पोखरा । नेकपा क्रान्तिकारी माओवादी लगायत ११ दलिय संयुक्त मोर्चाले भोलि पोखरामा विरोध सभा गर्ने भएको छ ।
राष्टघाती एमसीसी सम्झौताको बिरोधमा भोलि असार १७ गते बुधबार १ बजे पोखराको लखनचोकमा संयुक्त मोर्चा (११ दलीय) को आयोजनामा संयुक्त बिरोध कार्यक्रमको आयोजना गर्ने निर्णय भएको नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ का सेक्रेटरी किशोरले बताए ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ४ नम्बर प्रदेश समितिको सचिवालयको बैठक आज १६ गते पोखरामा सेक्रेटरी कमरेड किशोरको अध्यक्षतामा सम्पन्न भएको छ । वर्गीय मुक्ति आन्दोलन साथै बिभिन्न चरणमा भयका आन्दोलनको क्रममा बलिदान गर्नु हुने ज्ञात अज्ञात महान सहिदहरु प्रति १ मिनेट मौन धारण गरी सुरु भएको उक्त बैठकले राष्टघाती एमसीसी सम्झौताको बिरोधमा १७ गते १ बजे पोखराको लखनचोकमा संयुक्त मोर्चा ( ११ दलीय ) को आयोजनामा संयुक्त बिरोध कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले आगामी असार २२ गते नेपाल कम्युनिष्ट पार्टी ( क्रान्तिकारी माओवादी ) का पोलिटब्यूरो सदस्य एवंम ४ नम्बर प्रदेश समितिका संस्थापक संयोजक श्रीनाथ अधिकारी (श्याम)को प्रथम स्मृति कार्यक्रम प्रदेश समितिको आयोजनामा पोखरामा गर्ने निर्णय गरेको छ ।
राष्ट्रियता, राष्ट्रिय स्वाधिनता साथै आर्थिक, राजनीति र समाजिक परिवर्तनको लागि उहाले गरेको योगदानको उच्च सम्मान गर्दै नेपाल र नेपाली जनताको बिरुद्ध हुन गईरहेको राष्ट्रघाती कार्यको बिरोद्धको आन्दोलनसग जोडेर श्यामको स्मृति कार्यक्रम प्रदेश समितिले आयोजना गर्ने निर्णय गरेको कुरा सेक्रेटरी किशोरले बताए ।