पहिलो र दोस्रो युध्द पछि विश्व मानव समाजमा बढी संकट यस कोभिड–१९ को कहरले एउटा प्रभाव छोडेको छ ।
दोस्रो विश्व युध्द पछि विश्व राजनीतिक परिस्थिति र शक्ति सन्तुलनमा पनि फरक आएको थियो र त्यस पछि संयुक्त राज्य अमेरिका प्रमुख शक्ति राष्ट्रको रुपमा उदायो र विश्व कै पहिलो साम्राज्यवादी लुटेरा राष्ट्रको उदायमान हुन पुग्यो । आज पनि अमरिकी साम्राज्यवाद नै भूमण्डलीकृत साम्राज्यवादको नाइकेका रुपमा रहेकै छ । तर आज कोभिड– १९ को कहरले सबैभन्दा बढी क्षति अमेरिकालाई नै पर्न गएको छ ।
अबका दिनमा चीन अमेरिका भन्दा अगाडि बढ्न सक्ने संभावनालाई नकार्न सकिदैन । अबको विश्वमा चीन पहिलो शक्तिशाली राष्ट्र बन्न सक्ने संभावना बढ्ने देखिन्छ । यस प्रकारको परिस्थितिको निर्माण हुन पुग्यो भने विश्व राजनीतिक शक्ति सन्तुलनमा पनि फेरबदल आउन सक्छ । त्यसो भयो भने यसले विश्व कम्युनिस्ट आन्दोलनलाई प्रभाव पार्न सक्छ । र यसले विश्व क्रान्तिलाई पनि असर पर्न सक्छ । यस प्रकारको परिस्थिति निर्माण हुन गयो भने विश्व सर्वहारा वर्गले नयाँ कार्य दिशा तय गरेर क्रान्तिका कामहरुलाई अगाडि बढाउनु पर्ने संभावना बढेर आउने छ । यसलाई पनि विश्वभरका क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरुले क्रान्तिका कामहरुलाई अरु नयाँ ढंगले सोच्नुपर्ने स्थिति पैदा हुन सक्छ ।
यहाँनेर एउटा नयाँ तथ्य के हो भने साम्राज्यवादमा गिरिसकेको संसदीय पुँजीवादी व्यवस्था कोभिड–१९ बाट हुने संक्रमण र त्यसबाट हुने मानवीय क्षति , जो विश्व स्तरमै लाखौंको क्षति हुन पुग्यो , यस जोखिम र क्षतिबाट जनतालाई जोगाउन र संरक्षण गर्न पूर्णरूपमा असफल भइसकेको छ र भविष्यमा पनि यसले जनतालाई संरक्षण गर्न सक्तैन । पुँजीवादी राज्य व्यवस्था भनेको दलालहरुद्वारा शासन प्रशासन चलाउने व्यवस्था हो । अर्थात दलाल सरकार भनेको जनताको निम्ति रमिते सरकार हुने भएकोले त्यसले जनतालाई माया गर्न , सहयोग गर्न सक्तैन । संसदीय पुँजीवादी व्यवस्थाको चरित्र पनि यही नै हो ।
यसको विकल्पमा वैज्ञानिक समाजवाद बाहेक अर्र्काे विकल्प छैन भन्ने कुराको पुष्टि यो कोभिड–१९ को परिघटनाले गरेको छ । किनभने आफू बाँच्नका लागि केही बाँकी राखेनन । त्यही अमेरिकी साम्राज्यवादले पैसो बाहेक अरु केही होइन , पैसाले नै सबै काम गर्छ भनेर संसार भरबाट बन्दुकको भरमा लुट्ने र सोहोर्ने गर्दै आएको थियोे । तर आज त्यही पैसोले अमेरिकी धनाढ्यहरुलाई बचाउन सकेन ।
पश्चिमी पुँजीवादीहरुलाई पनि कोभिड–१९ को जोखिमबाट पैसोले बचाउन सकेन । त्यस कारण पुँजी नै सबै थोक रहेनछ भन्ने पाठ सिकाएको छ । तसर्थ सबैखाले प्राकृतिक समस्या , मानवीय समस्या र विश्व जनताको मुक्तिका समस्याहरु पुँजीवादी व्यवस्थाले होइन , वैज्ञानिक समाजवादले मात्र गर्न सक्छ भन्ने पुष्टि गरिदिएको छ । र , यस परिघटनाले पुँजीवादको विकल्पमा एक मात्र विकल्प वैज्ञानिक समाजवाद हो भन्ने तथ्यलाई विश्व कम्युनिस्ट आन्दोलनमा स्थापित गर्नुको विकल्प छैन ।
