प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएका संयुक्त दलित संघर्ष समितिका नेता कार्यकर्तामाथि भएको प्रहरी दमन र गिरफ्तारीको क्रान्तिकारी माओवादीले ग¥यो घोर विरोध

प्रकाशित मिति : २०७७ असार १०


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले रुकुम–जाजरकोट हत्यकाण्डको विषयलाई लिएर प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिन गएका संयुक्त राजनीतिक दलित संघर्ष समितिका दर्जनौं नेता तथा कार्यकर्ताहरुमाथि गरिएको प्रहरी दमन र गिरफ्तारीको घोर विरोध र तीव्र भत्र्सना गरेको छ । पार्टी महासचिव मोहन वैद्य‘किरण’ले बुधबार साँझ एक वक्तव्य जारी गरी ज्ञापन पत्र बुझाउने जस्तो नितान्त शान्तिपूर्ण संघर्षमा पनि ओली सरकारले दमन गरेको भन्दै घोर विरोध गर्नुभएको हो ।


वक्तव्यमा नेपाल दलित मुक्ति मोर्चाका नेताद्वय टेक बहादुर वि.क. र राम नेपाली, नेपाली काँगे्रसका के.स. जीवन परियार, श्रमिक जनता पार्टीका महासचिव दुर्गा बराइली, एवम् सांसद लक्ष्मी परियार सहित अन्य ४ जना सांसदहरु लगायत विभिन्न दलित सङ्गठनका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको उल्लेख गर्दै गिरफ्तार हुनु भएका सम्पूर्ण नेता तथा कार्यकर्तालाई तुरन्त रिहा गर्न र रुकुम–जाजरकोट हत्याकाण्डका दोषी पत्ता लगाई अविलम्ब कार्वाही गर्न सरकार समक्ष जोडदार माग गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “आज २०७७ असार १० गते रुकुम–जाजरकोट हत्याकाण्डकोे विषयलाई लिएर प्रधानमन्त्री कार्यालयले दिएको समयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिन जाने संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका दर्जनौ नेता तथा कार्यकर्ताहरुलाई ओली सरकारले अन्धाधुन्ध लाठीचार्ज गरी गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरुमा नेपाल दलित मुक्ति मोर्चाका नेताद्वय टेक बहादुर वि.क. र राम नेपाली, नेपाली काँगे्रसका के.स. जीवन परियार, श्रमिक जनता पार्टीका महासचिव दुर्गा बराइली, एवम् सांसद लक्ष्मी परियार सहित अन्य ४ जना सांसदहरु लगायत विभिन्न दलित सङ्गठनका नेता तथा कार्यकर्ताहरु हुनु हुन्छ । ज्ञापनपत्र बुझाउने जस्तो नितान्त शान्तिपूर्ण सङ्घर्षमा पनि ओली सरकारले जुन दमन गरेको छ, हाम्रो पार्टी त्यसको घोर विरोध र तीव्र भत्र्सना गर्दछ । साथै, गिरफ्तार हुनु भएका सम्पूर्ण नेता तथा कार्यकर्तालाई तुरन्त रिहा गर्न र रुकुम–जाजरकोट हत्याकाण्डका दोषी पत्ता लगाई अविलम्ब कार्वाही गर्न हाम्रो पार्टी सरकार समक्ष फेरि पनि जोडदार माग गर्दछ ।”