एमसीसीको विरोधमा कावासोतीमा संयुक्त विरोध

प्रकाशित मिति : २०७७ असार १०

कावासोती । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै बुधबार प्रदर्शन गरिएको छ ।
बुधबार नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा लगायतका ११ दलीय संयुक्त आन्दोलन अन्तरगत कावासोतीमा मौन र्याली सहित कोण सभा गरिएको हो ।
क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी उत्तम थापाको सञ्चालनमा भएको कोण सभामा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरका अध्यक्ष पिताम्बर तिवारी, राष्ट्रिय जनमोर्चा, नेपाल नवलपुरका उपाध्यक्ष विकाराम चौधरी लगायतले बोलेका थिए ।
एमसीसी सम्झौतालाई राष्ट्रघाती सम्झौता भएको भन्दै यसलाई रद्द गर्नु पर्ने लगायतका माग राख्दै प्रदर्शन गरिएको थियो ।
नो एमसीसी लेखेको प्लेकार्ड सहित निकालिएको मौन र्याली फलफूल चोकबाट इन्द्र चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।