ओलिको सत्तामोह र भ्रमपुर्ण छलकपट

ओलिको सत्तामोह र भ्रमपुर्ण छलकपट

कुनै पनि चिजको विकास वा विनासमा मुख्य कारण आन्तरिक हुन्छ । बाह्य परिस्थितिले सृजना गर्ने भनेको ताप र दबाब मात्रै हो । अहिले नेपालको राजनीतिक परिदृष्यमा कयौं नयाँ भाष्यहरु देखिएका छन । दलाल प्रतिक्रियावादी संसदीय व्यवस्था विरुद्धको जन आक्रोश सतहमा प्रकट भएको छ । नेपालका दलाल संसदवादी गुटहरु चरम आन्तरिक संकट बाट गुज्रि रहेका छन । नेपालको राष्ट्रिय स्वाधीनता र स्वाभिमानका विरुद्ध, जनतन्त्र, जनआवाज र जनाधिकारको विरुद्ध शासक वर्गको गद्दारी, हिंसारआतंक र भ्रष्टाचार विद्यमान संकटका बाह्य कारण हरु हुन । यद्यपि यो संकटको मुख्य पक्ष भनेको विद्यमान राजनीतिक व्यवस्था हो । जसलाई साम्राज्यवाद र विस्तारवादको नुन पिठो खाएका नेपालका दलाल संसदवादी गुटले हाँकिरहेका छन । यहाँनेर पात्रको खास भुमिका हुँदैन । पात्र छनौटको विषय पनि यिनिहरुको क्षेत्राधिकार भित्र पर्दैन । यो साम्राज्यवाद र विस्तारवादको निति, योजना र नियन्त्रण अनुसार हुन्छ ।

वर्तमान नेपालको राजनीतिक व्यवस्था तीव्र संकटमा छ । यसका तात्कालिक असरहरु स्वतस् अहिलेको सरकारमा देखिएका छन । जस कारण ओलि सरकार निरन्तर संकटग्रस्त छ।

वर्तमान नेपालका प्रधानमन्त्री ओलि पनि लामो समय भारतिय विस्तारवादको वैशाखी टेकेर, ओतरछहारी परेर, नुन पिठो खाएर निरन्तर विस्तारवादको पक्षमा बहस पैरवी गर्ने दलाल हुन । ओलिले महाकाली सन्धिमा भारतिय शासक वर्गको पक्षमा अलौकिक भक्तिभाव प्रकट गरेका थिए । यद्यपि अहिले ओलि आफ्नो भक्तिमोह अलिकति बदलेर अमेरिकी साम्राज्यवादको कित्तामा जम्प हान्न खोजेको देखिन्छ । हिजो महाकाली सन्धि ताका जसरी उनको जिब्रोमा महाकाली-महाकाली झुन्डिएको थियो अहिले त्यसमा एमसीसी पनि थपिएको छ । एमसीसी ओलि जी को अहिलेको नयाँ मन्त्र हो । महाकाली सन्धी राष्ट्रघात थियो भने एमसीसी महा-राष्ट्रघात हो । तथापि अहिले उनी यही महा-राष्ट्रघातको पथररथमा सवार छन । यो पथररथमा उनका गुटका केही नेतारमन्त्री र कांग्रेसका देउवा पनि उनको खास सहयोगी भुमिकामा सवार छन । उनको सरकारको निरन्तरता वा दुर्घटनाको केही सम्बन्ध यो मन्त्र सँग पनि जोडिएको छ । देशभित्र वर्तमान व्यवस्थाको विरुद्धमा देखिएको जन-आक्रोश, भ्रष्टाचारी सरकारको उपमा पाएको अहिलेको सरकार र पार्टी भित्र गुम्दैरधमिलिदै गएको उनको राजनीतिक उपस्थिति, ओलिको अलोकतान्त्रिक चरीत्र, राज्य संरचना र शक्तिको आडमा ओलिमा चढ्दै गएको निरंकुश फाँसिवादी उन्माद र कथित राष्ट्रवादको भ्रममा ओलिले शुरु गरेको राष्ट्रघातको तुच्छ अभ्यास आदि उनको बहिगर्मनका तात्कालिक मुख्य कारण हुन सक्छन । तर फेरि पनि मुख्य र दीर्घकालीन महत्त्वको विषय भनेको विद्यमान राजनीतिक प्रणाली हो, यो दलाल प्रतिक्रियावादी संसदीय व्यवस्था हो जहाँ ओलि मात्रै नभएर ओलि झैं हजारौं पात्र फेरिने विषय पनि सामान्य हुन्छ ।

