एमसीसी खारेजीको माग गर्दै क्रान्तिकारी माओवादी ललितपुरले ग¥यो विरोध प्रदर्शन (फोटोफिचर)

प्रकाशित मिति : २०७७ असार १५

- कुमार भट्टराई


ललितपुर । नेकपा (क्रान्तिकारी माओवादी) ललितपुरले एमसीसी सम्झौताको खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । लगनखेलमा जम्मा भएका क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताले मंगलबजार हुँदै पाटन दरबार स्वायरसम्म विरोध ¥याली गरी कृष्ण मन्दिरमा पुगेर विरोधसभा गरे ।


देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालकी केस तथा जिल्ला अध्यक्ष इन्दिरा अधिकारीले सञ्चालन गरेको विरोधसभालाई पार्टीका जिल्ला सचिव श्याम केसी, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ३ का संयोजक अर्जुनलाल श्रेष्ठ, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला संयोजक हिक्मत महरा लगायतले सम्बोधन गरेका थिए ।


वक्ताहरुले एमसीसी सम्झौताको विरोध गर्दै जसरी पनि उक्त सम्झौता खारेज गरिनुपर्ने माग गरेका थिए । कार्यक्रममा एमसीसी सम्झौता खारेज गर, अमेरिकी साम्राज्यवाद मूर्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, सम्पूर्ण देशभक्तहरु एक होऔं लगायतका नाराहरु लगाइएका थिए । साथै, उल्लेखित नाराहरु लेखिएका प्ले कार्डहरु समेतको प्रदर्शन गरिएको थियो ।