सघर्ष एकताको साधन हो र एकता सघर्षको उद्देश्य हो । यदि एकता सघर्षको माध्यमबाट प्रप्त हुन्छ भने त्यो टिकाउ हुन्छ । यदि एकता सम्झौता गरेर प्राप्त गरिन्छ भने त्यो छिट्टै मेटिने छ ।ूमाओ। । उपरोक्त भनाइले स्पष्ट गर्दछ, एकता सापेक्षक र अस्थायी हुन्छ र सघर्ष निरन्तर । कम्युनिस्ट आन्दोलनमा कृयाशिल नेता तथा कार्यकर्ताहरुले माओत्सेतुङको त्यो विश्व दृष्टिकोणलाई आत्मसात गर्ने बिषयमा त्यति ध्यान दिएको पाइदैन । जस्तो सघर्ष एकताको साधन हो भने एकता सघर्षको उद्देश्य हो भन्ने कुराले नै प्रस्ट गर्दछ सघर्ष प्रधान र मूख्य विषय हो । सघर्ष मूख्य हुदाहुदै पनि एकताको महत्त्वलाई उपेक्षा गरियो भने सहि निस्कर्षमा अबस्य पुगिदैन । त्यो कुरा राज्यसत्ताको प्रस्नमा मात्र होइन, स्वयं पार्र्टी जीवनका लागि पनि त्यतिकै सत्य हो । तर , कम्युनिस्ट आन्दोलनमा त्यसलाई ठीक ढङ्गले बुझ्ने र कार्यनयन गर्ने प्रश्नमा कैयौ जटिलता र समस्याहरु रहदै आएका छन र त्यसको प्रयोग गर्ने सन्दर्भमा एकता र सघर्षको द्वन्द्वात्मक सम्बन्धलाई अलग ढङ्गले ब्याख्या र विश्लेषण गर्ने समस्या देखिन्छ ।जसले गर्दा कम्युनिस्ट आन्दोलनमा विभिन्न प्रकारका भड्कावहरु देखा पर्दछन । ती भड्कावका पछाडिको चुरो कुरा सघर्ष र एकता सम्बन्धि रहेको खोटपुर्ण सोचाइ र चिन्तन नै मुख्य जिम्मेवार छन । सामन्यतः कम्युनिस्ट आन्दोलनमा लागेका लामो समय सक्रिय योगदान गरेका नेता तथा कार्यकर्ताहरुमा विभिन्न भड्काव आउने कुरा उनीहरुको नियतमा भन्दा पनि दृष्टिकोणमा रहेको खोटपुर्ण शोचाइ र चिन्तन बढी जिम्मेवार देखिन्छ ।
नेपाल र विश्व कै कम्युनिस्ट आन्दोलनका तमाम नेताहरुलाइ हेर्दा ती थुप्रै उदाहरणहरु देख्न सकिन्छ । एउटा क्रान्तिकारी ब्यक्ती खास समयामा क्रान्तिकारी हुने कुरा सामन्य हो तर कम्युनिस्ट पार्र्टीको सदस्य खास समयको मात्र क्रान्तिकारी हुदैन । र ,उ निरन्तर क्रान्तिकारी हुन्छ । तर, हाम्रो कम्युनिस्ट आन्दोलनमा हेर्दा त्यस्तो निरन्तर क्रान्तिकारी तथा सघर्ष र एकतालाई द्वन्द्वात्मक ढङ्गले ग्रहण गर्ने र त्यसको पक्षमा अविचलित हुने कुरा निकै गाह्रो बिषय बन्दै आएको छ । सायद त्यसैले होला माओत्सेतुङले निरन्तर क्रन्तिको सिद्धान्तमा आधारित महान सर्वहारा सास्कृतिमा जोड दिदै आफ्नै पार्टी र नेतृत्वका विरुद्ध समेत सघर्ष गर्न अपिल र आव्हान गरेको । औपचारिक रूपमा सर्वहारा सास्कृतिक क्रन्तिको पक्षमा उभिने कैयौ पार्र्टी र सङ्ठनहरु तथा ब्यक्तिहरु पनि त्यसको कार्यान्वयनमा आफुलाइ खरो उतार्न नसकेको देखिन्छ । यो नै आजको कम्युनिस्ट आन्दोलनको मुख्य स् बैचारिक समस्या बन्न गएको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा एकता र सघर्षप्रती प्रायस द्वन्द्वात्मक दृस्टिकोणले भन्दा पनि अधिभुतवादी सोचाइका आधारमा निस्कर्ष निकाल्ने जुन परम्परा छ, त्यसले माओले भने जस्तो एकता सापेक्षिक र सघर्ष निरपेक्ष र निरन्तर भन्ने कुरामा त्यति ध्यान दिएको पाइदैन । त्यति मात्र होइन, एकताको प्राप्ती