असार ८ सिन्धुली
एमसीसी खारेजका लागि सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाको लोकतान्त्रिक चौतारीमा नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र रास्ट्रिय जनमोर्चा लगायत दश दलको संयुक्त व्यानरमा असार ८ गते विहान ११ः३० वजे विरोध कार्यक्रम सम्पन्न भएकोछ । उक्त कार्यक्रमको प्रमुख वक्ता देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल सिन्धली जिल्ला अध्यक्ष ढकप्रसाद देवकोटाले एमसीसी जस्तो अत्यन्त राष्टघाती सम्झौतालाई केपी ओली सरकारले सदनमा पेश गरी पारित गराउन लागेकोले सम्पूर्ण नेपाली एमसीसी खारेज गराउनका लागि एक जुट होऔ र भिषण संघर्ष गरौ भन्दै बुलन्द आवाजमा भाषणगर्दा सम्पूर्ण सहभागी जनसमुदायले ताली लगाएर उक्त भनाइको समर्थन गरेका थिए ।

हार्दिक शुभकामना !

उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला सेक्रेटरी सुवर्ण लगायत पार्टी नेताहरु र रास्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष हिरा श्रेष्ठको उपस्थितिमा भएको उक्त विरोध कार्यक्रमको देजमो नेपाल सिन्धुली जिल्ला समितिका सचिव बालकृष्ण थापाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर