आज २०७७ असार १० गते
रुकुमको सोतीमा भएको हत्याकाण्डको विरोध गर्दै प्रधानमन्त्री निवासमै प्रधानमन्त्री कार्यालयले दिएको समयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिन जाने संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका दर्जनौ नेता तथा कार्यकर्ताहरुलाई ओली सरकारले अन्धाधुन्ध लाठीचार्ज गरी र गिरफ्तार गरेको छ । प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्रभण्डारीले मूलगेटबाट भित्र प्रवेश गराएर सडकमै उक्त चारपन्ने ज्ञापनपत्र बुझाउन दवाव दिए । ज्ञापनपत्रमा रुकुमको नरसंहार तथा देशका विभिन्न ठाउँमा दलित समुदायमाथि भएका हत्या सम्वन्धी जानकारी थियो ।
मूशलधारे पानी परिरहेको अवस्थामा भित्र कोठामा गएर पढेर बुझाउन दिनुस भन्दा उनले प्रधानमन्त्री कार्यालयभित्र कुनै खाली ठाउँ छैन र भित्र कोठाहरुमा जान मिल्दैन भने । प्रदर्शनकारीहरुलाई अपमानित गर्दै गेट बाहिर निष्कन दवाव दिए । प्रदर्शनकारीहरु त्यहाँबाट फर्केर कार्यक्रमको दोस्रो चरण शान्तिपूर्ण धर्ना बस्ने थियो र सोही धर्नामाथि अन्धाधुन्द लाठी चार्ज गर्ने आदेश दिइयो र दर्जनो प्रदर्शनकारीहरु घाइते बनाइयो र दर्जनौलाई गिरफ्तार गरियो ।
गिरफ्तार हुनेहरुमा नेपाल दलित मुक्तिमोर्चाका नेता द्वय टेक बहादुर वि.क,. राम नेपाली, सोभा विश्वकर्मा, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हिक्मत महरा तथा पूर्व के.स. संघर्ष दाहाल, नेपाली काँग्रसका के. स. जीवन परियार, श्रमिक जनता पार्टीका महासचिव दुर्गा बराइली एवम् जनता समाजवादी पार्टीका के.स. रणशहादुर रम्तेल र सुमित्रा मणिक डोम छन् । सांसद लक्ष्मी परियार सहित अन्य ४ जना सांसदहरु लगायत विभिन्न दलित सङ्गठनका नेता तथा कार्यकर्ताहरु गिरफतार भएका छन् ।
यसैबीच उक्त घटनालाई लिएर नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहनवैद्य किरणद्धारा प्रेस विज्ञप्ती प्रकाशित गरिएकोछ । विज्ञप्तीमा भनिएकोछ–“हाम्रो पार्टी त्यसको घोर विरोध र तीव्र भत्र्सना गर्दछ । साथै, गिरफ्तार हुनु भएका सम्पूर्ण नेता तथा कार्यकर्तालाई तुरन्त रिहागर्न र ?कुम–जाजरकोट हत्याकाण्डका दोषी पत्ता लगाई अविलम्ब कार्वाहीगर्न हाम्रो पार्टी सरकार समक्ष फेरि पनि जोडदार माग गर्दछ ।”

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर