क्रान्तिकारी माओवादी दैलेख र हर्कबहादुर फाउन्डेसनको सहकार्यमा काेभिड-१९ काे रेड जाेनमा स्वास्थ्य सामग्री वितरण

प्रकाशित मिति : २०७७ असार १२


दैलेख । नेकपा (क्रान्तिकारी माओवादी) दैलेख र हर्कबादुर शाही फाउन्डेसनको सहकार्यमा काेभिड-१९ काे रेडजाेनमा स्वास्थ्य सामग्री वितरण गरिएकाे छ । 
कर्णाली प्रदेशको दैलेख जिल्लामा कोरोना संक्रमितको संख्या हजार नाघेको छ । रेड जोन भईसकेको यस जिल्लामा क्वारेन्टाइनमा बस्नेहरूको सहि रेखदेख नभएका लगायतका विभिन्न कारणले कोरोना संक्रमण समुदायमा फैलिन पुगिससकेको  देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य भरत रेग्मीले बताए ।  देशैभरि जस्तै यहाँका जनताहरू आवश्यक स्वास्थ्य उपचार नपाएर रोगले मात्र नभई भोकले आत्महत्या गर्ने स्थितिमा पुगेपछि नेकपा(क्रान्तिकारी माओवादी)को ध्यानाकर्षण भई दैलेख जिल्लामा जन्मिएका नेपाली कम्युनिस्ट आन्दोलनका सतिशाल नेता कम्रेड हर्कबहादुर शाहीको स्मृतीमा स्थापित हर्कबहादुर शाही स्मृति फाउण्डेशनको नामबाट केही आवश्यक  औषधि, खाद्यान्न, माक्स, सेनिटाइजर, साबुन र फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी तथा प्रहरी, आर्मी र क्वारेन्टाइनमा खट्ने अन्य कर्मचारीहरूको सुरक्षा कवचहरू पिपिई, डाक्टर किड, ग्लोब्स आदि रेडजोनमा वितरण गरिएकाे बताए ।
दैलेख जिल्लाको संक्रमणबाट देशै त्रसित भइरहेको यस गम्भिर घडिमा क्रान्तिकारी योद्धाहरू आफ्नो जिउज्यानको प्रवाह नगरी त्यहाँ पुगेर जनसेवा गरेकाे नेता रेग्मीले जानकारी दिए ।
श्रमजीवि जनताको हक, हित र अधिकारका निम्ति निरन्तर संघर्ष गर्दै परिवर्तन गर्ने अभिलाषा राख्ने क्रान्तिकारीहरूलाई यो दलाल संसदीय व्यवस्थाले सबैतिर तालावन्दी  तथा सिन्डिकेट लगाएको यो गम्भीर परिस्थितिमा स्वदेश तथा विदेशमा रहनुहुने न्यायप्रेमीले आफ्नो पेटकाटेर गर्नुभएको सहयोगप्रति नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य तथा फाउण्डेशनका अध्यक्ष कम्रेड प्रकाश उर्जाले हार्दिक आभार प्रकट गरेका छन्। कोरोनाको नाममा देशमा एक प्रकारको लुट चलिरहेको बेला भिडभाड नहुने गरी केन्द्रीय सदस्य प्रकाश उर्जा,  जाजरकोट जिल्लाका पार्टी संयोजक कम्रेड रामबहादुर बुढा”राजन” र गाडी चालक सौगात खड्का  मात्र आवश्यक सामाग्री लिएर दैलेख पुगेकाे थिए । दैलेखबाट काठमाडौं फर्किएका उनीहरु अहिले होम क्वारेन्टाइनमा बसेका छन् ।