यहि पृष्ठभूमिमा ओलि जीले असार १४ गते २०५० जेष्ठ ३ मा रहस्यमय दासढुङ्गा दुर्घटनामा मारिएका तत्कालीन एमाले का महासचिव मदन भण्डारीको जन्म जयन्ती कार्यक्रमलाई वालुवाटारमा सम्बोधन गर्दै राष्ट्रघात, जनघात र भ्रष्टाचारले दुर्गन्धित बनेका संघ, प्रदेश र स्थानिय निकायका सरकारको चर्को बचाउ गर्दै आफुलाई केन्द्रमा राखेर ठुलो आत्म-प्रसंशा पनि गरे । पुनः राष्ट्रवाद परिभाषित गरे । महाकाली सन्धि र ःऋऋ लाई “महान राष्ट्रवादी उपलब्धि“ भन्ने ओलिको राष्ट्रवाद पनि विचित्रको छ । यहि विचित्र राष्ट्रवादको हवाला दिँदै आफुलाई सरकार बाट निकाल्न दूतावास र होटलहरुमा षड्यन्त्र हुन थालेको कायरतापुर्ण रहस्य उद्घाटन पनि गरे । करिब २ तिहाई निकट संसदको प्रतिनिधित्व गर्ने पार्टीको प्रधानमन्त्री ओलिको यो अभिव्यक्तिले उनको मात्रै नभएर वर्तमान दलाल संसदिय व्यवस्थाको जग समेत कति कमजोर छ भन्ने प्रष्ट गरेको छ भने अर्को तर्फ राजनीतिक रुपमा निरीह बन्दै गएका राष्ट्रघाती-जनघाती र भ्रष्टाचारी सरकारको नेतृत्व गर्ने ओलिले सरकारको निरन्तरताको निम्ति जनतामा भ्रम बाड्ने दुस्साहस गरेको पनि स्पष्ट छ ।

यद्यपि हाम्रो सु-स्पष्ट राजनीतिक विचार, मान्यता र अडान छ कि मुल समस्या विद्यमान राजनीतिक प्रणालीमा छ, वर्तमान दलाल प्रतिक्रियावादी संसदिय व्यवस्थामा छ । यो राजनीतिक प्रणाली र व्यवस्था ध्वस्त नगर्दा सम्म जनताले जनताको व्यवस्थामा फड्को मार्न वा स्थापित गर्न असम्भव छ । तर जसरी ओलिले निरन्तर जनतालाई छलकपट र षड्यन्त्रको भ्रम पैदा गर्ने र मुल विषयलाई अन्यत्र मोड्ने कोसिस गर्दैछन यो सम्पुर्ण जनता र राष्ट्रको हित विरुद्ध छ । यो जनताले सञ्चालन गर्दै आएको क्रान्तिकारी आन्दोलनको इतिहास, गौरव र गतिको विरुद्ध छ । यो एक व्यक्तिको निजि विचार मात्रै नभएर खतरनाक प्रवृत्ति हो । ओलि प्रवृत्ति सत्ता उन्मादमा अन्धो, बहिरो र विचार शून्य छ । यसले देशलाई कुनै पनि बेला अप्रीय दुर्घटना तिर धकेल्न सक्छ । यसर्थ हामीले जनताको तर्फबाट तात्कालिक रुपमा यो भ्रमलाई ध्वस्त गर्न निरन्तर कोसिस हरु जारी राख्नु पर्दछ । सबै देशभक्त क्रान्तिकारी शक्ति एकताबद्ध भएर यो कुरुप दलाल प्रतिक्रियावादी संसदिय व्यवस्था संगै ओलि छलकपटको पनि पर्दाफांस गर्न विलम्ब नगरौं !