नै सम्झौतामा खोज्ने जुन चिन्तन छ त्यो मुलतः दक्षिणपन्थी संसोधनवादको भद्धा प्रयोग नै हो , जसलाइ माओले छिट्टै मेटिने भनेर ब्याख्या गरेका छन । दार्शनिक रुपमा माओले बिकशीत गरेको विपरीतहरुका बीचको एकता र सघर्ष नै द्वन्दवादको आधारभुत मान्यताप्रती त्यति ध्यान दिएको पाइदैन । सामन्यतः द्वन्द्ववादका तीन नियमहरुलाइ समान ढङ्गले बुज्ने दृस्टिकोणलाइ माओले गलत बताउदै त्यसको आधारभुत नियम विपरीत बीचको एकता र सघर्ष नै हो भन्ने कुरामा मुख्य जोड दिदै त्यसको प्रयोग र बिकासद्वारा प्रमाणित गरेको कुरा पुष्टि भएको छ । तसर्थ , माओले प्रमाणीत गरेको उक्त तथ्यलाई आत्मसात गर्दै , वर्गसंघर्षलाई नयाँ उचाइमा उठाउने मान्यताका आधारमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनु क्रान्तिकारीहरुको दायित्व र कर्तव्य हो । त्यो दायित्वलाई पूरा गर्न सहि दृष्टिकोण अनिवार्य हुन्छ , त्यसैले सघर्ष र एकता सम्बन्धि मलेमावादी मुल्य मान्यता तथा कार्यदिशाको आलोकमा आजको अंतर्विरोधको निरुपण सम्भव हुनेछ ।
उदाहरणका लागि वर्तमान सन्दर्भमा, सत्तारुढ नेकपा ले जसरी एकतालाई सम्झौताको टेकोद्वारा निरन्तरता दिने कोशिश गरिरहेको छ त्यो उनिहरुको सम्झौताप्रस्त नीतिको द्योतक हो । दक्षिणपन्थी अबसरवादी राजनैतिक चिन्तनले हमेसा पुँजीवाद तथा साम्राज्यवादको सेवा गर्ने र कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्ने काम गर्दछ । त्यसैले संसोधनवाद्का विरुद्ध निर्मम सघर्ष गरेर नै क्रान्तिकारी आन्दोलन निरन्तर अगाडी बढ्दै आएको ऐतिहासिक तथ्यलाई आत्मसात गर्न जरुरी छ । आजको कम्युनिस्ट आन्दोलनको मुख्य समस्या दक्षिणपन्थी संशोधनवाद रहेकोले त्यसका विरुद्ध बैचारिक , राजनैतिक ,सागठानिक र सघर्षद्वार नै त्यसको प्रतिवाद गर्नु पर्ने हुन्छ । बिगतका जति पनि कम्युनिस्ट सत्तामा प्रतिक्रान्ती भएको छ त्यसको मुख्य कारण दक्षिणपन्थी अवसरवादले पुँजीवादसङ्ग गरेको सम्झौता र साठगाठको नीतिले नै हो । अर्को शब्दमा भन्दा संशोधनवाद आफैमा पुँजीवादीको एजेरु भएकोले पुँजीवादी राज्यसत्ता विरुद्धको सघर्षका दौरान त्यसको चरीत्र पनि बढी उदाङ्गो हुँदै जानेछ । तर ,यो सघर्ष निकै लामो र निरन्तर चलाउनु पर्ने हुन्छ । कम्युनिस्ट आन्दोलनको मुल्य मान्यतालाइ अगाडि बढाउदा दक्षिणपन्थी संशोधनवादका विरुद्ध मात्र होइन, अराजकतावाद विरुद्ध पनि त्यतिकै सचेतापुर्वक बैचारिक सघर्ष चलाउनु पर्ने हुन्छ । जब सम्म सघर्ष सम्बन्धि मालेमावादी नीतिलाई आत्मसात गर्दै नेपालको विशिष्टतामा त्यसको प्रयोग गरिदैन तबसम्म आन्दोलनले सहि दिशा समात्न सक्दैन । अहिले सम्म भएका विभिन्न वर्गसंघर्ष , जन आन्दोलन जनयुद्ध लगाएतका सघर्षका अनुभवबाट शिक्षा लिदै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन कम्युनिस्ट क्रान्तिकारीहले ध्यान केन्दित गर्नु पर्दछ । त्यसले मात्रै माओले भनेझै सघर्ष सम्बन्धि सहि निस्कर्षमा पुग्न सकिने छ र त्यो नै आजको कार्यभार हो ।

प्रतिक्रिया

सम्बन्धित खवर