चेपाङ बस्तीमा आगो लगाई घरबारविहीन बनाएको घटनाकाे क्रान्तिकारी माओवादीले गर्याे घाेर भत्र्सना

प्रकाशित मिति : २०७७ श्रावण ५

काठमाडौं  । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले चेपाङ बस्तीमा आगो लगाई घरबारविहीन बनाएको घटनालाई लिएर नेकपा ( क्रान्तिकारी माओवादी)  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।   क्रान्तिकारी माओवादी ३ नं प्रदेशका सचिव प्रवेशले जारी गरेकाे विज्ञप्तिमा घटनालाई निन्दनीय र अमानवीय भन्दै घोर भर्त्सना गरिएकाे छ । र, वैकल्पिक व्यवस्था नगरी यस्तो निकृष्ट र अमानवीय कार्य गर्नेमाथि कडा कारबाही गर्न माग समेत गरिएकाे छ ।
आगजनी पीडितहरुलाई आवाससहित खाद्यान्न, लत्ता कडाकाे व्यवस्था गर्न सरकारसित जाेडदार माग गर्दै घटनाका विरुद्ध  संघर्षमा उत्रन चितवन जिल्ला पार्टीलाई निर्देशन समेत दिइएकाे छ ।
निकुञ्ज प्रशासनले माडी-९, कुसुमखाेलामा रहेकाे सुकुम्बासी चेपाङ बस्तीका २ वटा घरमा आगो लगाएको र हात्ती लगाएर अन्य घर भत्काएको थियो । सो क्षेत्रमा चेपाङहरु २०५३ सालबाट बस्दै आएका थिए ।