विश्मा घटित ठूला ठूला परिघटना पश्चात नयाँ राजनीतिक परिस्थिति पनि नयाँ ढंगले विकास भएको इतिहास छ । जस्तैः पहिलो विश्व युध्द चलिरहेकै बेला त्यसले ल्याएको संकटलाई छिचोल्दै सन १९१७ अक्टोबर २५ (नोभेम्बर ७) मा महान रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियोे । अक्टोबर क्रान्तिले नयाँ युगको सूत्रपात गरेको थियो । पुँजीवादी व्यवस्थालाई ध्वस्त पारेर त्यसको ठाउँमा नयाँ व्यवस्था अर्थात सर्वहारा वर्गको अधिनायकत्व सहितको वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना भएको थियोे । त्यसले विश्व सर्वहारालाई निकै उत्साहित तुल्यायो ।
त्यस पछि जर्मन कम्युनिस्ट पार्टी) (१९१८), हंगेरियन कम्युनिस्ट पार्र्टी (१९१८) , बुल्गेरियन कम्युनिस्ट पार्टी (१९१९) युगोस्लाभ कम्युनिस्ट पार्र्टी (१९१९) ,भारतमा हिन्दुस्थान कम्युनिस्ट, भियतनामी कम्युनिस्ट पार्र्टी, ,मलेसियन कम्युनिस्ट पार्टी (१९२०) , चिनीया कम्युनिस्ट पार्टी (१९२१) , इटालियन कम्युनिस्ट पार्टी (१९२१) कोरियान वर्कर्स पार्टी जापनिज कम्युनिस्ट पार्टी (१९२२) (१९२५) पेरुभियन कम्युनिस्ट पार्टी ( १९२८) साउथ सिज कम्युनिस्ट पार्र्टी (१९२८) इराकी कम्युनिस्ट पार्टी (१९३४) बर्मिज कम्युनिस्ट पार्टी (१९४३) आदि ।
दोस्रो विश्व युध्द पछि पनि विश्व राजनीतिमा परिवर्तन आएको थियोे । दोस्रो युध्द पछि संयुक्त राज्य अमेरिका पहिलो शक्तिशाली राष्ट्रको उदायो र विश्व मै पहिलो साम्राज्यवादी मुलुकको रुपमा उदायो , जो अहिलेसम्म कायमै छ ।
अर्र्कोतिर दोस्रो युध्द पछि चीनमा १९४९ अक्टोबर १ का दिन महान चिनीया नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो । चिनीया नयाँ जनवादी क्रान्तिले विश्व सर्वहारा वर्गलाई रक्ततसञ्चार गरायो । त्यस पछि भियतनाम , उत्तर कोरिया , कम्बोडिया , क्युवामा जनवादी तथा समाजवादी क्रान्तिहरु सम्पन्न गरिए । १९४९ अप्रिल २२ का दिन नेपाल कम्युनिस्ट पार्र्टीको स्थापना भएको थियोे । यसरी पहिलो र दोस्रो विश्व युध्द पछि विश्व जनसंख्याको आधा भन्दा बढी जनसंख्या कम्युनिस्ट सरकारको छातामुनी गोलबन्द हुन पुगे ।
माथि पनि धेरै ठाउँमा उल्लेख गरिएको छ कि यस कोभिड–१९ को परिघटनाले विश्व मानव समाजमा ल्याएको संकटले नयाँ चुनौती र संभावना दुबै ल्याउने कुरालाई नकार्न सकिदैन । अब नयाँ राजनीतिक परिस्थिति पैदा हुने र नयाँ राजनीतिक विचारधारा सहित नयाँ मुलुकहरु उदाउने र विश्व सर्वहारा वर्ग र विश्व मानव समाजमा विल्कुलै उत्साह र नयाँ क्षितिज उदाउने सम्भावनालाई नकार्न सकिदैन ।
यस प्रकारका परिस्थितिहरु पैदा हुने परिस्थितिमा विश्व सर्वहारा वर्ग र सम्बन्धित देशमा क्रान्तिको तयारी गरिरहेका क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरुले नयाँ परिस्थितिमा नयाँ योजना र नयाँ आधारमा नयाँ किसिमले क्रान्ति सम्पन्न गर्नका लागि सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुलाई एकताबध्द गर्ने , क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी शुध्दिकरण र सुदृढीकरण गर्ने र क्रान्तिकारी रुपान्तरण भएर अगाडि बढ्ने आँट गर्ने र क्रान्तिकारी कार्य दिशाहरु अप गर्दै जाने कार्यमा वैज्ञानिक ढंगले ध्यान दिने दिशातिर अगाडि बढ्नुको विकल्प छैन ।
(लेखक–अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन )