आषाढ १७, काठमान्डौ,
ने.क.पा. (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिवालय सदस्य र इच्छुक प्रतिष्ठानका अध्यक्ष क. हिरामणि दुःखीका पिता क. देवीराम पौडेलको आज विहान ८३ वर्षको उमेरमा निधन भएकोमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सी.पी. गजुरेलले संंगठनको तर्फबाट एक श्रद्धाञ्जली बक्तव्य दिनुभएकोछ, जसको पूर्णपाठ तल दिइएकोछ–

हार्दिक श्रद्धाञ्जली
ने.क.पा. (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिवालय सदस्य र इच्छुक प्रतिष्ठानका अध्यक्ष क. हिरामणि दुःखीका पिता क. देवीराम पौडेलको आज विहान ८३ वर्षको उमेरमा निधन भएको खवरले हामी अत्यन्त दुःखित भएका छौं । क. देवीराम पौडेल देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङ जिल्लाको तुल्सीपुर नगर समितिका सल्लाहकार हुनुहुन्थ्यो । वहाँ प्रति देशभक्त जनगणतान्त्रिक मोर्चाका तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै क. हिरामणि दुःखी लगायत सबै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।

सी.पी. गजुरेल
अध्यक्ष
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर